धरान / धरान ९ मा रहेको विषणु मेमोरियल सेकेण्डरी स्कुलमा अध्ययन गरेका अशिष कार्की नेपाल प्रथम बनेका छन् । उनले काठमाडौं विश्वविद्यालय (स्कुल अफ साइन्स एण्ड स्कुल अफ इन्जिनियरिङ) द्वारा सञ्चालित ब्याचलर्स अफ इन्जिनियरिङको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएर नेपाल प्रथम बनेका हुन् । विद्यालयका माध्यमिक तहका कोअर्डिनेटर नविन शाक्यका अनुसार उनले १५४० प्राप्ताङ्कका प्राप्त गर्दै प्रथम भएका हुन्। शिक्षा क्षेत्रमा निकै अब्बल चिनारी बनाइरको यस विद्यालयले हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा पनि शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । विद्यालयका प्रिन्सिपल वेनिन्द्र कटुवालका अनुसार
धरान । आर्थिक वर्ष २०७८÷७९ को लागि घाटा बजेट बनाएको धरान उपमहानगरपालिकाको करिब ३५ प्रतिशत योजनाहरु कार्यान्यवन नहुने भएका छन् । उपमहानगरले करिब ५० करोड रुपैयाको घाटा बजेट बनाएकाले योजनाहरु पनि प्रभावित हुने भएको हो ।पुँजिगत खर्च तर्फ ९६ करोड ५४ लाख ६५ हजार ४ सय रुपैयाको विभिन्न योजनाहरु मध्ये वडा स्तरिय २८ करोड र नगर स्तरिय ३५ करोड मात्रै खर्च हुने भएको छ । नयाँ योजनाहरु कार्यान्यवन नहुने भएका हुन् । नगर स्तरिय योजनामा संघीय र प्रदेश समेत रहेको छ । उपमहानगरको चालु खर्च १ अर्ब ३ करोड ९९ लाख ३४ हजार ६ सय रहेको छ । धरान उपमहानगरपालिकाको योजना महाशाखाको अनुसार प्राथमिकताको आधारमा योजनाहरु
इलाम/ इलामको फाकफोकथुम ४ का ६२ वर्षका एक बृद्धलाई जवरजस्ती करणी गरेको आरोपमापक्राउ गरेको छ । भतिजि साइनो पर्ने बालिकालाई जवरजजस्ती करणी गरेको आरोप पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिलाई जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए । पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको भनि बालिकाको आमा दिएको जाहेरीको आधारमा ब्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार बालिका र पीडक आफन्त हुन् । उनीहरुबीच भतिजि
इलाम/ इलामको माइजोगमाई गाउँपालिका वडा नं. ६ प्याङ घर भएका दिप्सन काफ्ले मोटो भएकै कारण विद्यालय लैजान समस्या भएको छ । साडे तीन वर्ष पुगेका दिप्सनको विद्यालय जाने समय भैसकेको छ तर मोटो भएका कारण विद्यालय जान नसकेपछि पढाईबाट समेत समस्या भएको हो । मोटो भएका कारण हिँडडुल बाहेकका अन्य व्यवहार भने अन्य बालबालिका सरहनै गर्नेगरेको परिवारको भनाई छ । तौल बढीभएकाकारण बोकेर हिडडुल गराउन समेत नसकीने अभिभावकको भनाई छ । मेलापात गरेर जीविकोपार्जन गर्दै आएका दिप्सनका बाबु सीताराम काफ्ले र निर्मला अधिकारीलाई पनि दिनदिनै छोरा अस्वभाविक रुपमा मोटाउँदै गएकामा पीर छ । मोटोपन बडेको कारण परिवारले ऋणपान गरेर भएप
धरान/ पछिल्लो समय युवा सहित बयस्कहरुको पनि फुटसल प्रतियोगिता प्रति आकर्षित बढ्दै गएको छ ।शारीरिक, मानसिक रुपमा तन्दुरुस्त बनाउनुका साथै युवा पुस्तालाई सकारात्मक सोचतर्फ अभिवृद्धि गर्न फुटसलले सहयोग पु¥याउने भएकोले पनि सबै वर्ग आकर्षित बनेका हुन् । धरानमा बुढासुब्बा फुटसल, विग फुटसल र धरान फुटसल लगायत खेलस्थान छन् । यी सबै खेलस्थानमा फुटसल खेल्नेको भीड लाग्ने गरेको छ । मैत्रीपूर्ण खेल खेल्नु पर्दा होस् या कुनै टुर्नामेन्ट गर्नुपरेमा धरानमा खुलेका फुटसल स्थल आकर्षकका केन्द्र बनेका छन् । फुटबल प्रतियोगिताको सानो रुपमा लिइने फुटसलले सकारात्मक सोच अभिवृद्धिसंगै खेलाडी उत्पादनमा समेत सहयोग
झापा। झापाको दमक नगरपालिका–५ बाट ६ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । दमक नगरपालिका –५ दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जना नगद सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका–५ का ३९ बर्षिय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका–१ का ४२ बर्षिय बबिन सुब्बा, दकम नगरपालिका–५ का ५८ बर्षिय लक्ष्मी ढकाल, दमक(५ की ३४ बर्षीया कमला राई, दमक–५ की ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका–३ का ५१ बर्षिय राज कुमार खड्का रहेका छन् । आइतबार राती ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोल
धरान उपमहानगरपालिका र यस वरपरका विभिन्न महŒवपूर्ण स्थलहरूको चर्चा पर्यटकीय स्थलका रूपमा गर्ने गरिन्छ । वास्तवमा धरान र यस वरपरका केही स्थान प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्तवपूर्ण छन् । धार्मिक दृष्टिकोणले धरान–१४ मा पर्ने विजयपुर क्षेत्रलाई पवित्र मानिन्छ । हिन्दू धर्मावलम्बीहरूका लागि पिण्डेश्वर र दन्तकाली मन्दिर पवित्र मानिन्छन् । यी दुवै स्थानको आप्mनै महिमा छ । दन्तकालीलाई महŒवपूर्ण शक्तिपीठका रूपमा मान्ने गरिन्छ । यस्तै पिण्डेश्वरबारे पनि पुराणहरूमा महŒवका साथ वर्णन गरिएको जानकारहरू बताउँछन् । त्यसो त विजयपुर क्षेत्रमै बुढासुब्बा र पञ्चकन्या जस्ता प्रसिद्ध मन्
मोरङ/ विराटनगर ७ स्थित मेरिल्याण्ड कलेज गरेको वक्तृत्वकला प्रतियोगितामा अंगेजी विधामा स्नेहा ढकाल र नेपाली विधामा लक्षीता नहाटा प्रथम भएका छन् । शुक्रबार सम्पन्न कक्षा ११ र १२ का विद्यार्थीहरु बिच अहिलेको विश्वले झेलिरहेको समस्या र नेपाल पनि यस समस्याबाट अलग नरहन सकेकाले ‘विश्वव्यापी तापमानको प्रभाव र यसलाई कम गर्न युवाहरुको भुमिका’ विषयक वक्तृत्वकला भएको थियो । ३७ जना सहभागि रहेको प्रतियोगितामा अंगेजी तर्फ दोस्रो कौशल शाह, तेस्रो क्रिस्टिना शर्मा र रोहित कुमार सिंहले सान्तवना पुरस्कार प्राप्त गरे भने नेपाली तर्फ सरु पदाजुली दोस्रो, कृस्टा पोखरेल तेस्रो र वेदान्ती सापकोटाले स
धरान/ किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा राजेन्द्र राई निवार्चित भएका छन् भने अन्य पदाधिकारीहरु निर्विरोध भएका छन् । अध्यक्षबाहेक अन्य पदाधिकारी र १६ जना कार्यसमिति सदस्य भने सर्वसम्मत चयन भएको थियो । यायोक्खाको ९ औं जिल्ला अधिवेशनमा शुक्रबार राती भएको निर्वाचनबाट प्रतिद्धन्दी हिन्दुहाङ राईलाई १० मतले हराउदै उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा विजयी राईले ५५ मत ल्याएका थिए भने पराजित भएका राईले ४५ मत पाएका थिए । अध्यक्षमा विजयी भएका राई यसअघिको कार्यसमितिमा सचिव थिए भने पराजित भएका राई उपाध्यक्ष थिए ।उपाध्यक्षमा सुमित्रा राई र चन्द्रकला राई चयन भएका छन् भने
सुनसरी/ सिंगो मुलुक लुटेराको हातमा रहेको आरोप लगाउँदै अखिल नेकपा एकिकृत समाजवादी पार्टीको युवा संघ नेपालका केन्द्रिय अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य नरेश शाहीले अव लुटेराबाट देशलाई जोगाउने जिम्मेवारी युवा विद्यार्थीको हातमा आएकोे बताएका छन् । समग्र देश लुटेराहरुको कव्जामा रहेको आरोप लगाउँदै उनले देशको सम्पुर्ण सम्पत्ति हुने खाने र पहुँचबाला १० प्रतिशत नागरिकमा रहेको बताउँदै अध्यक्ष शाहीले नेपालीले चाहे जस्तो व्यवस्था फेरिए पनि विद्यि नफेरीएकोले पुन संघर्ष गर्नुपरेको औल्याए । नेकपा एकिकृत समाजवादी समर्थित युवा संघ नेपाल र अनेरास्ववियूको सुनसरी जिल्ला कमिटिको घोषणा कार्यक्रममा सुनसरी