विराटनगर । सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर कंकालिनी मोरङबाट खटिएको टोलीले भारततर्फ तस्करी गर्न लागेको एक ट्याक्टर मटर बरामद गरेको छ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ६ भन्सार टोलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा एक ट्याक्टर मटर बरामद भएको हो । सशस्त्र प्रहरी कंकालिनी गणले जनाएअनुसार मे१त २५५ नम्बरको ट्याक्टरमा १५३ बोर (प्रति बोरा २५ केजी) सेतो मटर बरामद भएको हो । मटरको मोल रु. ३ लाख ६ हजार र ट्याक्टरको रु. ६ लाख गरी जम्मा ९ लाख ६ हजार बराबरको सामग्री रानी भन्सार कार्यालय विराटनगरमा दाखिला गरिएको बताइएको छ । केही समययता नेपालबाट भारत तर्फ मटर तस्करी हुने क्रम बढेको छ । &nb
विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ । प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १५, सुन्दरहरैचा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१ , झापाको विर्तामोडमा ४, मेचीनगर र दमकमा ३–३, बा&y
धरान। आफ्नै महिला अनुवायी महिला माथि बलात्कार गरेको मुद्धामा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका छन् । सोमबार सुनसरी जिल्लाका एक नम्बर न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरिलाई सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको दर्ताै नगरि सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको हो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन ।
विराटनगर । कोरोनाबाट संक्रमित प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) को शरीरमा अक्सिजन कम देखिएपछि शुक्रबार नै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंतर्फ लगियो । उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा थप सुविधासहित उपचार गर्न त्यसतर्फ लगिएको उनको निजी सचिवालयले जनाएको छ । अधिकारीमा यही मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी विराटनगरस्थित निवासमा होम आईसोलेसनमा थिए । तर, मुटुसम्बन्धी समस्या रहेका अधिकारीको शरीरमा अक्सिजन लेभल घट्न थालेपछि थप उपचारको लागि काठमाडौं लगिएको हो । २०७३ सालमा मनमोहन कार्डियोथोरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अ
इलाम । नेपाली चियालाई आफ्नै पहिचानमा विश्व बजारमा पु¥याउन चियाको नेपाली लोगो दर्ता भए पछि चिया टेष्टिङ केन्द्रको निर्माण प्रक्रिया शुरु भए पछि चिया किसानहरु हर्षित भएका छन् । चिया उत्पादनको १ सय ९७ वर्षपछि चियाको राजधानी मानिएको इलाममा चियाको लोगो सार्वजनिक गरेको एक महिना नवित्दै सूर्योदय नगरपालिकाको कन्याममा चिया टेस्टिङ केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो । चिया रोपणको लामो समयपछि एकै साथ यी दुई कामले गति लिएपछि इलामका चिया किसान हर्सित बनेका हुन् । विश्वका दुईदेश भारत र अमेरीकामा लोगो दर्ता सम्झौता भई अन्य देश सँगको सम्झौता अघि बढिरहेको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम
इटहरी । लकडाउन खुकुलो सँगै बजारमा भिडभाड बढ्न थाले पछि अव्यवस्थीत सफारी पार्किङ र सडक किनारा ढाकेर पसल थाप्ने व्यवसायीका कारण हाटबजार अस्तव्यस्त बनेको छ । सडकनै ढाकेर पसल थाप्न थाले पछि बजारको भाग साघुरिदै गर्दा अव्यवस्थीत ढंगले संचालन भएका सफारीहरु पार्किङ गरिदिदाँ बजार अव्यवस्थीत बन्दै गएको छ । इटहरी उपमहानगरको मुख्य बजार क्षेत्र वडा नम्बर ६ र ९ मा रहेको हाट बजार ब्यवस्थापन गर्न नसक्दा लथालिंङ्ग बनेको छ । नियमनकारी निकायको अनुगमन आइतबार र बुधवार लाग्ने इटहरीको हाटबजार अब्यवस्थित र सफारीहरूको आतंकले स्थानीय मार्कामा परेका छन् । सफारी चालकहरुको बजार भर्न आएका सर्वसाधारणको झोला तान्ने, मान्छे
उदयपुर/ उदयपुरको सुदूरपूर्वी बस्ती बेलका नगरपालिकास्थित मैनामैनीका स्थानीय वर्षौदेखि पारी गाउँको उज्यालो हेरी अँध्यारा रात कटाउँथे । पारीपट्टी (पूर्वोत्तर) धनकुटाका गाउँमा रातमा बिजुली बलिरहेको वारिबाटै टुलुटुलु हेर्न विवश थिए । कहिले आफ्नो गाउँमा पनि त्यसैगरी बिजुली बत्ती बल्ने होला भनेर कल्पना गरिरहन्थे । अरुण, तमोर र दूधकोशीले छेकिएको वल्लो पहाड उदयपुरको मैनामैनी गाउँ रातमा अन्धकार हुन्थ्यो । पारीपट्टीको पहाडी जिल्ला धनकुटा, सुनसरीको वराहक्षेत्र र भोजपुरका गाउँ रातमा उज्यालो हुन्थे । मैनामैनीका गाउँलेले वर्षौं त्यही उज्यालो हेरेर बत्तीको रहर मारिरहे । तर केही दिन अघिमात्रै मैनामैनीमा
झापा। झापा सिबसताक्षी(८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी(११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन । शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका बिष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक शिबसताक्षी(७ बस्ने सन्तोष बेगा नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इटहरी । मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रले जनताको जिवनस्तर उकास्न नसकेको र देशलाइ टुक्राएर बिभाजन गरेको भन्दै बिभिन्न जिल्लाहरूमा अहिले राजसंस्थाको पक्षमा ‘राजा आउँ देश बचाउँ’ जस्ता नाराहरू लगाउदै सडकमा नाराजुलुस चलिरहेको छ । राजनीतिक बिवादले जनतामा छाएको निरासापनको फाइदा उठाउदै देशमा पुनःराजसंस्था स्थापना गर्ने उद्देस्यले हाल बिभिन्न जिल्लामा आन्दोलन शुरू भएको छ । काठमाण्डौबाट शुरू भएको आन्दोलन अहिले पश्चिमको धनगढी, नेपालगंज, हुँदै प्रदेश एकको धरान, बिराटनगर, इटहरी र झापा सम्म आइपुगेको छ । कोरोना भाइरसको महामारी बिच सरकारले भिडभाड हुने कुनै कार्यक्रम नगर्न दिएको आदेश बिपरित
धरान/ धरान-१० सैनिक चोकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार आयोजना भएको तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष डा।योगेन्द्र राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६र७७ मा खुद बचत १६ लाख ४७ हजार २ सय ७४ रूपैयाँ ६३ पैसा भएको जानकारी दिएका छन् । उनले आर्थिक वर्ष २०७६र७७ को अन्त्यमा २ करोड २१ लाख २५ हजार रूपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको बताउँदै कुल निक्षेप १२ करोड ३५ लाख ३८ हजार ३ सय ८२ रूपैयाँ रहेको बताएका छन् । सहकारीले यस वर्ष २ करोड ५७ लाख ४९ हजार ५ सय ३८ रूपैयाँ