पहाडी क्षेत्रमा ठूलो मात्रामा कृषियोग्य जमीन बाँझो रहेको देखिएको छ । त्यसो त यो समस्या पहाडी क्षेत्रमा मात्र होइन, मेचीदेखि महाकालीसम्मै छ । त्यै पनि तराईमा भने ठूलो मात्रामा जमीन बाँझो राख्ने समस्या छैन । पहाडका अधिकांश जिल्लामा भने जग्गा बाँझो राख्ने निकै ठूलो समस्या छ । यो सुखद् अवस्था होइन । हरेक पहाडी जिल्लामा २० देखि ४० प्रतिशतसम्म कृषियोग्य निजी जमीन बाँझो छाडिएको बताइन्छ । देशभरिमा कति जमीन बाँझो भनेर व्यवस्थित अध्ययन नभएको हुँदा यसबारे आधिकारिक तथ्याङ्क त छैन तर पहाडी क्षेत्रमा २५ देखि ४० प्रतिशतसम्म कृषियोग्य जमीन बाँझो रहेको जानकारहरूले बताउने गरेका छन् । कतिपय सरकारी जमीन पनि बाँभै
झापा/ नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ । पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ । अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रति
सुनसरी/ दुई साता अघि सम्पन्न नेकपा माओवादी केन्द्र प्रदेश १ को पहिलो अधिवेसनले पदाधिकारी चयन गर्न नसकेको बन्द सत्र स्थगित भएको थियो । पदाधिकारीमा आकांक्षी धेरै भए पछि अझै पनि टुङ्गो लाग्न सकेको छैन् । अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि दुई सय ७१ सदस्यीय कमिटी घोषणा गर्दै बन्दसत्र स्थगित भएको थियो । प्रदेश १ नेकपा माओवादी केन्द्रको नौ पदाधिकारीका लागि तीन दर्जन बढीले दाबेदारी गरेका छन् । पदाधिकारीको टुङ्गो लगाउन पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले आंकाक्षी पदाधिकारीहरु सँग पटक पटक टुङ्गो लगाउन बैठकमा छलफल गरे पनि सहमतीमा ल्याउन सकेको छैन्
धरान/ बजेट विनियोजन भएर पनि कोरोनाका कारण कटौती भएको धरान स्थित जिल्ला ट्राफिक कार्यालयको भवन निर्माण योजना पुर्ण रुपमा सेलाएको छ । स्थानीय सरकारले पहल गर्न नसक्दा अन्तै जान लागेको भवन निर्माणको योजना ठप्प भएको हो । दुई वर्ष अघि प्रदेश नम्बर १ सरकारले २ करोड ३० लाख रुपैया बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन सँगै धरान १५ स्थित नयाँ रात्रीकालिन बसपार्क परिषरमा ट्राफिक कार्यालयको भवन निर्माण गर्न लागिएको थियो । तर कोरोनाको जोखिम बढ्दै गए पछि बजेट रकमान्तर भएको थियो । ट्राफिक भवन निर्माणका लागि रकम अन्यत्रै लगे पछि भवन निर्माणको काम पनि ठप्प बनेको थियो । अहिले कोरोना संक्रमणको जोखिम कम
इलाम/ नागरीकता बनाउनका लागि इलाका प्रशासन कार्यलय मंगलबारे गए पनि हस्ताक्षर गराउन भने जिल्लामा नै पुग्नु परेको छ । इलामका प्रशासन कार्यलय मंगलबारेमा नागरीकतामा हस्ताक्षर गर्ने कर्मचारी नहुँदा नागरीकता बनाएर हस्ताक्षर गराउन जिल्ला पुग्नु परेको हो । इलाकामै नागरीकता बने पनि हस्ताक्षर गर्ने कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन । सबै कागजात पुरा गरी नागरीकता बनेपनि हस्ताक्षर गर्ने कर्मचारी नहुँदा त्यसै फर्कनु परिरहेको छ । इलाका प्रशासनमा नागरीकता बनाएर हस्ताक्षर गराउन जिल्ला प्रशासन ल्याउनु पर्दा स्थानीयले हैरानी व्यहोर्नु परेको छ । जिल्लाको इभाङ, गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक फ
मोरङ / मोरङको रंगेली नगरपालिका-२ का चन्द्र उराउको २१ महिना कि छोरी युनिसा उराउलाई कर्तब्य गरि ज्यान मार्ने कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली नगरपालिका-२ का ४६ बर्षिय सैनी उराउ र ३५ बर्षिया संगिता उराउ रहेका छन । गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन । खोज तलासको क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको शव घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धरान/ धरानमा सुनसरीमै ठूलो यलम्बरको प्रतिमा निर्माण भएको छ । धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा प्रथम किराँत राजा यलम्बरको प्रतिमा स्थापना भएको हो । उधौली पर्वको अवसरमा प्रतिमाको अनावरण गरिएको छ । एक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिमाको अनावरण गरेका छन् । धरानका स्व. क्याप्टेन भीमराज राईको सम्झनामा श्रीमती धुर्पीमाया राई, छोराबुहारी बीरबहादुर, लीलादेवी राईलगायत परिवारनै मिलेर प्रतिमा निर्माण गरिदिएका हुन् । यसैबीच सोमबार नै पार्कमा उधौली पर्व पनि धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा उधौली पर्व आयोजना
● नतिजामुखी मात्रै होइन्, समाज पनि बुझाउँदै धरान मेघा प्राज्ञिक व्यक्तिहरुद्वारा धरानमा वि.सं. २०६६ सालमा स्थापना भएको धरान मेघा कलेज परीक्षा नतिजाका दृष्टिले सुनसरी जिल्लाकै उत्कृष्ट कलेजका रुपमा स्थापित शैक्षिक संस्था हो । स्थापनादेखि नै आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्दै आएको कलेजले आधुनिक शिक्षण सिकाइ प्रणालीमा प्रयोगात्मकता र व्यवहारिकता भित्र्याइ प्रभावकारी शिक्षण गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा समेत नयाँ शैलीको प्रयोग गर्नु मेघा कलेजको विशेषता हो । शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीव्र प्रतिस्पर्धाको समय हो । यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूल
धरान/ मंसिरे पूर्णिमा आदिवासी जनजातिहरुले उद्यौली पर्व मनाउन शुरु गरेका छन् । उद्र्याैली पर्व अन्तर्गत लिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला, सान्केवा, किरात याख्खाहरुले चसुवा र किरात सुनुवारहरुले फोल स्यादर भनेर मनाउने गर्दछन् । यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उद्यौली पर्व चासोक तङ्नामको नामले बर्षेनी सामुहिक रुपमा पाँच दिन सम्म मनाउने गरेका छन् । प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना गर्दै मनाउदै आएका उनीहरुले यस बर्ष पनि भव्य रुपमा मनाउदै छन् । सामुहिक रुपमा मनाउन थालिएको यो पर्वमा पछिल्लो समय युवा वर्गले समेत आफ्नो मौलिक पर्व जोगाउन जागरुक देखिएका छन् । बहुभाषिक, वहुजा
धरान । मेन्याङबो कल्याणकारी संघ नेपालको १९ औं वार्षिक साधारण सभा तथा चासोक तङनाम २०७८ सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिपक मेन्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री राम कुमार सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो । संघले गालीश्राप पुजा गरि कार्यक्रमको शुरुवात गरेको थियो । साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन, संस्थाको विधान संशोधन तथा पुर्ण परिमार्ज प्रतिवेदन सहित तेस्रो वंशावली प्रकाशन लगायतका विषयमा छलफल गरि अनुमोदन गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष नविन मेन्याङबोले जानकारी दिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका पुर्व