धरान । धरान–१३ स्थित कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः परशुराम कटुवाल निर्वाचित भएका छन् । कृषि उपज बजार स्थलको सभा हलमा शनिवार सम्पन्न निर्वाचनमा तिन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवाल सहित ५ जना सदस्यहरू निर्वाचित भएका हुन् । कार्यसमितीको सदस्यहरुमा भक्ति कुमार राई ९विनोद०, रमेशकुमार शाह कृषक समूहबाट झुमा देवी राई, राजेश मेहेता, पदम लिम्बु निर्वाचित भएका छन् । सम्बन्धित वडाका वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य भएका छन् । कृषि बजार व्यवस्थापन समितिको निर्वाचनका लागि कृषि विभागबाट निर्वाचन अधिकृत छेदी प्रसाद यादव र मतदान अ
धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशनले पुनः भीम ज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । बुटवलमा पुष ८ गते देखि १० गते सम्म चलेको महाधिवेसनले उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।महाधिवेशनले ५ बुँदे प्रस्ताव पारित गरेको छ । संगठनका नवनिर्वाचित अध
मोरङ/ भूगोल र जनसंख्याको आधारमा मोरङको उर्लाबारी नगरपालिकामा दुई वडा थप गर्नेमा स्थानीय राजनितिक दलहरु सहमत भएका छन् । । राज्य पुनर्संरचना अनुसार उर्लाबारी नगरपालिकामा तत्कालीन राजघाट गाविस र मधुमल्ला गाविसको वडा नं. ७, ८ र ९ मिसाएर नगरपालिका घोषणा गरिएको थियो । अब ९ वटा वडालाई बढाएर ११ वटा बनाउन दलहरु एकजुट भएका हुन् । उर्लाबारी नगरपालिकाको आयोजनामा शुक्रबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकमा वडा संख्या बढाउने सहमति जुटेको हो । नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा बसको बैठकले हाल ९ वटा वडा रहेको उर्लाबारीमा र त्यसका लागि वडा वडामा गएर छलफल चलाउने निर्णय भएको छ । मधुमल्लाबाट समायोजन भएको हा
धनकुटा/ धनकुटाको बेलाहारा विमान स्थल (एयरपोर्ट) निर्माण कार्य तत्काल अघि बढाउन नेपाली कांग्रेस धनकुटाको टोलिले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्रीलाई भेटेर टोलिले बेलाहारा एयरपोर्ट निर्माण कार्य तत्काल अघि बढाउन माग गरेको हो । जिल्लाको विकास र समृद्धीका लागि ७ बुँदे सुझाव पत्र बुझाउदै धनकुटालाई पर्यटन र कृषिको हवको रुपमा विकास गर्न, बेलहारा डाँडामा एयरपोर्ट निर्माण कार्य तत्काल शुरु गर्न, धनकुटा अस्पतालाई स्तरोन्नती गर्दै शिक्षिण अस्पतालको रुपमा स्थापना गर्न र सात वटै पालिकामा १–१ वटा सुविधा सम्पन्न अस्पताल निर्माण
धरान/ नेपाली चलचित्र क्षेत्रका चर्चित तथा बरिष्ठ निर्देशक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बीच न्युयोर्क नेवाः गुठीले सम्मान गरेको छ । छोटो समयका लागि अमेरिका पुगेका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले नेपाली चलचित क्षेत्रमा गरेको योगदानको कदर गर्दै खादा लगाइदिएर सम्मान–पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रम प्रस्तोता, टेलिभिजन प्रस्तोता हुँदै गाउँले नामक सुपरहिट चलचित्रबाट निर्देशकको रुपमा यस क्षेत्रमा प्रवेश गरेका निर्देशक श्रेष्ठले ३०
धरान/ धरान उपमहानगपालिकाले गुरु योजना बनाएका अधिकांश योजनाहरुको भौतिक संरचना समयमै बन्न नसक्दा अन्य परियोजनामा परिणत भएका छन् । तत्कालीन मेयर ध्यानबहादुर राईले २१ बर्ष अघि धरान १७ मा सप्तरंगी पार्क बनाउने योजना अगाडि सारे, सोही अनुरुप त्यहा भौतिक संरचना निर्माण भए तर आधा पनि काम नहुँदै काम रोकियो । यस्तै तत्कालीन मेयर मनोजकुमार मेन्याङ्गवोले १९ बर्ष अगाडि धरानको भानुचौकमा रहेको सब्जी बजारलाई हटाएर सपिङ्ग कम्प्लेक्स बनाउने योजना अगाडि सारे, त्यो पनि पुरा हुन नसक्दा अहिले ट्याक्सी, टेप्पोको स्टेन बनेको छ । सपिङ कम्प्लेक्स बनाउने योजना तुहियो । यस्तै ५ बर्ष अघि धरान वडा नम्बर १३ वडाकार्यालय
सुनसरी/ मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीले एरेन्ज गरेका छन् । नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय रहेको छ । रेजिना तुलाधरको पहिलो निर्देशनमा रहेको भिडियोमा नविन वावु गुरुङको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनद्वारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
इलाम/ प्रदेश १ का मुख्यमंन्त्री राजेन्द्र कुमार राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताएका छन । इलामको माई नगरपालिका १ को विहिबारेमा प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमंत्री राईले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान पुर्याउने बताएका हुन । उनले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको असली रुप संरक्षण गरेमा मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । विकास पर्यटन प्रवर्दनबाटै प्रदेश १ लाई आर्थिक समृद्घिमा अघिबढाउन सकिने भन्दै राईले पर्यटन क्षेत्रको संरक्षणमा लाग्ने बताए । तीनदिन लाग्ने महोत्सवको प्रदेश सभा सदस्य काजीमान काग
धरान/ मोरङ आकर्षक पर्यटकीय गन्तव्य स्थल मोरङको जेफाले होम स्टेको प्रवद्र्धनमा सरकार उदासीन रहेको होमस्टे व्यवसायीहरुको गुनासो छ । उनीहरुले होमस्टे पर्यटन प्रवद्र्धनको एउटा पाटो भएपनि सरकारले होमस्टे प्रवद्र्धनमा उदासीनता देखाएकै कारण फस्टाउन नसकेको आरोप लवगाएका छन् । जेफालेमा एकदिनमा ५० जनालाई खाना खुवाउने र बास बस्ने होमस्टेहरु रहेको स्थानीय जेफाले होमस्टे सामुदायिक व्यवस्थापन समितिका सचिव भीम ठकुरीले बताए । उनले भने भने–‘जेफालेमा रहेका होमस्टको भविष्य राम्रो छ, तर तीनै तहका सरकारको यसमा ध्यान पुग्न सकेको छैन ।’ शुरुमा जेफालको विकास गर्न जिल्ला समन्वय समिति धनकुटा, जि
इलाम/ इलामको सूर्याेदय नगरपालिका–१, गोर्खेको सिमढापमा होमराई धनेस (रिफुज नेक्ड हर्नबिल) भेटिएको छ । दुर्लभ पन्छिको रुपमा रहेको धनेस एकसय ७१ वर्ष पछि इलाममा भेटिएको हो । वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले तस्बिर खिचेपछि नेपालमा एकसय ७१ वर्ष पछि भेटिएको खुल्न आएको हो । गोर्खे सिमढापको करिब १ हजार ३ सय मिटर उचाईमा देशमै पहिलोपटक यो चरा क्यामेरामा कैद भएको खरेलको भनाई छ । उनले भने, ‘मैले पनि ४–५ वर्षदेखि खोजिरहेको थिए ।’ धनेश प्रजातिमा घाँटी रातो हुने यो चरा नेपालमा सन् १८५० यता देखिएपछि चरासम्बन्धी किताबहरूको पहिलो पृष्ठबाटसमेत यसको तस्बिर हटाइसकिएको छ । चरा भेटिएको