Top 4

    Showing 6,921-6,930 of 9,401 items.
  • ‘अटोमेटिकल वाटर लेभल कन्ट्रोलर’ बजारमा

    मोरङ । खानेपानीको टं्याङकी भर्न र बन्द गर्न सहयोग पुग्ने स्वदेशमै निर्मित ‘अटोमेटिक वाटर लेभल कन्ट्रोलर’ बजारमा आएको छ ।स्वदेशमा उत्पादित ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’ नाम दिइएको उपकरण विराटनगरमा सोमबार एक कार्यक्रमका बीच लन्च गरेर बजारमा ल्याएको हो । विराटनगर १६ मा रहेको सुवाल उद्योगले उपकरण उत्पादन गरि बजारमा ल्याएको हो । सेन्सरयुक्त उपकरणले खानेपानीको ट्याङकी खाली हुँदा अटोमेटिक रुपमा अन भएर मोटर चल्ने तथा ट्याङकीको लेभल अनुसार पानी भरिसक्दा आफैं बन्द हुने सुवाल उद्योगका संचालक केशवलाल सिंह सुवालले बताए । कोरियन टेक्नोलोजीको कन्ट्रोलर आफुहरुले विराटनगरमैं उत्पादन शु

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तिन वर्ष देखि अलपत्र इनरुवा बसपार्क: दुव्र्यसनीको अखडा, डेटिङ स्पट बन्दै

    धरान । करिब तिन वर्ष अघि निर्माण सम्पन्न भएको सुनसरीको इनरुवा स्थित बसपार्क अझै पनि संचालनमा आउन सकेको छैन् । संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नगराएको भन्दै विरोध स्वरुप इनरुवा नगरपालिकाले बसपार्क संचालन गर्न नमाने पछि करिब तिन वर्ष देखि अलपत्र बनेको छ । इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्कको प्रतीक्षालय, टिकट काउण्टरसहितका भित्तामा अनावश्यक कुरा लेख्ने क्रम बढ्दो छ । अहिले बसपार्कमा लागुपदार्थ दुव्र्यसनीको अखडा बन्दै गएको छ भने युवायुवतीहरुले टिकटक बनाउने, डेटिङ गर्नेको स्थलको रुपमा परिणत भएको छ । बसपार्कमा इनरुवा, भोक्राहा, हरिनगरका

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 860 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फोनिज सुनसरीमा नविन गुरुङ

    धरान । नेपाल आदिवासी जनजाती पत्रकार संघ सुनसरीको अध्यक्षमा नविन गुरुङ निर्वाचित भएका छन् । संघको नयाँ सदस्य तथा नविकरण सदस्यहरुको नामावली सार्वजनिकमा विवाद देखिए पछि गत मंसिर २८ गते सम्पन्न फोनिजको अधिवेसनको बन्द सत्र स्थगित भएको थियो । फोनिजको प्रदेश समितीको रोहबरमा सोमबार सम्पन्न निर्वाचन समितीको बैठकले अध्यक्ष गुरुङलाई सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितीको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुम्निमा राई सहसचिवमा एलन गच्छदार र कोषाध्यक्षमा राजकुमारी चौधरी रहेका छन् । त्यसै गरि सदस्यहरुमा बसन्त बान्तवा, मौसमी लिम्बु, विश्व राई, रश्मी प्रधान, स्वर्णिम हाङ फोम्बो र कमला चौधरी रहेका छन् । १३

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 847 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा कलेजका विद्यार्थीहरू जातीय पहिरनमा रमाए

    धरान/ धरान मेघा कलेज (हिमालयन स्कुल) मा आइतबार बिहान बेग्लै चहलपहल थियो । सबै विद्यार्थी र शिक्षक–शिक्षिकाहरू आ–आफ्नो जातीय पोशाकमा सजिएर आएका थिए । साँच्चै त्यहाँ नेपालको सांस्कृतिक विविधता प्रस्ट देखिँदै थियो । कलेजले त्यस दिन ‘कल्चरल डे’ (सांस्कृतिक दिवस) का रूपमा मनाउने घोषणा गरेको थियो । यसै कारण विद्यार्थी र शिक्षक–शिक्षिकाहरू जातीय पोशाकमा ठाँटिएर आएका थिए । अरू बेला विदेशी पोशाकमा देखिनेहरू पनि त्यस बेला जातीय पोशाकमा सजिएका थिए । मौलिक जातीय पहिरनमा सबैजना निकै खुलेका थिए । मौलिक जातीय पहिरनमा आउने विद्यार्थी र शिक्षक–शिक्षिकालाई कलेजले पुरस्कृत प

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,336 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिबिस्कसमा अभ्यास सहितको कक्षा

    धरान/ पुस्तकको सिद्धान्तलाई अभ्यासमा जोड दिदैं धरान–१५ स्थित हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले साईन्स ल्याब सुरु गरेको छ ।स्कुलले ८ लाख रुपैयाको लागतमा सुरु गरेको ल्याबमा फिजिक्स, केमेष्ट्रि र बायोलोजी सम्बन्धी पुस्तकमा आधारित अभ्यास गराईने गरेको स्कुलका कोअर्डिनेटर विजय सिंह थेवेले बताए । स्कुलले कक्षा ४ देखि कक्षा ११ सम्मका विद्यार्थीलाई ल्याबमा अभ्यास गराउँदै पढाउन सुरु गरेको हो । उनका अनुसार ल्याबमा अहिले ६ वटा माईक्रोस्कोप सहित अन्य आवश्यक उपकरण राखिएको छ । त्यसमध्ये अँध्यारो कोठामा पनि विद्युतबाट चल्ने उपकरण पनि राखिएको उनले बताए । विद्यार्थीलाई सानैदेखि अभ्यासमुलक सिकाईमा जो

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,105 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशीमा जलचरा गणना सुरु

    सुनसरी/ पछिल्लो समय जलचराको संख्यामा कम हुँदै गएपछि यथार्थ अवस्था बुझ्न कोशीटप्पु क्षेत्रमा शनिबार देखि जलचराको गणना शुरु भएको छ । विगत ३० बर्ष देखि विभिन्न समुहको सक्रियतामा हुने जलपंक्षी गणना विगत २०१२ देखि कोशी पंक्षी समाजले गर्दै आएको छ । समाजका अध्यक्ष संजीव आचार्यका अनुसार यस वर्षको पाँच दिने चरा गणनामा ३० जनाको समूह परिचालित छ । गणनामा कोशी नदीभित्र र बाहिरका सिमसार क्षेत्रमा ५ दिनको समय लगाएर अवलोकन विधीबाट गणना गरिने छ । नदीभित्रको पूर्वी र पश्चिमी भागबाट दुई वटा डुङ्गामा १०–१० जना र बाहिरबाट १० जना स्वयंसेवकले गणना शुरु गरेकाछन् । जलचराको उपस्थिती, बासस्थानको अवस्था लगाय

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,041 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘पढाईको अतिरिक्त रोजगारमुखी क्षेत्रमा लाग्नुस’

    सुनसरी/ कृषिजन्य उत्पादनमा लाग्दै रोजगारमुखी कार्यमा अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्दै पढाईको अतिरिक्त समय सामाजिक काममा लाग्न नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले आग्रह गरेका छन् । नेकपा एस निकट अनेरास्ववियूको प्रदेश स्तरिय भेलालाई आइतबार इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गाउँ गाउँमा बाख्रा पालेर तथा कृर्षीजन्य काम गरेर स्वरोजगार हुन र आत्मसम्मान बढाउन आग्रह गरेका हुन् । नेपालले विदेशमा गएर बाख्रा चराउने काम गर्नुभन्दा देशमै बाख्रा पालेर वा कृषि कर्म गरेर स्वाभिमान र स्वरोजगार बन्न सकिने बताए । उनले भने, ‘तपाईहरु पार्टीको

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 908 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: भुमिसुधार विरुद्ध अदालतमा पुनरावेदन

    धरान/ जग्गा किनबेच भएको ४० वर्ष पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा देखिएको मोहीका छोरालाई नामसारी गरिदिने मालपोत तथा भुमिसुधार कार्यालय सुनसरीको निर्णय विरुद्ध क्याम्पसले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ । करिब २० वर्ष अघि मृत्यु भएका मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीको नाममा गत असोज २५ गते मोही हक नामसारी गरिदिने भुमिसुधारले निर्णय गरेको थियो । भुमाफियाहरुले क्याम्पसको जग्गा हडप्न चलखेल गरेको आरोप लगाउँदै क्याम्पसले भुमिसुधार विरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको हो । क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार ३५ दिने हदम्यादको समयसिमा भित्र नै बुधबार पुनरा

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,253 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजेता खेलाडीहरू एम्सद्वारा सम्मानित

    धरान/ उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गर्ने ‘हिसान स्पोर्ट्स मिट’ अन्तर्गत छात्रतर्फ बास्केटबलमा उपाधि जित्न सफल आफ्ना छात्रहरूलाई एम्स एकेडेमीले आइतबार सम्मान गरेको छ । कलेज परिसरमै आयोजित कार्यक्रममा उनीहरूलाई खदा ओढाइदिँदै अबिर लगाएर सम्मान गरिएको हो । डिपो माविको बास्केटबल कोर्टमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा छात्र बास्केटबलतर्फ एम्सका विद्यार्थीले हिमालयन स्कुलका विद्यार्थीलाई पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । एम्सले लगातार तेस्रोपटक छात्रतर्फ बास्केटबलको उपाधि जितेको हो ।   सम्मान कार्यक्रममा एम्सका व्यवस्थापन सङ्काय संयोजक दुर्गा स

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 1,026 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारी बस्तीमा बस्न मानेनन् मुसहर

    सुनसरी/ सडक आसपास छाप्रो हालेर बसेका इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न स्थानीय सरकारले बस्ती निर्माण गरिदिए पनि २ वर्ष देखि खाली नै रहेको छ । नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरको १० प्रतिशत लगानीमा तयार गरिएको थियो । तर यी संरचना दुई वर्षदेखि खाली नै रहेका छन् । स्थानीय सरकारले छलफल नै नगरि काम गर्ने कम्पनी देखि टाढा बस्ती बनाएकाले उनीहरु जान नमानेका हुन् । बाउबाजे यहीँ जन्मेर यहीँ मृत्यु भएको भन्दै पुख्र्यौली थलो छाड्न नमानेको स्थानीय हेलनदेवी ऋषिले बताइन् । उनले भनिन्, ‘सरकारले घर निर्माण गर्नु अघि सल्लाह पनि गरेन, गाईवस्तु जस

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 1,010 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved