‘यसपालि पनि जीत काँग्रेसकै हो’

  • चैत्र ३०, २०७८
  • कोशीपत्र/संवाददाता
alt

सरकारले स्थानीय तह निर्वाचनको मिति वेैसाख ३० गते तोकेर राजनीतिक पाटीको उमेद्धवार दर्ताको मिति पनि तोकिसकेको छ ।
वेैशाख १३ गते राजनीतिक पाटीले आ–आफ्नो दलको तर्फबाट उम्मेद्धवार निर्वाचन आयोगको जिल्ला कार्यालयमा दर्ता गराउँदैछन् । हरेक स्थानीय तहमा चुनावको माहौल पनि वढ्न थालेको छ । धरान उपमहानगरमा पनि अव चुनाव मार्फत आफ्नो दलको तर्फबाट उम्मेद्धवार वनाउनको लागि दौड तथा सहित चुनावमा उम्मेद्धवार आँकाक्षीहरुको दौडधूप पनि शरु हुन थालेको छ । आँकाक्षी उम्मेद्धवारको नाम पनि चर्चा हुन थालेका छन् । यसै वीच नेपाली काँग्रेस धरानको नगर सभापति श्यामपोख्रेलसँग कोशीपत्र देनिकले आगाी हुने स्थानीय चुनावको पेरीफेरीममा रहेर कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीका अंश:

● तपाईले काँग्रेसको नगर अधिवेशन अगाडि नै वान मने वान पोष्ट भन्नु भएको थियो,तपाई अवको चुनावमा मैदानमा उत्रने त सोच छैन होला ?
मेरो कुनेै आकाँक्षा छैन । किनकी म काँग्रेस सभापतिको लागि उम्मेद्धवार उठ्दा नेै वान मेन वान पोष्ट भन्ने नारा लिएर अघि वढेको हो । सोही अनुसार मैले नगर सभापतिमा उम्मेद्धवार दिएको थिए र विजयी पनि हुन सफल भए । म आफ्नो प्रतिवद्धतालाई पूरा गरेर अघि वढ्छु । म आगामी ५ वर्षसम्म पार्टीकै काम गर्छु । जसले गर्दा पार्टी थप मजवुत हुनेछ । त्यसैले यसपालिको चुनावमा म होइन पाटीका अन्य आँकाक्षीहरु नै उम्मेद्धवारी वन्नेछन् । म पाटीबाट जो उठेपनि स्थानीय तहको चुनावमा विजय गराउन डटेर काँग्रेस धरान लाग्ने छ । म पाँच वर्ष भित्र पाटी चलाउछु , कुनै लाभको पद लिन्न । हामी हाम्रो उम्मेद्धवारलाई जिताउने अभियानमा लाग्ने छौ ।

● त्यसो हो भने अवको चुनावमा आँकाक्षी उम्मेद्धवार चाहिँ को को छन् त ?
अहिले यसै भन्ने अवस्था छैन । जो कोही उम्मेद्धवार हुन्छन्, त्यसमा हामी अहिले यसै भन्न सकिन्न । तर आधा दर्जन साथीहरुको नामहरु आइरहेका छन् । तर यो नै भन्ने छैन । २० वटै वडाको पार्टी सभापति हो ।

● तपाईको पाटीले अव फेरी उपनिर्वाचनबाट निर्वाचित मेयरलाई फेरी उठाउँछ, वर्तमान मेयरको फेरी उठने आँकाक्षा पनि होला ?
अव अहिले नै भनिहाल्न मिल्दैन । तर स्वाभिवक पनि हो ,मैले आधा मात्रै काम गर्न पाएँ अव पूरा काम गर्न चाहन्छु भन्ने त सवैको हन्छ । अव पार्टीको धरान उमहानगरपालिकाको मेयर भइसकेपछि फेरि पनि मेयरको आकांक्षी बन्नु स्वाभाविक हो । गाउँपालिका, नगरपालिका उपमहानगर पालिका ,महानगरपालिकाको लागि उम्मेद्धवारको टिकट प्रदेश कार्य समितीले दिन्छ । सिफारिस चाहिँ वडाबाट नै हुन्छ । पहिला केन्द्रवाटै हुन्थ्यो तर अहिले वडाबाट सिफासिर गरेर प्रदेशले छनौट गर्छ । वडाध्यक्षहरु क्षेत्रीय समितिले टुंगो लगाउँछ ।

● तपाईले नै भन्नुभयो आधा दर्जन काँग्रेस नेताहरु अवको चुनावमा आँकाक्षी छन् , को को हुन त ?
मैले अहिले नै यो हो भनेर भन्ने भन्दा पनि वाहिर मिडियामा आएका कुराहरु हुन् । त्यो त तपाईलाई पनि थाहै छ । मैले पनि मिडियामा आएको कुरा पढेको हो । यो कुरामा वहस नै नगरौ । मैले अहिले नै मैले यो भनेर नाम लिए भने अरु पनि आँकाक्षीहरु हुनु हुन्छ होला, अहिले नै यसै भन्न सकिन्न । आधा दर्जन मात्रै होइन दर्जनौ हुनुहुन्छ होला । अव टिकट जसले लिएर आउँछ , त्यो नै हाम्रो उम्मेद्धवार हो । अव अहिले पहिलाको जस्तो काँग्रेस छैन । पाटीको नेता गणमा पहिलाको जस्तो अहंमता छैन । एक अर्कामा मन मुटाव गदैनन् । पालो सवैको आउँछ भन्ने कुरामा सवै नेता साथीहरु ढुक्क हुनुहुन्छ । पहिलो कुरा उठाएको उम्मेद्धवारले जित्ने उम्मेद्धवार हामी वनाउँछौ । जो उठ्छ,त्यसले जित्छ ।

● ठोकुवा नै गर्नु भयो त के छ , त्यस्तो जित्न आधार चाहि ?
अव यो भन्दा अगाडि धरानमा एमालेको के थियो रु काम त केही पनि देखिदैन थियो नि तर जित्ने आधार संगठन थियो हैन र रु मैले फेरि एमाले टुक्रा भयो , अरु के भयो भनेर भनेको होइन । पछिल्लो समय नेपाली काँग्रेस धरान वलियो छ । हामीले अहिले जति पनि ध्यान दिएर काम गरेका छौ एमाले लगायत अन्य दललाई पनि आछु आछु परिरहेको होला । त्यसैले अहिले हामी संगठनको आधारले वलियो भएकाले अवको चुनाव पनि हामी पक्का जित्छौ । हामीलाई उप निर्वाचन जिते पछि पनि एक खालको पाटीमा उर्जा आयो ।

● उप निर्वाचनबाट मेयर पद जित्नुभयो तर तपाईको पाटीबाट जितेर गएको मेयरले के चाहिँ जनताका नजरमा एउटा उदाहरणीय काम चाहि के ग¥या् कायकाल अवधिमा रु फेरी जनताको माझ जाँदा जिताउने आधार यो भन्न सक्ने आधारचाहिँ के छ ?
जनताले राम्ररी बुझेका छन् । चुनाव जितेर आएपछि कोरोनाका कारण काम गर्न कठिन भयो । थोरै समय त्यसमा पनि कोविडकै काममा सकियो समय । अर्को कुरा मैले प्रष्ट भन्नु पर्छ , नगरपालिका भित्र एमालेका २४ जना कार्यपालिका सदस्य हामी ६ जना छौ । एमालेको वहुमत छ , हामी अल्पमतमा छौ, काम गर्न सोच अनसार दिएन यो कुरा त सबैलाई थाहा छ । परिस्थिती अनुकुल रहेन ।

● भनेपछि अहिलेसम्म केही गर्नु सक्नु भएन ?
किन छैन । हामीले भ्रष्टचार, वेथिति, कर्मचारीको ढिला सुस्ती र मनपरी तन्त्र लगायतका कुरालाई अन्त्य गरेका छौ । अव हामी चाडै नै जनतामा माझ हामीले गरेको काम ल्याउने छौ । चुनाव अघि नै हामीले गरेका राम्रो काम सार्वजनिक गर्ने छौ , ढुक्क हुनु होस् ।

● उप निर्वाचनमा चुनावी प्रतिवद्धताहरुमध्ये करलाई घटाएर जनताको जनजीवन सहज वनाउँछौ भन्नु भएको थियो खै कर घटाउनु भयो त ?
वढ्न त दिएका छ्रैनन नि त ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved