बिराटनगर। झापाको बिर्तामोड-४ भद्रपुर रोड स्थित र बिर्तामोड-६ बुटाबारी एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका-५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी रहेका छन । उनलाइ १२ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । यसै गरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड-६ का २० बर्षीय सुनिल राई र बिर्तामोड-७ का २३ बर्षय रुपेश गुरुङ रहेका छन । उनिहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । विशेष सुराकका आधारमा उनिहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आई
धरान । नेकपा प्रचण्ड माधव समुहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरुको घोषण गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको दाहाल नेपाल पक्षले सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी देशका विभिन्न ठाउँमा सभा र विरोधका थप कार्यक्रमहरुको घोषणा गरेको हो । जसअन्तर्गत माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस तथा १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना लगायत कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यस्तै, १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, सांसद र प्रदेश सभा सदस्
धरान : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले आगामी माघ २३ काठमाण्डौंमा वृहत जनसभा आयोजना गरि २ लाख मानिस सहभागि गराउने भएको छ । सोमबार पार्टी कार्यलय धुम्बाराहीमा ओली समूहको बागमती प्रदेश संगठन कमिटील अयोजना गरेको पत्रकार सम्मेलना दुई लाख मानिस सहभागी गराउने दाबी गरेको हो । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा हुने वृहत भेलालाई पार्टि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने तयारी रहेको बताइएको छ । बागमती प्रदेशका मुख्यम
धरान÷ पत्रकार तारा लामगादेद्वारा लिखित दलित समुदायको ऐतिहासिकता, वर्तमान अवस्था र मुक्तिको कार्यदिशासहितको खोजमुलक पुस्तक ‘को हुन् दलित ?’ आइतबार लोकार्पण भएको छ । एक नम्बर प्रदेश सांसद् उमिता बराइलीले पुस्तकको लोकार्पण गरेकी हुन् । लोकार्पणपछि बोल्दै उनले पुस्तकले दलित आन्दोलनको ठोस कार्यदिशा निर्धारण गर्न मद्दत पु¥याउने धारणा व्यक्त गरिन् । ‘पुस्तकले हामीलाई नयाँ छलफलमा जान उत्प्रेरित गरेको छ’ बराइलीले भनिन्, ‘पुस्तकलाई सरकारले पाठ्यपुस्तकका रूपमा समावेश गर्दा जातीय विभेदको अन्त्य गर्न सहज हुनेछ ।’ सदियौँदेखि उत्पीडनमा रहेको दलित समुदायक
धरान/ भाषा आयोगले प्रदेशमा सरकारी कामकाजको भाषा निर्धारणको प्रक्रिया थालेको विषयलाई भाषा अभियन्ता तथा भाषाविद्हरूले स्वागत गरेका छन् । बहुसङ्ख्यक नागरिकहरूले बोल्ने एक वा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा हुनसक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार आयोगले सरकारलाई सिफारिस गर्ने गरी प्रक्रिया अघि बढाएको हो । नेपाली भाषालाई यथावत् राखेर बहुसङ्ख्यकले बोल्ने गरेको भाषालाई समेत सरकारी कामकाजको भाषा किटान गर्ने तयारी गरिएको हो । यसका लागि प्रदेशको जनसङ्ख्या, भाषाका वक्ता सङ्ख्या, ऐतिहासिकता, पहिचान, लेखन प्रणालीको विकास र प्रयोगलाई प्रमुख आधार मानिएको आयोगले जनाएको छ । यसका
विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्र्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई समर्पण गरिएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका वरिष्ठ कवि एवं गतिकार एसपी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे, आयोजक संस्थाका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदीश निरौलाकी माता टीका निरौलालगायत दोसल्ला ओढाएर नगद १५ हजार रुपैयाँ र सम्मान पत्र समर्पण गरे । पुरस्कृत युवा साहित्यकार समीर विगत दुई दशकदेखि साहित्य सिर्जनामा
पथरी । मोरङ पथरी शनिश्चरे-४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन भने भोजपुर साल्पासिलोछो-२ का १९ बर्षीय निराज राई रहेका छन । घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आज विहानको राती साढे १२ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, tramadol hydrochloride-९० ट्याब्लेट, spaspain-५४ ट्
धरान उखु किसान सङ्घर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरे पनि भुक्तानी हुन नसकेको भन्दै उनीहरू आन्दोलनको घोषणा गरेका हुन् । सङ्घर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रूपमा कबुल गरेको ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाए पनि यसमा शङ्का रहेको विज्ञप्तिमा उल्लेख छ । किसानले भुक्तानी पाउनुपर्ने रकमको विवरण उद्योग र उद्योगीसँगै रहेकोले त्यसअनुसार सम्पूर्ण रकम किसा
इलाम/ इलाममा धेरै पर्यटकीय गनतव्य रहेका छन । कतिपय ठाउँ उत्कृष्ट गन्तव्यको सूचिमा छन त कतिपय ठाउँ चर्चामा आउन सकेका छैनन । पर्यटकीय गन्तव्यका लागि भरिपूर्ण रहेका यि क्षेत्रको विकासमा इलाम नगरपालिकाले चासो देखाएसँगै पर्यटकको आकर्षण हुन थालेको छ । जिल्लाको इलाम नगरपालिका र देउमाई नगरपालिकाको पानि ढलोको रुपमा रहेको कुहिभिर रहेको छ । यहाँ बाट जिल्लाका अधिकांश ठाउँको दुश्य देखिनुका साथै जैविक विविधताले र प्रकृतिक सौनदर्यले भरिपूर्ण फाँट देख्न पाईन्छ । कुहिभिर नजिकै धनमाने देउराली रहेको छ भने धनमाने देउराली बाट उकालो लागेपछि पाटेनागी शुरु हुन्छ । धनमाने देउरालीमा पुग्ने जो कोहिले एउटा ढूङ्गा
धरान÷ भाषा आयोगले सरकारी कामकाजको भाषा पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले प्रदेशको भाषा निर्धारणका आधार तयार गरी यस्तो प्रक्रिया अगाडि बढाएको हो । बहुसङ्ख्यक नागरिकहरूले बोल्ने एक वा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार सरकारलाई सिफारिस गर्ने गरी प्रक्रिया अघि बढाइएको आयोगका अध्यक्ष लवदेव अवस्थीले बताए । नेपाली भाषालाई यथावत् राखेर बहुसङ्ख्यकले बोल्ने गरेको भाषालाई समेत सरकारी कामकाजको भाषा किटान गर्ने तयारी गरिएको हो । भाषा किटानका लागि प्रदेशको जनसङ्ख्या, भाषाका वक्ता सङ्ख्या, ऐतिहासिकता, पहिचान, लेखन प्रणालीको विकास र प