धरान । मेची राजामार्गको इलाम नगरपालिकामा पर्ने धोवीधाराखण्डमा सडक भत्किएर अवरुद्ध बनेको तीन महीना पछि सञ्चालनमा आएको छ । साविक मेचीका चार जिल्ला जोड्ने सडक भत्किएपछि अवरुद्ध बनेको राजमार्ग तीन महिना पछि एकतर्फी सञ्चालनमा आएको हो । पहिरोेको भित्ता खनेर सोमबार साँझदेखि एकतर्फी रूपमा सवारीका साधन गुड्न थालेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनले भने, ‘तत्काललाई एकतर्फी खुलेको भएपनि मेची राजमार्ग खुलेको छैन्, रातिको समयमा अझै पनि केही जोखिम छ तर दिउँसो मालबाहक सवारी साधन गुडाउन सकिन्छ ।’ धोबिधारातर्फ दिउँसो र राति नै साना–ठूला सवारी साधन गुडाउन सक्ने भए
धरान । छ लेन सडक विस्तारको क्रममा शुरुवात देखि नै अवरोध रहेको रानी विराटनगर–धरान सडक खण्डको दुहवीको बजार क्षेत्रमा १६ दशमलव ४६ मिटर मात्रै सडक चौडा गर्ने सहमती भएको छ । बसोबास बाहेकका स्थानमा भने ३० मिटर खाली गराउने सहमती भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको रोहवरमा सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्मा, दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, बसोबास क्षेत्र रहेको दुहवी वडा नं. ३, ५ र ६ का वडाध्यक्षहरुको वैठकले दुहवी नगरपालिकाको बसोबास बाहेकका स्थानमा भने १५÷१५ गरी ३० मिटर खाली गराउने सहमति भएको छ । प्रारम्भदेखि नै दुहवीका स्थानीयहरुले
मोरङ/ करिब एक महिना देखि अवरुद्ध बनेको भारतीय सिमानाकामा रहेको मिरगञ्ज पुल र विराटनगर नाकाको वैकल्पिक मार्गका लागि मोरंग व्यापार संघका टोली सहित भारत स्थित अररियाका डिष्ट्रिक्ट मजिस्टे«टले संयुक्त निरिक्षण गरेका छन् । एक महिना अघि मिरगञ्ज पुल भत्किए पछि निर्यात तथा आयातमा समस्या हुँदै गए पछि संघले पटक पटक सहजताका लागि भारतीय सरकार सँग पहल गर्दै आएको छ । यसै बिच संघको टोलिले गत शुक्रबार विहारका कला, संस्कृति तथा युवा मामिला मन्त्री आलोक रञ्जनसँग भेट गर्दै समस्याका बारेमा जानकारी गराएको थिए । लगत्तै आइतबार भारतका अररिया डिष्ट्रिक्ट मजिस्ट्रेट प्रशान्तकुमार सि.एच., फार्बाेसगन्जका एसड
लन्डन/ राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ ।अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायता स्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल (नगर परिषद)को कार्यालयमा एक कार्यक्रम बीच सगरमाथा नेपाली समाजले पाँच थान कम्प्युटर प्रदान गरेको अध्यक्ष प्रसाद छन्त्यालले जनाए । तालिवानी विद्रोहीले गत अगष्टमा सत्ता कब्जा गरे पछि विस्थापित भएका नागरिकहरू मध्ये केहीलाई बेलायत सरकारले आफ्नो देशमा पुनःस्थापना गर्ने भए पछि आएका अफगानी नागरिकहरूलाई मानवीय सहयोग गर
धरान । करिब चार वर्ष देखिको अथक प्रयास पछि बल्ल सहिदभुमि गाउँपालिकाको दुर्गम गाँउ पिलयाटार र ललाहानीटारमा पहिलोपटक सडक पुगेको छ । यस अघिनै सडक सञ्जालले जोडि सक्ने भएपनि ठुला ठुला अग्लो चटान र भिरको बाटो भएकोले चट्ना फोरेर सडक खन्न समय लागेका कारण यो वर्ष भने पिलयाटार र ललाहानीटारमा सडक पु¥याँउन सफल भएको गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । चालु आर्थिक वर्ष छुट्याईएको १० लाख बजेटले सडक विस्तार कार्य सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । घर आगनमा सडक पुगेपछि पिठ्यँुमा बोकेर दैनिकि उपभोग्य वस्तुहरु ल्याउनु पर्ने समस्याको अन्त्य भएको सडक उपभोक्ता समितिका अध्यक्
धरान। मीरगञ्ज पुलको समस्या समाधान तथा विराटनगर नाकासम्मको आवागमन सुचारु गराउन मोरङ व्यापार संघका पदाधिकारीले भारतका विहार राज्यका मन्त्री सँग भेट गरेका छन् । संघका अध्यक्ष नविन रिजालको टोलिले भारतको विहार राज्यका कला, संस्कृति तथा युवा मामिला मन्त्री आलोक रञ्जनको आमन्त्रणमा विहारको राजधानी पटनामा भेटघाट गरेका हुन् । संघको टोलिले विहार मन्त्री रञ्जनसँग मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्यमी व्यवसायीहरुको प्रमुख समस्याको रुपमा रहेको क्षतिग्रस्त मीरगञ्ज पुल बारे अवगत गराउँदै समस्याहरु शिघ्र निराकरणका लागि भारतका सम्बन्धित निकायहरुमा पहल गरिदिन अनुरोध गर्दै सुझाव सहितको ज्ञापन पत्र बुझाएको
धरान । गठबन्धनका दलहरुले कार्यकर्तालाई मन्त्री बनाउनकै लागि मात्र मन्त्रालय विस्तार गरेको आरोप लागेको छ । कार्यकर्तालाई रिझाउनकै लागि मन्त्री बनाउँदा अर्थतन्त्रमा पनि ठुलो असर गरेको राजनितिशास्त्रीहरु बताउँछन् । धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसका राजनितिशास्त्रका प्राध्यापक डा. अमृत श्रेष्ठले सरकार विस्तारले आम जनमानसमा नकारात्मक सन्देश प्रवा गरेको बताए । उनले भने, ‘यो काम राम्रो भएन, यसले आम जनमानसमा नरारात्मक सन्देश प्रवाह गरेको छ, कार्यकर्तालाइ रिझाउनकै लागि मन्त्री बनाउदा अर्थतन्त्रमा पनि ठूलो असर पर्छ ।’ मन्त्रि परिषदको विस्तारले अन्य पार्टीमा त असन्तुष्ट देखिए सँगै गठन
सुनसरी । पाथीभरा एड्भरटाइजिङ प्रालि आठौं वर्षमा र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा दुवै कम्पनीले संयुक्त रुपमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरि इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस र इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा सामाग्री बितरण गरेको प्रबन्ध निर्देशक पवन अधिकारीले बताए । उनका अनुसार विद्यार्थीहरूमा महिनावारी भएको समयमा समस्या नहोस् भन्नका लागि भेन्डिङ मेसिन हस्तान्तरण गरिएको हो । सामाग्री बितरण कार्यक्रममा जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा. डा. गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बत
धरान । गरिमा डान्स सेन्टर धरानले सरस्वती पुजाको अवसरमा आईतबार खुला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । धरान ९ आचार्य लाईन स्थीत डान्स सेन्टरमा सम्पन्न प्रतियोगिताको सिनियर गु्रप तर्फको प्रथम बरदान तामाङ, दोस्रो कृष्टिना राई र तेस्रो गौरव श्रेष्ठ भएका छन् । यसैगरी जुनियर गु्रप तर्फका प्रथम प्रिया राई, दोस्रो खिम्दुङ्मा राई र तेस्रो ओजस्वी निरौला भएका छन् । दुबै गु्रपका प्रथम, दोस्रो र तेस्रोलाई गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका छन् । यसैगरी प्रतियोगिताको १६ जना प्रतियोगिहरु लाई पनि प्रमाण पत्र बितरण गरिएको थियो । प्रतियो
धरान । चौतर्फी विरोध भइरहँदा पनि प्रदेश एक सरकारले गठबन्धनको भागबण्डा मिलाउन सरकार विस्तार सहित मन्त्रालय फेरबदल गरेको छ । सरकारले ६ सदस्यीय मन्त्रीमण्डललाई विस्तार गर्दै १४ सदस्यीय मन्त्रीमण्डल बनाएको हो । विपक्षी दलको विरोध र आलोचनाका बीच गठबन्धनका दलहरुलाई भागवण्डा पुर्याउन ७ मन्त्रालय फुटाएर १३ पुर्याएका हुन् । कार्यविभाजन नियमावली २०७४ अनुसार ७ मन्त्रालय थिए । त्यसलाई संशोधन गर्न प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा सबै सचिव रहेको कार्यदल बनाएको थियो । कार्यदलको सुझाव अनुसार मन्त्रीपरिषदले संशोधन गरेर १२ वटा मन्त्रालय बनाउने निर्णय गरिए पनि मन्त्रीपरिषद विस्तार गर्दा सत्ता