श्रमिक दिवस: ‘दिवस घर बनाउने काममै वित्छ’

  • बैशाख १९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहदा दिवसमा वास्तविक श्रमिकको सहभागिता भने एकदमै कम रहेको थियो । दिवसकै दिन उनीहरु विहान बेलुका छाक टार्नकै लागि काम गरिरहेका थिए भने यता मजदुर नेता, राजनीतिक दलका अग्रज नेता कार्यकर्ताहरु भने मजदुर दिवसको अवसरमा र्‍याली तथा कोणसभामा सहभागी रहेका थिए ।

राजमिस्त्रीको काम गर्दै गरेका गोविन्द घिमिरेले श्रमिक दिवस कहिले हो, किन मनाउने गरिएको हो भन्ने भेउ समेत पाएका थिएनन् । आइतबार धरान १५ मा घर निर्माणमा व्यस्त उनी न त श्रमिक दिवसकोे र्‍यालीमा सहभागि थिए, न उनलाई श्रमिक दिवसकै बारेमा थाहा थियो ।

‘श्रमिक दिवस कहिले मनाउने हो, किन मनाउने हो भन्ने मलाई केही थाहा छैन, काम गरेर खाने हामीजस्तालाई त्यस्तो केही थाहा हुदैन’ घिमिरेले बताए । उनले दिनभरि काम नगरे घर परिवार पाल्न नै धौधो पर्ने बताए । उनले भने, ‘काम छोडेर ¥यालीमा गयो, भाषण सुन्यो, केही हुदैन, एक दिनको हाजिरा नै गुम्छ, बेकारको भाषण सुनेर हामीलाई के फाइदा ? बरु काम गर्‍यो भने त रोजीरोटी त मिल्छ ।’

यता भानुचौकमा दिवस मनाइरहदा उता काममा व्यस्त रहेका धरान ११ पानी ट्याकी छेउमा मजदुरी गरिरहेका पेम्वा तामाङलाई पनि श्रमिक दिवसको विषयमा भलिभाति केही थाहा थिएन । उनलाई मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ भन्ने कुरा समेत थाहा थिएन । तातो घाममा पसिना पुछ्दै वालुवा बोकिरहेका उनले भने, ‘दिवस सिवस हामीलाई केही थाहा छैन, काम नगरी खान पुग्दैन त्यो दिवसले के गर्ने ?

उनी जस्तै धरै श्रमिकहरुलाई दिवस के हो भन्ने नै थाहा छैन । दैनिक ज्यालादारी काम गरेर आफ्नो परिवारको लालनपोषणसंगै सन्तानको भविष्य खोजिरहेका उनीहरुलाई दिवसको कुनै मतलब नै छैन । मुलुकमा संघीयता कायम भएसगै स्थानीय सरकारको अधिकार धेरै भएपनि यस्ता वर्गको समस्या समाधानमा स्थानीय सरकार कहिल्यै लागेन । उनीहरुलाई श्रमिक दिवस त थाहा भएन तर स्थानीय चुनावमा जितेर गएकाहरुले निर्वाचनताका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा रोजगारी प्रदान गर्ने आश्वासन दिने भएपनि कोही पनि फर्किएर नआउने गुनासो गर्छन । लामा भन्छन्, ‘नेपालका लागि श्रमिकहरुका लागि काम गर्ने कोही पनि जन्मेकै छैनन्, उनीहरुले हामीजस्तालाई भोट बैंक बनाउने काम मात्र गरे ।’

उनीहरुले श्रमिकको नाममा राजनीति गर्ने बाहेक दलहरुको अर्को उद्देश्य नरहेको बताए । श्रमिकहरुका लागि यो काम गर्छु, त्यो काम गर्छु भनेर आश्वासन दिनेबाहेक केही नगरेको उनीहरुको गुनासो छ ।

देशका हरेक परिवर्तनमा मजदुरहरुको ठूलो हात भएपनि मजदुरलाई राजनेता तथा जनप्रतिनिधिहरुले वेवास्ता गरेको प्रति उनीहरुको दुःखेसो छ । घिमिरे भन्छन, ‘म २०४८ सालको प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा सँगै हिडे, ०६२÷०६३ को आन्दोलनमा पनि सहभागी भए, राजाले निरकुंश शासन चलाए, देशमा विकास भएन, जनताको अधिकार खोसियो भनेर राजनीतिक दलहरुले हामीलाई उकासे, तर आन्दोलनले सफलता पाएपछि जनताको काम भन्दा पनि आफू धनी हुने, आफ्ना आफन्तलाई जिम्मेवार ठाउँमा पुर्‍याउने, जागिर दिने भन्दा अरु केही काम गरेनन् ।’ उनले अहिले आएको लोकतन्त्र गरिब, असहाय, मजदुरलाई आएको नभई नेता, नेताका आसेपासे, आफन्तलाई मात्र आएको बताए ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved