Top 4

    Showing 6,781-6,790 of 9,401 items.
  • तीन हजार भन्दा बढीले धरानमा बुस्टर डोज लगाए

    धरान । धरानमा ३ हजार ५ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बुस्टर डोज लगाउनेको संख्या उल्लेख्य रहेको बताए । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ हजार ८ सय जना र धरान उपमहानगरपालिकाले सञ्चालन गरेको खोप अभियानमा ६० वर्ष देखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधिहरू, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा अग्रपंत्तीमा खटिने जनशक्तिहरू गरी १ हजार ७ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका हुन् । उनले भने–‘कोरानाको तेस्रो लहर ओमिक्रोनको संक्

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 1,155 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धन सरकारकै कारण विदेशीले हेप्न थाले

    धरान । गठबन्धन सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले हेप्न थालेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टिप्पणी गरेका छन् । आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले विदेशीको इसारामा गठबन्धन सरकार चल्न थालेको समेत बताए । अमेरिकाले दिने सहयोगको सम्बन्धमा गोप्य रूपमा भित्री सहमति गरेर अब केही दिनमै पास गर्छौ भन्ने तर जनतालाई त्यस्तो हैन देशको अहितमा हामी छैनौं भन्ने दोहोरो चरित्र सरकारले देखाएको आरोप समेत लगाए । उनले भने, ‘गोप्य पत्रमा हामी जसरी नि पास गछौं, एक दुई महिना पर्खिदिनु पर्‍यो’ भन्दै हस्ताक्षर गर्नुले बाहिरी देशले नेपाललाई हेप्न थालेको प्रष्ट

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिरपट प्रहार गरी आमाको हत्या

    मोरङ। मोरङ उर्लाबारीका ३५ वर्षीय युवाले चिरपटले प्रहार गरी आमाको हत्या गरेका छन् । उर्लाबारी नगरपालिका –४ आइतबारेका गंगा प्रसाद भण्डारीले आइतबार घरयासी विवादहुँदा चिरपटले प्रहार गर्दा घाइते भएकी ७० वर्षीया चन्द्रमाया भण्डारीको मृत्यु भएको हो । प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रमायाको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा आइतबार राति १०ः३० मा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 944 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘भ्यालेन्टाइन डे’मा कस्तो गिफ्ट दिने ?

    माया, प्रेम, पिरती अनि आत्मियताले भरिएको मायाको दिवस अर्थात् भ्यालेन्टाइन डे सोमबार विश्वभर मनाइदैन । चिसो मौसमले अझ साथ छोडी नसक्दा फेब्रुअरी महिनाको यो न्यानो दिन आउँदा धेरै प्रेमिल जोडीहरु उत्साहित भइरहेका छन् । कसैलाई आफूलाई मनपर्ने मानिसलाई प्रेम प्रस्ताव गर्ने हतारो होला भने कसैलाई आफ्नो प्रियजनसँग स्तरीय समय बिताउन योजना बनाउने उत्साह हुनसक्छ । प्रेमी जोडीले मायाका भावनाहरु सँगसँगै आकर्षक उपहारहरु साटासाट गर्ने चलन पनि यस दिनको विशेषता हो । भनिन्छ नि उपहार र पुरस्कार सबैलाई मन पर्छ । झन् आफ्नो प्रियजनले दिने आकर्षक उपहार त मुटुको नजिक हुने गर्दछ । हुन त आफ्नो प्रियजनलाई चोखो मनले जे उप

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 1,505 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रणय दिवस: ‘बुढासुब्बा मन्दिर’ प्रेमिल गन्तव्य

    धरान । फागुन २ अर्थात फ्रेबुअरी १४ तारिख । यो दिन संसारभरि प्रणय दिवस (भ्यालेन्टाइन डे) को रुपमा मनाउने प्रचलन छ । यो दिन विशेष गरेर माया गर्ने जोडी कुनै रमणीय स्थल घुम्न जाने, उपहार प्रदान गर्ने मात्र हैन सँगै बाच्ने सँगै मर्ने कसम समेत खाने गरेका छन् ।विशेष गरी धरानमा प्रेमिल जोडीहरुले धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा रहेको टुप्पो विनाको बासमा जोडाजोडीको नाम लेख्ने प्रचलन छ । बासमा जोडाजोडीको नाम लेख्दा त्यो प्रेम अमर हुने विश्वास गरिएको छ । बासमा नाम लेख्दा फोहोर हुने र बासको संरक्षण हुन नसकेको भन्दै अहिले भने बासमा लेख्न बन्देज लगाइएको छ । मन्दिर व्यवस्थापन समितिले यसरी बासमा ल

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 1,471 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस चौतारी धरानमा रोशन दाहाल

    धरान । प्रेस चौतारी नेपाल धरान उपमहानगर समितीको तेस्रो अधिवेसनले कोशीपत्र राष्ट्रिय दैनिकका रोशन दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ । आइतबार सम्पन्न तेस्रो अधिवेसनले दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको हो । समितीको उपाध्यक्षमा हर्ट एफएमका स्टेशन मेनेजर रमेश राई, महिला उपाध्यक्षमा विजयपुर एफएमकी मेरिना तुम्सा, सचिवमा कोशीपत्रका संजोगबाबु दाहाल, सहसचिवद्वयमा औजार दैनिकका सन्देश तिमिल्सीना र कृति टेलिभिजनका ललित राई निर्वाचित भएका छन् भने कोषाध्यक्षमा रेडियो धरानकी देविका चाम्लिङ राई रहेका छन् । त्यसै गरि समितीको सदस्यहरुमा कृति

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 1,106 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेतना सिमसार पर्यटकको पहिलो रोजाई

    धरान । पछिल्लो समय मोरङको बेलबारी नगरपालिका भित्र रहेको रमणीय वेतना सिमसार आन्तरिक तथा वाह्य पर्यटको रोजाइमा पर्न थालेको छ । रमणीय स्थलसँगै विभिन्न प्रजातिका चराचुरुङ्गी दृश्यावलोकन सँगै तालमा बोटका मजा लिन पाउने भएकै कारण पछिल्लो समय बेलबारीको बेतना सिमसार आन्तरिक तथा वाह्य पर्यटथकको रोजाइमा परेको हो । पूर्वकै मुख्य पर्यटकीय हवका रुपमा विकास भएको बेलबारीको बेतना सिमसारको दृश्यावलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । विवाह, पिकनिक तथा विभिन्न कार्यक्रम समेत यस सिमसारमा हुने गरेको छ । वेतना सिमसारको विकास तथा संरक्षण गर्न ०६१ सालदेखि समिति बनाएर सञ्चालन गर्न थालेपछि यस

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 1,756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छ लेन सडक विस्तार : दुहवीमा घर–टहरा भत्काउन थालियो

    धरान । लामो समय देखि विवादमा रहेको विराटनगर–धरान सडक खण्ड अन्तर्गत सुनसरीको दुहवी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फका घरटहरा भत्काउन थालिएको छ । नगरपालिकाले बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न दिएको अन्तिम समय शुक्रबारबाट सकिएपछि शनिबारदेखि घरटहरा भत्काउन थालिएको हो । जग्गा खाली गर्ने क्रममा स्थानीयवासीले अवरोध गर्ने प्रयास गरेपछि वडा नं. ५ र ६ का वडा अध्यक्षले नेतृत्व गरेर प्रहरीको बाक्लो उपस्थितीमा डोजर प्रयोग गरि भत्काइएको छ । नगरपालिकाले जग्गा खाली गर्न यसअघि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि अन्तिम पटकलाई शुक्रबारसम्म समयसिमा तोकिएको थियो । तर, तोकिएको समयसिमा भित्

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 1,779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान सम्पन्न

    इलाम/ व्यवसायीक उडानको तयारी भइरहेको इलामको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा परिक्षण उडान सम्पन्न भएको छ । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै बुधबार नेपाल बायु सेवा निगमको टुइनेटर विमानले परिक्षण उडान गरेको हो । बुधबार मुख्य क्याप्टेन पेम्बा शेर्पा, क्याप्टेन रक्क्षित मल्ल र नागरिन उड्ययन प्राधिकरणको टोली सहित ११ जनालाई लिएर नेपाल बायुसेवाको बिमान काठमाडौंबाट इलाम उडान गरेको हो । काठमाडौं बाट बिहान ९ः०७ मा उडेको विमान १०ः०४ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो । जहाज बस्नका लागी धावन मार्ग सहज रहेकाले सफल उडान परीक्षण भएको क्यापटेन पेम्बा शेर्पा ब

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 698 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • एसइईको परीक्षा वैशाखमा

    धरान । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणका बाबजदु पनि एसइईको परीक्षा वैशाखमा गरिने निर्णय गरिएका छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन गरिने निर्णय गरेको छ ।  बोर्डका अनुसार परीक्षा वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गरिने भएको छ । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलो गरी परीक्षा तालिका तय गरेको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ ।    

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 1,114 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved