एमाले धरान ९ को खानेपानी व्यवस्थापन पहिलो प्रतिबद्धता

  • वैशाख २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । खानेपानी समस्या समाधान देखि सुत्केरी महिलालाई पौष्टिक आहार सम्मको योजना सहितको प्रतिबद्धता पत्र नेकपा एमाले वडा नम्बर ९ ले जारी गरेको छ ।

नेकपा एमाले तर्फका बाट वडाध्यक्षका उम्मेद्वार बनेका शिव राईले खानेपानीको चरम अभावलाई समयमै उचित योजना बनाई व्यवस्थापन गरि अर्को वर्षको सुख्खा याम सम्ममा पानिको हालको अवस्थालाई न्यूनिकरण गर्न निश्चित कार्य गर्ने बताएका छन् । यस्तै निम्न आय भएका महिलाहरु सुत्केरी हुँदा ३ महिना सम्म पौष्टिक आहार तथा बच्चालाई न्यानो कपडा वितरण गरिने प्रतिब्द्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, असक्त तथा वृद्धाहरुको लागी ३ –३ महिनामा निःशुल्क स्वास्थ्य जाँच गराउन शिविर सञ्चालन गराइ स्वास्थ्यमा पहुँच पु¥याइने, शिक्षाको पहँुच बाहिर भएका बालबलिकाहरुलाई शिक्षाको पहँचमा ल्याउने, बाल बिकास सम्बन्धी भइरहेका कार्यहरुलाई थप प्रभावकारी बनाइ सञ्चालन गर्ने, धरान ९मा रहेको सब्जी बजारलाई ब्यबस्थित बनाइ सब्जी बजार भित्रको यातायात व्यवस्थालाई सहज बनाउन पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसै गरि वडामा रहेका विद्युत, टेलिफोन, केबल, नेट आदिका तारहरुलाई व्यवस्थित गरिने, वडामा रहेका पिच हुन बाँकी रहेका सडकहरुलाई पिच गरिने तथा भएका सडकहरुलाई अवस्था हेरी पुनः स्तरीकरण गरिने, वडामा स्थायी बसोबास भएका असक्त तथा गरिव परिवारलाई रासन कार्डको व्यवस्था गर्न पहल गरिने, खहरे खोलामा बाँकी रहेका तटबन्धनको कार्यहरु पुरा गरि खहरे खोला किनारमा रहेको सडकलाई व्यवस्थित गरिने, खहरे खोलाको महेन्द्र क्याम्पसको पुल देखि पुतली लाईन सम्मको क्षेत्रमा पार्क निर्माण गरिने, वडा भरीका व्यापारिक क्षेत्रका फुटपाथलाई फुटपाथ मैत्री कार्यक्रमको योजना बनाई कार्यन्वयन लागायतका योजनाहरु रहेका छन् ।

 

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

वराहक्षेत्रका जनप्रत ...

वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३ ...

धरानका सन्तोष लामिछा ...

सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लाम ...

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved