Top 4

    Showing 651-660 of 9,491 items.
  • धरानमा लागूऔषध ओसारपसार गर्ने २ जना पक्राउ

    धरान/  जिल्ला सुनसरी, धरान उप–महानगरपालिका वडा नं.–५ देउराली भोटे बस्तीमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि अस्थायी प्रहरी चौकी देउरालीको टोलीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। मंसिर २० गते राति २ बजे गएको चेकजाँच क्रममा वडा नं.–५ का २२ वर्षीय जितेन्द्र राई र धनकुटा जिल्ला, साँगुरीगढी गाउँपालिका वडा नं.–७ का २२ वर्षीय जीवन राईको साथबाट ट्रामाडोल–७० र स्पास्मो–७० गरी कुल १४० पिस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले दुवैजनालाई लागूऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा लगेको र थप अनुसन्धान जारी रहेको बताएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट ट्रेड एक्स्पो २०२५: प्रविधि र सांस्कृतिक महोत्सवको तयारी तीव्र

    विराटनगर/  मोरङ उद्योग व्यापार संघले आयोजना गर्ने ‘विराट ट्रेड एक्स्पो २०२५’ यस वर्ष जिल्ला प्रहरी कार्यालय मोरङको छेउको खाली मैदानमा हुने भएको छ। एक्स्पोका लागि आवश्यक पूर्वाधार निर्माण, स्टल बुकिङ, सुरक्षा व्यवस्थापन र अन्य तयारी तीव्र गतिमा अघि बढिरहेका छन्। संघका वरिष्ठ उपाध्यक्ष अनिल साहका अनुसार, “व्यापार, उद्योग, प्रविधि, कृषि, स्टार्टअप र स्थानीय उत्पादनहरूको प्रभावकारी प्रदर्शनका लागि यस वर्षको एक्स्पो अझ आकर्षक बनाउन विशेष तयारी भइरहेको छ।” पुष ९ देखि १९ गतेसम्म सञ्चालन हुने दस दिने महोत्सवमा देशभरका किसान, उद्यमी, व्यवसायी, उत्पादन र सेवा प्रदायक

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रेडक्रसको एम्बुलेन्समा ५१ किलो गाँजासहित चालक पक्राउ

    सर्लाही/ मानवीय सेवा गर्ने उद्देश्यले प्रयोग गरिने रेडक्रसको एम्बुलेन्समै ठूलो परिमाणको गाँजा फेला परेको छ। हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ–छिपाइ गरी ढुवानी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिएको हो। नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता गरिएको सो एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा पछाडिको भागमा बोराभित्र लुकाइएको ५१ किलो ५०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति एम्बुलेन्स चा

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 377 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लेटाङकी अंशुको हत्*यामा छिमेकीकै हात रहेको प्रहरी संकेत,१ जना पक्राउ

    सुनसरी/मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकी पदम अधिकारीले गरेका हुन् भन्ने निष्कर्षमा प्रहरी पुगेको छ। करिब ५०–५२ वर्षका पदमलाई नियन्त्रणमा लिएर विस्तृत सोधपुछ जारी छ। प्रहरी स्रोतका अनुसार उनले हत्या गरेको स्वीकार गरिसकेका छन्, यद्यपि प्रहरी अधिकारीहरूले आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ। असोज २१ गते घरबाट निस्किएकी अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको भयानक अवस्थामा भेटिएको थियो। शव कुहिंदा धेरै प्रमाण नष्ट भएकाले अनुसन्धान निकै चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा अंशु घर

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

    धरान/देउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेको डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको छ । शुक्रवार भएको धरान स्तरीय डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको हो । छात्रतर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता वनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता वनेको छ । त्यसैगरी छात्रातर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ नै विजेता बन्न सफल बनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता बन्न सफल भएको छ । एक दिने बास्केटबल प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कल धरान–१५,जोलसाया एकेडेमी धरान–११, धरान इङ्लिस वोडिङ स्कुल धरान–५, आव

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 473 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी रेड विजयी टिमलाई विद्यालयमै भव्य सम्मान

    धरान/ धरान–१२, चतरालाईन स्थित सुनाखरी एकेडेमीले प्रथम सुनाखरी कप–२०८२ को विजेता टिम सुनाखरी रेडलाई विद्यालय प्राङ्गणमा विशेष समारोहमार्फत सम्मान गरेको छ। स्कुलका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलन कुमार राई तथा प्लस–टुको संयोजक तप कुमार राईले विजेता खेलाडीहरूलाई अबिर र खदा लगाएर सम्मान प्रदान गरे। प्रिन्सिपल राईका अनुसार, यस्तो सम्मानले विद्यार्थीहरूलाई आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उद्देश्य रहेको छ। मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर १७ गते एन्फा एकेडेमी मैदानमा सम्पन्न भएको थियो, जहाँ सुनाखरी रेडले नेपाल पुलिस स्कुललाई टाईब्

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 348 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान खेलकुद महोत्सव : सांगीतिक र खेल–तमासाको भव्य संगम, चर्चित कलाकारको प्रस्तुति

    धरान/ धरानमा पहिलोपटक भव्य रूपमा आयोजना हुन लागेको धरान खेलकुद महोत्सव–२०८२ का तयारी अन्तिम चरणमा पुगेका छन्। धरान खेलकुद मञ्चको आयोजनामा मंसिर २५ गतेदेखि पुस १० गतेसम्म संचालन हुने महोत्सवका अध्यक्ष किशोर राईका अनुसार आवश्यक परे दर्शकको भीड, प्रभाव र माग हेरेर पुस १० पछि पनि केही दिन थप गर्न सकिने सम्भावना खुला छ। “धरान महोत्सवको केन्द्रबिन्दु हो। हामीले यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्यौँ भने यो महोत्सव नै धरानलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कोसेढुङ्गा हुन्छ,” राईले भने। उनका अनुसार यो महोत्सवमा धेरै स्थानीय युवाको लगानी छ र उनीहरूले व्यावसायिकता

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 934 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगर अस्पतालबाट बिशेषज्ञ सहितको दन्त सेवा सुरु , सेवा बढाउदै अस्लताल ग्रामिण क्षेत्रका नागरिकलाई सुविधा

    वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ । नगर अस्पतालले सुरु गरेको बिशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका छन् ।  शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ्ग , रत्न बहादुर राउत , नगर स्वास्थ्य शाखाका प्रमुख रन्

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा महिला रनिङ कप सुरु, उद्घाटन खेलमा वडा १७ विजयी

    धरान /दोस्रो धरान वडा–स्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता बिहीबार धरान–१६ स्थित रंगशालामा आकर्षक प्रतिस्पर्धासहित सुरु भएको छ। उद्घाटन खेलमै गत वर्षको च्याम्पियन वडा नं. १७ ले वडा नं. १६ लाई १–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेलको पहिलो हाफको १४औँ मिनेटमा वडा १७ की जर्सी नं. १२ सुनिता राईको तीव्र प्रहारले १६ नं. वडाको जाली चुमेपछि खेलमा रोमाञ्च बढेको थियो। बराबरीमा फर्किन वडा १६ ले प्रयास गरे पनि सफल हुन सकेन। सुनिताको सोही गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। उता, सशक्त प्रदर्शनका आधारमा वडा १६ की प्रमिला जिमी ‘प्लेयर अफ द म्याच’ घोषित भइ

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 315 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चलचित्र “गाउ आएको वाटो” चर्चा हङकङको युनिर्भसिटिमा

    हङकङ/ नविन सुव्वा द्धारा निर्देशित चलचित्र “ गाउ आएको वाटो” हङकङ स्थित हङकङ एकेडेमि अफ आर्ट अफ पर्फमेन्स फिल्मका विद्यार्थीहरुलाई अध्यनका लागि वुधवार प्रदर्शन गरिएको छ ।   युनिर्भसिटिका प्रोफेसरले हङकङको सिनेमा हलमा फिल्म हेर्नुका साथै हङकङका पत्रकारहरुले फिल्म वारे लेखिएको समिक्षा पढे पछि युनिर्भसिटिका फिल्म निर्माणका विद्यार्थीहरु माझ अध्यनका लागि युनिर्भसिटिले नेपाली चलचित्र “गाउ आएको वाटो” प्रदर्शन गरिएको निर्माता अमोद राईले जानकारी गराए ।     गाउ आएको वाटो” नेपालको पहिलो  हङकङको वक्स अफिसमा प्रर्दशन भएको चलचित्र रहेको समेत निर्माता रा

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 646 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved