धरानकी महिला पत्रकारको चरित्रहत्या गर्ने रबि रत्न चुडाल पक्राउ

  • चैत २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सामाजिक सञ्जालमार्फत धरानकी एक महिला पत्रकारमाथि अश्लील गालीगलौज गर्दै चरित्रहत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा झापा, कोहबरा गाविस–१ घर भएका ४५ वर्षीय रबि रत्न चुडाल पक्राउ परेका हुन्।

उनीमाथि सुनसरीको धरान निवासी एक महिला पत्रकारको चरित्रहत्या गरेको आरोप लागेको छ।

पीडित पत्रकारले दिएको जाहेरीअनुसार उनी आफ्नै घरमा बसेर पत्रकारिताको काम गरिरहेका बेला २०८२ माघ ११ गते ‘Khabar Bulletin TV’  नामक युट्युब च्यानलमार्फत आफ्नो फोटो र धरानका पूर्व मेयर हर्क साम्पाङको फोटो जोडेर बनाइएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको देखेकी थिइन्।

उक्त भिडियोमा रबि रत्न चुडालले समाजमा अपाच्य तथा अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै उनलाई धरानको भानुचोकमा लगेर जुत्ताको माला लगाई कुटपिट गर्नुपर्छ भन्दै मिति नै तोकी धम्की दिएको पीडितको आरोप छ।

पीडितका अनुसार यस प्रकारको सामग्री सार्वजनिक हुँदा उनको व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामाथि गम्भीर आघात पुगेको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ बमोजिम कारबाहीको माग गर्दै उजुरी दिइएको हो।

प्रहरीका अनुसार आरोपी चुडाललाई २०८२ फागुन २८ गते साँझ करिब ४ः३० बजे काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरिएको हो।

पक्राउपछि उनलाई २०८२ फागुन २९ गते इलाका प्रहरी कार्यालय धरानमा उपस्थित गराइएको र हाल म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नोट: यस समाचारमा पीडित महिला पत्रकारको नाम गोप्य राखिएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved