धरान / धरानको बसपार्कमा यात्रुहरुको भीड बढ्न थालेको छ । कोरोना संक्रमणले लकडाउन हुने त्रासले गाउँ घर फर्किन थाले पछि धरानको बसपार्कमा भीड बढेको हो । काठमाण्डौमा १६ गते देखि निषेधात्रा गर्ने भएपछि पुर्वी पहाडी घर भएकाहरु फर्किने क्रम बढेको छ । पुर्वी पहाडी जिल्लावासीहरु धरानको बसपार्कमा आ–आफ्ना्े घर फर्कने क्रममा भीड बढेको हो । काठमाण्डौबाट तेह्रथुम घर हिडेका सुमन घिमिरेले लकडाउनको समयमा काठमाण्डौमा डेरामा बसेर दिन काट्नै गाह«ो हुने मात्र हैन छाक टार्न नै मुस्किल हुने देखिएपछि घरमै सुरक्षित हुन काठमाण्डौ छाडेको बताए । काठमाण्डौको सुनधारामा डेरा लिएर बस्दै आएका उनले भने,
विराटनगर/ उद्योग संगठन मोरङले आगामी आर्थिक वर्षको बजेटमार्फत औद्योगिक उत्पादन लागत घटाउन दीर्घकालीन महत्वका संरचनाहरुको विकास तथा सञ्चालनका लागि सरकार समक्ष आग्रह गरेको छ । औद्योगिक क्षेत्रको यातायात तथा पारवहन लगायतका क्षेत्रमा हुने अत्याधिक लजिस्टक खर्चका कारण उत्पादन लागत बढेको कारण स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्न नसकेको निष्कर्ष सहित संगठनले सरकारलाई नौं बुँदे सुझाव दिएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धनलाई अभियानका रुपमा अघि बढाएको संगठनले स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाई प्रवद्र्धन गर्न व्यापार तथा पारवहनका क्षेत्रमा छिमेकी मुलुकहरु भारत, चिन, बंगलादेश लगायतका मुलुकहरुस
इलाम/ तराईका विभिन्न जिल्लाबाट मोटरसाईकल चोरी गरी गाउँमा लैजाने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशका झापा, मोरङ लगायतका स्थानबाट मोटरसाईकल चोरी गरी इलामका ग्रामिण क्षेत्रमा ल्याउने गिरोहलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । तराईको विभिन्न जिल्लाबाट चोरी गरी इलामको ग्रामिण भेगहरुमा चलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरी कार्यालयका अनुसार बैशाख महिनामा मात्र प्रहरीले सात वटा चोरीका मोटरसाईकलहरु सहित चोरी गर्ने ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला गुल्मी मुसिकोट नगरपालिका ४ घर भई हाल जिल्ला झापा दमक नगरपाल
धरान/ छिमेकी मुलुक भारतमा अक्सिजन नपाएरै कोरोना संक्रमितहरुको मृत्यु बढ्दै गए पछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता हुन थालेको छ । अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवश्था आइरहेको छ । प्रदेश १ मा पनि कोरोना संक्रमित बढ्दै गए पछि कोभिड अस्पतालहरु तयारी अवश्थामा राख्न थालिएको छ । अझ अक्सिजनको कमी हुन नदिन सबैको चासो बढेको छ । प्रदेश सरकारले पनि अक्सिजनको कमी हुँन नदिन अक्सिजन प्लान्ट निर्माण गर्ने तर्फ पनि योजना अघि सारेको छ । सोमबार मुख्यमन्त्री शेरधन राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभि
मोरङ / कोरोना संक्रमण बढ्दै गए पछि रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारको अगुवाईमा जनचेतनामुलक अभियान शुरु गरिएको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाईदिएकी थिइन् । उनले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवश्यक रहेकोमा जोड दिइन् । उनल
धरान / विगतमा नेपाल खानेपानी संस्थानले पानीको हाहाकारमा पनि ट्यांकरमार्फत खानेपानी धराने जनतालाई खुवाएको भएपनि धरान खानेपानी बोर्डले त्यो समेत गर्न नसकेकोप्रति संघर्ष समितिले आपत्ति जनाएको छ । विगतदेखि नै संस्थानमार्फत नै खानेपानी धराने जनतालाई खुवाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले धरानेहरुलाई यस्तो अभावमा पनि पानी खुवाउन नसक्ने बोर्डको औचित्य नभएको भन्दै खानेपानी वितरण ग गर्ने जिम्मा संस्थानलाई दिन जिम्मा दिन संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । विगतमा संस्थानले खानेपानी अभावका समयमा पनि ट्यांकरमार्फत धराने जनतालाई पानी खुवाउने गरेको भन्दै बोर्डले त्यो काम समेत गर्न नसकेकोप्रत
विराटनगर/ कोरोना संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले व्यवस्थापन गरेको कोभिड अस्पतालमा लक्ष्यणसहितका बिरामीको चाप बढेको छ । सोमबारसम्म क्षमताअनुसार बेड भरिएका छन् । कोसी कोभिड उपचार केन्द्रमा ८० बेड छन् । सातायता लक्ष्यणसहितका संक्रमित बढेपछि ३२ बेड भरिएको छ । अरु बेडमा भेण्टिलेटरसहितको सुविधा नरहेकोले थप संक्रमित भर्ना लिने अवस्था नरहेको निमित्त निर्देशक डा. एपोलो भगतले जानकारी दिएका छन । उनले भने,“लक्ष्यणसहितका बिरामीमात्र भर्ना लिइएको छ । सबै संक्रमित अक्सिजनको मद्दत लिएर उपचार गर्नुपर्ने अवस्थामा हुनुहुन्छ ।” कोरोनाको दोस्रो लहर शुरु हुँदा कडा लक्ष्यणसहितका बिरामी उपचार
इलाम/ इलामको फाल्गुनन्द सुकिलम्वा विमानस्थलको धावन मार्गनिर्र्माण सम्पन्न भएपनि नालि निर्माण व्यवस्थित नहुँदा धावन मार्ग र बस्ती जोखिममा परेको छ । विमानस्थलको ढल व्यवस्थापन गर्नका लागि निर्माण गरेको नालि भत्किन थालेसँगै विमानस्थलको धावनमार्ग र विमानस्थल तल रहेको बस्ती जोखीममा परेको हो । विमानस्थलको पूर्वपट्टिको तल्लोसाईडमा निर्माण भएकोे नालि वर्खानै नलागी भत्किन थालेपछि समस्या देखिएको छ । नालि भत्किँदा विमानस्थलभन्दा तल रहेको वस्ती जोखिममा पर्नुका साथै धावनमार्गको तल्लो भाग खोल्न थालिसकेको छ । पहिले माटो थुपारेर त्यहाँमाथि नालि बनाएको कारण भत्किएको स्थानीय बताउँछन । परिक्षण उडान पश्चात व
धरान/ सात महिना अघि निधन भएका लेखमणि जिमी साहसिक खेलका अभियन्ता हुन् । पुर्वी नेपालका विभिन्न स्थानमा साहसिक खेलको विस्तार सँगै साहसिक खेल पर्यटन प्रवद्र्धनमा उनको योगदान अतुलनिय रहेको छ । धरानमा व्यवसायीक रुपमा प्याराग्लाइडिङको शुरुवात पनि उनैले गरेका हुन् । साहसिक खेलको प्रवद्र्धन गर्न एक्सट्रिम धरान संस्थाका अध्यक्ष हुन् । जति पनि साहसिक खेलहरु छन्, त्यसलाई प्रवद्र्धन गर्दै अन्तराष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउने उनको सपना थियो । विशेष गरि प्याराग्लाईडिङ, क्यानोनिङ, र्याफटिङ लगायत साइक्लिङलाई धरान लगायत आसपासका क्षेत्रहरुमा पर्यटकहरुको लोभ्याउन चाहन्थे । उनी जिवित रहँदा केही कामको शु
विराटनगर । परीक्षा अगावै प्रश्नपत्र आउट गराउने पूर्वाञ्चल विश्व विद्यालयका कर्मचारी र विद्यार्थीसहित १० जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि नै प्रश्नपत्र आउट गरिएको प्रकरणमा उनीहरु पक्राउ परेका हुन । प्रहरीका अनुसार काठमाडौबाट ८ जना विद्यार्थीलाई शनिबार पक्राउ गरी विराटनगर ल्याइएको हो । यस्तै ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरेर ‘शिक्षा ऐन’ अनुसार म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको जनाएको छ । इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्स विषयको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि ३ वैशाखमा बाहिरिएको थियो