स्काउटको एकदिने क्याम्प सम्पन्न

  • असार १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरी जिल्लामा सञ्चालित एम्स, सैनिक तथा वराहक्षेत्र ओपन स्काउट क्रयूका १३ रोभर तथा २२ रेन्जरहरूको एकदिने क्याम्प शनिबार सम्पन्न भएको छ ।

धरान–१७ को साकेला पार्कमा सम्पन्न क्याम्पमा विभिन्न नौवटा समूहले विनाभाँडा खाना पकाउने, खाना पकाउने र चिया पकाउने प्रतियोगितामा भाग लिएकाा थिए । उनीहरूले आ–आफ्नो प्रतिभा पनि प्रदर्शन गरेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूह र व्यक्तिलाई मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा ब्लाष्ट टाइम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, विजयपुर अस्पतालका प्रमुख प्रशासक इन्दु नेपाल योन्जन, नेपाल स्काउटका पूर्वराष्ट्रिय सचिव वासुदेव भण्डारी र रोभर लिडर सुशील राईले सहभागीहरूलाई अनुभव बाँडेका थिए । कोरोना महामारी र अन्य विभिन्न समस्याका कारण लामो समययता क्याम्प हुन नसकेका कारण यसलाई निरन्तरता कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटको प्रदेश नं १ का सदस्य हेमन्त भण्डारीले जनाए ।289803125_582422346562028_853259268617802601_n 289395637_1171113820409107_6136338230790921944_n

एम्स एकेडेमीका निर्देशक एवम् स्काउटको धरान नगर तदर्थ समितिका संयोजक अनुप तामाङको अध्यक्षतामा सम्पन्न समापन समारोहमा धरान उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नं १७ का वडाध्यक्ष मनोज भट्टराई प्रमुख अतिथि थिए भने नेपाल स्काउट प्रदेश नं १ तदर्थ समितिका संयोजक रवि खनाल विशेष अतिथि थिए । कार्यक्रममा प्रदेश नं १ का सदस्य हेमन्त भण्डारी, किरात राई यायोक्खाका सुनसरी अध्यक्ष राजेन्द्र राई, सचिव नवीन राई, महेन्द्र वहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही, एम्स एकेडेमीका प्राचार्य मित्र तामाङलगायत उपस्थित थिए ।

सो क्याम्प एम्स स्काउट क्रियूको आयोजना तथा धरान नगर तदर्थ समितिको सहयोगमा सम्पन्न भएको हो ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved