धरान/वडास्तरबाट बालबालिकाको क्षमता विकासका लागि वडा बाल सञ्जाल गठन गरिएको छ । सोही अनुरुप ती बालसञ्जालले विविध कार्यक्रम गर्दै आएको छ । शारदा बालिकाको ज्योतिपुञ्ज बाल क्लब र वडाबाल सञ्जाल धरान १६ को संयुक्त आयोजनामा बुधबार बालिका स्टार सिजन थ्रीको आयोजना गरेको छ । प्रतियोगितामा जेनिथ इङ्लिस बोर्डिङ स्कुल र चन्द्र संस्कृत माविका विद्यार्थीले २–२ प्रतिस्पर्धामा प्रथम स्थान प्राप्त गरेका छन् । शारदा बालिका मावि, सिद्धार्थ स्कुल र पूर्वाञ्चल बाहिरा विद्यालयले १–१ प्रतिस्पर्धामा प्रथम भए । शारदा बालिका नमूना माविको परिसरमा आयोजना भएको सो प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकको प्रत
धरान : चौथो हर्मोनिज स्काउट क्याम्प शुक्रबार सुरु भएको छ । नेपाल स्काउटका पूर्व केन्द्रीय सचिव वासुदेव भण्डारीले स्काउटको भण्डोत्तोलन गरेर क्याम्पको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भण्डारीले उद्घाटन कार्यक्रममा बोल्दै स्काउटले अनुशासित, चरित्रवान्, कर्तव्यप्रति सचेत र देशभक्त नागरिक बनाउन सहयोग गर्ने धारणा राखे । ‘बालबालिकामा असल चरित्रको विकास गर्न यस्तो कार्यक्रम आवश्यक हुन्छ’, उनले भने, ‘यसले जीवन जिउने कला पनि सिकाउँछ ।’ नेपाल स्काउटका धरान नगर समिति संयोजक तथा माउन्ट हर्मन एकेडेमीका निर्देशक अनुप योञ्जन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स
तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिका ३ बसन्तपुरमा निर्माण भएको चोत्लुङ पार्क अहिले लिम्बु जातिको संस्कारमा आधारित मुन्धुमको अध्ययन थलोको रुपमा विकास हुँदै गएको पाइएको छ ।यो लिम्बू जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक पार्क निर्माण गरिएको छ । विशेषगरी लिम्बू जातिको जन्म, मृत्यु, विवाह, उधौली उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित क्रियाकलाप पार्क परिसरमा गर्न थालिएको छ ।लालीगुराँस नगरपालिका बसन्तपुरका स्थानीय बासिन्दा कृष्ण खुवाङले लिम्बुहरु प्रकृतिपूक भएकोले यो पार्क पनि सोही अनुरुप निर्मिाण गरिएको बताए । उनले भने–‘लिम्बु जाति प्रकृतिलाई पूजा
प्रत्येक वर्ष ५ लाखभन्दा बढी नेपालीले श्रम बजारमा प्रवेश गर्ने बताइन्छ । श्रम बजारमा प्रवेश गर्ने यी युवाका लागि स्वदेशमा रोजगारको पर्याप्त अवसर छैन। यसलाई कुनै पनि सरकार वा राजनीतिक दलले गम्भीरतापूर्वक आफ्नो एजेन्डा बनाएको छैन । स्वदेशमा रोजगारको अवसर नपाएपछि नागरिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका छन् । अहिले पनि दैनिक हजारौँ युवा विदेश पलायन भइरहेका छन् । यीमध्ये अधिकांश खाडी, मलेसिया, जापान, दक्षिण कोरिया र पूर्वी युरोपसम्म पुग्ने गर्छन् । वैदेशिक रोजगारीमा जाने यिनै युवाले पठाउने विप्रेषणले नेपाली अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । यो सकारात्मक पक्ष हो तर यसका अनेक नकारात्मक
मोरङ /मादपक पदार्थ सेवन गरी झैझगडा गरेको भन्दै प्रहरीले कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले उनलाई नियन्त्रण लिएको हो । बेलबारी –४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई मंगलबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुले मादपक पदार्थ सेवन गरी झैझगडा गरेको आरोप प्रहरीको आरोप छ । प्रहरीका अनुसार मंगलबार राति बेलबारी नगरपालिका –१ स्थित एक होटलमा मादक पदार्थ पिएका खतिवडाले झगडा गरेका थिए । होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरूला
धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई लक्षित गरी छुट्टै ढंगले सेवा दिन थालेको छ । प्रतिष्ठानले फागुन १ गतेदेखि ज्येष्ठ नागरिकलाई लक्षित गरी हरेक बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जेरियाट्रिक क्लिनिक सञ्चालनमा ल्याएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले जेष्ठ नागरिकलाई हरेक प्रकारका उपचारमा सहजता ल्याउनकै लागि नेपालमै पहिलो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो सेवा सञ्चालन गरिएको बताइन् । प्रवक्ता डा. प्रधानले भनिन्–‘ ज्येष्ठ नागरिकहरुलाई उमेरका कार
इलाम / नेपाली चिया गुणस्तर चेक गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयात अनुमति दिँदैन । स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बंगालको कोलकत्तामा परीक्षण गर्नुपर्ने बाध्यता रहेको छ । उद्योगीले चिया बोकेको कन्टेनर हप्ता दिनसम्म मेची भन्सार कार्यालय काँकडभिट्टमा राखेर कोलकत्तामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको रिपोर्ट आएपछि मात्र भारत लगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल उत्पादन संघका अध्यक्ष सुरेश मितलल जानकारी दिए । उनले भने–‘नेपालमै चिया गुणस्तर चेक गर्ने प्रय
मोरङ /विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ ।महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गर्ने कार्यका विषयमा जानकारी गराएकी थिइन् । उपप्रमुख कार्कीले आफूलाई परेका समस्या खुलस्त राख्न बालिकाहरूलाई आग्रह गरिन् । अभिभावक र विद्यालयका शिक्षकहर
मोरङ / नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन्। सोही समूहबाट उपबिजेताको रुपमा कास्कीका बिधान अध
विजयपुर / धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केट बल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो । कलेजले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी दिएको थियो । फागुन ५ र ६ गते आयोजना हुने सो प्रतियोगितामा झापा मोरङ,सुनसरी लगायतका जिल्लाबाट छात्रतर्फ १५ टिम र छात्रातर्फ १० टिम सहभागी हुने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । प्रिन्सिपल चित्रप्रसाद ढुङगेलका अनुसार प्रतियोगितामा विजेता हुने