विजयपुर / कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले शनिबार धरानमा राके जुलुस प्रदर्शन गरेका छन् ।१ नं. प्रदेश पुन: पुन नामाङ्न संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका उनीहरुले कोशी प्रदेश बन्दको पूर्व सन्ध्यामा राके जुलुस निकालेका हुन् । धरान १५ किरात याक्थुङ चुम्लुङबाट १ नं. प्रदेशको नाम षड्यन्त्रपूर्ण कोशी प्रदेश राखेको भन्दै राकेजुलुस निकालेका हुन् । राके जुलुसपछि भानुचौकमा कोणसभाको समेत आयोजना गरिएको थियो । निरन्तर आन्दोलन गर्ने चेतावनी दिँदै उनीहरुले कोशी प्रदेश नामकरण षड्यन्त्रपूर्वक भएको र प्रदेश न. १ को नामकरणमा पुनर्विचार गर्नुपर्ने माग राखेका
मोरङ / विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुट परीक्षण (ट्रायल) गरिएको छ। महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहीबार रुट परीक्षण गरेका हुन् । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको हो । नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने मेयर कोइरालाले जानकारी दिए । बसमा एसीसहितका विभिन्न सुविधा हुने महानगरले जनाएको छ । पूर्ण रुपमा तयार भएपछि नगर बस सञ्चालनमा ल्याइनेछ । परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरुमा आइपर्ने समस्यालगायतका विषयमा समेत अध
धरान / भेडेटारमा सिसाको ’स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए । स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २ सय जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले झन् ’थ्रील’ अनुभव हुने पोख्रेल बताउँछन् । भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू
धरान / धरानका महिलाहरुले नौमति बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् । आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् । यो समूहमा अहिले ११ जना महिला आवद्ध रहेका छन् । यो संख्या बढाउदै १५ जना पु¥याउने उद्देश्य उनीहरुको छ । खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ । नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड
धरान / किसानले पाइरहेको मूल्यमा फागुन २० गतेबाट ९ रुपैयाँ १० पैसा बढाउने मन्त्रिपरिषद्को निर्णय गरेपछि दूध संकलक डिपोहरुले १४ रुपैयाँदेखि १९ रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेका छन् । व्यावसायीहरुले दूध संकलन डिपोहरुबाट गाईको दूध प्रतिलिटर ७२ रुपैयाँ र भैसीको दूध ७७ रुपैयाँले खरिद गर्दै आइहेकामा सरकारले दूधको मूल्य वृद्धि गरेपछि गाई र भैंसीको दूध मिसाएर ९१ रुपैयाँ प्रतिलिटरको रेट पठाएका छन् । हाल बजारमा बिक्री गर्दै आएको मूल्यभन्दा खरिद मूल्य बढेर आएपछि बजारमा दूध कसरी बिक्री गर्ने भन्नेमा व्यावसायीले निर्णय गर्न सकेका छैनन् । डेरी संचालकहरुले हाल ८० देखि ९० रुपैयाँ प
धरान / स्ववियु निर्वाचनको तयारी भइरहेको पिण्डेश्वर क्याम्पसमा लफडा भएकोछ। निर्वाचन प्रकृया अन्तरगत उम्मेदवारको मनोनयनका लागि मनोनयनपत्र वितरण भइसकेको अवस्थामा नेविसंघले भने उम्मेदवारको आवेदन फारम लिएको थिएन। केही समुहसहित निर्वाचन कार्यालयमा जबर्जस्ती प्रवेश गरेका नेविसंघका विद्यार्थीहरुले कार्यालयमा रहेका निर्वाचन अधिकृत र सदस्यहरुमाथि अभद्र व्यवहार गरेका थिए। निर्वाचन कार्यालयबाट दस्ताबेजहरु लिएर कार्यालय तोडफोड गर्दै उनिहरुले ती दस्तावेजहरु जलाएका छन्। तोडफोड र आगजनि रोक्ने क्रममा क्याम्पसका कर्मचारी भुवन विष्टमाथि आक्रमण गर्दै नेविसंघ इकाईका सभापति प्रवेश पौडेलले टोक्न सम्म भ्याएका
मोरङ / रोनक फेसन एजेन्सीद्वारा आयोजित मिस्टर एण्ड मिस पुर्वान्चल प्रतियोगितामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजका कक्षा–१२ का छात्र रमननाथ गिरी मिस्टर पुर्वान्चलको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा १० जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज हात पार्न सफल भएका हुन् । प्रतियोगितामा सुशील राना दोश्रो र दिप राजवंशी तृतीय भएका छन् । आयोजक संस्थाका अध्यक्ष रोनक अग्रवाल अनुसार प्रतियोगितामा पहिलो पटक भारतका प्रशिक्षकहरु आएर प्रतियोगीहरुलाई प्रशिक्षण दिएका थिए । विजेता बन्दै गिरीले नगद ३१ हजारसहित एक बर्ष क्लासीकटेकको निःशुल्क इन्टरनेट सेवा, ए बी ड्राइभिंग स्क
धरान / नेपाल पुलिस क्लब सातौ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित बास्केटबल कोर्टमा विहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक हराइजन क्लबलाई ७९ का बिरुद्ध ८७ स्कोरले पराजित गर्दै पुलिस उपाधी नजिक पुगेको हो । घरेलु टिमबिरुद्ध जित निकाल्न ब्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद २ हजार पाए । पुलिसले अब उपाधीका लागि शुक्रबार हुने टाइम्स कलेज काठमाण्डौ र बिभागीय टिम त्रिभुवन आर्मी क्लब बिचको अन्तिम सेमीफाइनल बिजेतास“ग शनिबार पतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजा
धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका ७२ जना किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरिएको छ । साँगुरीगढी गाउँपालिको ८० प्रतिशत तथा सहकारी संस्थाको २० प्रतिशत लागत साझेदारीमा ७२ जना सदस्य किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरिएको हो । गाउँपालिकाको वडा नं ४ मा रहेको जाल्पादेवी वहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरेको जनाइएको छ । कृषकहरुलाई गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्जादी राईले किसानहरुलाई सो सामाग्रीहरु वितरण गरेका थिए । किसानलाई कृषि सामाग्री अन्र्तगत टनेल घर निर्माणका लागि प्लाष्टिक, प्लाष्टिक मर्चिङ, इलेक्ट
धरान / धरानका महिलाहरुले नौमति बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् । आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् । यो समूहमा अहिले ११ जना महिला आवद्ध रहेका छन् । यो संख्या बढाउदै १५ जना पुर्याउने उद्देश्य उनीहरुको छ । खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ । नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड