Top 4

    Showing 4,891-4,900 of 9,386 items.
  • वित्तीय संस्था विरुद्ध प्रसाई आन्दोलित

    धरान /  वित्तिीय संस्थाहरुले ठगी गरेको भन्दै विरोधमा उत्रिएका दुर्गा प्रसाईले वित्तीय संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।धरानमा आयोजित कार्यक्रममा उनले सबैलाई यसका विरुद्ध चैत्र २४ गते बन्द गर्न आग्रह गरे । वित्तीय संस्थाहरुमा सबै फटाहा रहेको बताउँदै व्यवसायी तथा सर्वसाधारण सबैलाई चर्को व्याजदरले ढाँड सेक्ने काम गरेको बताए । कोणसभामा बोल्दै प्रसाइले भने–‘वित्तीय संंस्थाको विरोधका हामीले चैत्र २४ गते नेपाल बन्द गरेका छौं, धरान बन्द भएको मैले सुन्न पाउँ ।’ उनले यसका विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने बताउँदै २४ गतेपछिको अर्को चरणको आन्दोलन चर्काउने चेत

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 824 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विष्णुु मेमोरियलले विद्यार्थी र अभिभाबकलाई सम्मान गर्यो

    धरान /  धरान– ९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले एमविविएस इन्ट्रास पास गर्ने आफ्ना विद्यार्थी र अभिभाबकलाई सम्मान गरेको छ । नेपाल सरकार, चिकित्सा सेवा आयोगद्वारा प्रकाशित एमविविएसको प्रवेश परीक्षा नतिजामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा तिनका अभिभावकहरूलाई विद्यालयले विहिबार सम्मान गरेको हो । विष्णु मेमोरियलबाट एमविविएसकोे प्रवेश परीक्षामा अधीश खतिवडाले ११ औं स्थान र विक्रान्त गुरागाईँले २०२ औं पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू तथा

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट गोल्डकप विराटनगर सिटी सेमिफाइनलमा

    विराटनगर /  घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको हो । जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयकोे १ सय १७ औं मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरे । दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे । खेलको १ सय ३ मिेनटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आ

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनताको मन जित्न घरघरमा एमाले

    सुनसरी/सुनसरीको कोशी गाँउपालिकामा आउँदो चारवर्षमा नेकपा (एमाले) ले स्थानीय सरकार बनाउने उदेश्यकासाथ पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेको छ । बिहिबार लौकहीमा आयोजित वृहद् भेला आयोजना गर्दै पालिकामा रहेका आठवटै वडाहरुमा जनताको घरदैलो र जनसरोकारका विषयहरुमा पार्टी नेता तथा कार्यकर्ताहरु परिचालन हुनेगरी योजना निर्माण गरेको छ । जेष्ठ नागरिक भत्ताको सहजता र उपलब्धतामा सहजीकरण, विद्यालयमा बालबालिकालाई दिइदै आएको भत्ताको प्रयोगका विषयमा अनुगमन, एकल महिलाहरुलाई दिइने भत्ता पाएनपाएको निगरानी र सहजीकरण, अपाङ्ग, दलित महिला भत्ता, बालबालिका र ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई दिइएने निशुल्क स्वास्थ्य उ

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 1,494 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारको कार्यप्रति दलितहरुको धन्यवाद

    धरान / जेठ २१ लाई छुवाछुत मुक्त्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै दलितहरुले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यवाद दिएका छन् । ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कोसी प्रदेश स्तरीय दलित जनप्रतिनिधिहरुको भेलामा सहभागी दलितहरुले जेठ २१ गतेलाई छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यवाद दिएका हुन् । दलित अधिकारकर्मी उमेश विश्वकर्माले अन्तिरम संसदले पहिलो पल्ट देशलाई छुवाछुत मुक्त्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ लाई छुवाछुत मुक्त्त दिवसका रुपमा मनाउन

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कहिले पूरा होला जनजाति पार्क ?

    धरान /  सांस्कृतिक पर्यटन प्रवर्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्क पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न नहुँदा अलपत्र परेको छ ।निर्माण सुरु भएको दश वर्ष बितिसक्दा समेत काम पूरा नहुँदा निर्माणाधीन उक्त पार्क अलपत्र परेको छ । सागुँरीगढी गाउँपालिका वडा नं. ६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माणाधीन यस पार्कमा अहिलेसम्म प्रदेश सरकारको १ करोड ४४ लाख खर्च भइसकेको छ । २०४८ सालमा साविकको गाविस तथा स्थानीय नगर स्तरीय जनजाति महासंघको समन्वयमा निर्माण कार्य सुरु भएको थियो । तर आर्थिक बर्ष ०७५÷०७६ बाट भने स्थानीय पालिका तथा प्रदेश सरकारले लगानी सुरु गरेका थिए । स्

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेविसंघबाट निर्वाचित पदाधिकारीलाई बधाई

    धरान / नेपाली कांग्रेस धरान नगर समितिले धरानका चारवटै आंगिक क्याम्पसबाट स्ववियुृको निर्वाचनमा निर्वाचित भएका विद्यार्थी नेताहरुलाई बधाई एवम् सम्मान कार्यक्रमको आयोजना गरेको छ । बुधबार धरान २ निकेतन गल्लीमा रहेको पार्टी कार्यालयमा आयोजित बधाई एवम् शुभकमना कार्यक्रममा नेविसंघबाट निर्वाचित विद्यार्थी नेतालाई खदासाहित प्रशंसापत्रले सम्मान गरिएको थियो । निर्वाचित विद्यार्थीहरुलाई नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व सांसद मिना सुब्बा, धरान नगर सभापति श्याम पोखरेलले स्ववियु निर्वाचनमा विजय बनेका विद्यार्थीहरुलाई खादा एवम् प्रशंसापत्रले सम्मान गरेका थिए । सम्माननित हुनेहरुमा केन्द्रीय प्रविधि क्

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 746 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी गोल्डकप मछिन्द्रलाई हराउँदै सगरमाथा फाइनलमा

    सुनसरी /  साविक विजेता सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा सगरमाथाले उपाधि दाबेदार मछिन्द्र क्लबलाई ३—१ गोल अन्तरले हराएको हो । सगरमाथाको जितमा राजिव लोप्चन, स्टेफेन र मेसुकेले गोल गरे । खेलको सुरुवातबाटै दबाब बनाएको सगरमाथाले चौथो मिनेटमा अग्रता बनायो । मेसुकेको असिस्टमा राजिव लोप्चनले सुरुवात अग्रता दिलाए । १२ औ मिनेटमा स्टेफेनले अग्रता दोब्बर बनाए । ५१ औ मिनेटमा मेसुकेले बायाँ भागबाट गोल अघि बढाउँदै अग्रता ३—० बनाए । ४३ औ मिनेटमा मछिन्द्रका कप्तान अफिज ओलावालेले अग्रता कम पारे । डिबक्सभित्र अविश

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हर्क साम्पाङविरुद्ध स्थानीय सात दलको आरोप

    धरान /  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीच विवाद बढ्दै जाँदा धरानका सात राजनीतिक दलले भने एक प्रेस विज्ञप्ती नै प्रकाशित गरेर मेयरले दम्भ, अहंकार र अपरिपक्वता प्रदेश गरेको ठहर गर्दै सार्वजनिक वक्तव्य प्रकाशित गरेका छन् । मेयरकै स्वेच्छाकारी प्रवृत्तिका कारण विगतदेखि नै वडाध्यक्ष र कार्यपालिका सदस्यबीच असमझदारी बढ्दै गएको ठहर गर्दै सात दलले अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताएका छन् । उनीहरुले सार्वजनिक गरेको वक्तव्यमा धरानमा नगर प्रमुख हर्कराज राई एकातिर र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्य अर्कातिर हुँदा आपसी असमझदारी बढ

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 1,001 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सङ्क्रमणकालीन अवस्थामा पनि लगानीमा व्यवसायी उत्सुक

    धरान / मुलुक आर्थिक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको अवस्थामा व्यवसायीहरु भने लगानीको खोजीमा रहेका छन् ।कोरोना सङ्क्रमणकालीन अवस्थापछि उद्योगी व्यवसायीहरु लगानी प्रवर्धन गर्ने कुरामा निरन्तर छलफलमा जुटेका छन् । सङ्क्रमणकालीन अवस्थामा राज्यबाट कुनै सहयोग प्राप्त नभए पनि लगानी गर्न उत्सुक छन् । अहिलेको विषम परिस्थितिमा चुनौति धेरै भएपनि सम्भावना भने अझै रहेको उनीहरुले छलफलका क्रममा बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघमा आयोजित ‘पर्यटनको सम्भावना, चुनौति एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत’ विषयक कार्यशाला गोष्ठीमा सहभागी उद्योगी एवम् व्यवसायीहरुले सुरक्षा, सरकारको व्यव

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved