Top 4

    Showing 3,431-3,440 of 9,503 items.
  • तेस्रो कोशी कराते च्याम्पियनशिपमा धरानको सुनाखरीले जित्यो ३ स्वर्ण ३ रजत

    धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्यार्थीहरुले तेश्रो कोशी प्रदेस स्तरीय आमन्त्रण खुला कराते च्याम्पियनशिप–२०२४ मा ३ गोल्ड मेडल र ३ सिल्भर मेडल जित्न सफल भएका छन। झापा स्थित शिबसतासि सितोरियो कराते एकेडेमिले गत बैशाख १४ र १५ गते आयोजना गरेको प्रतियोगीतामा सुनाखरीका बिद्यार्थीहरुले उक्त उपलब्धी हासिल गरेका हुन। गोल्ड मेडल पाउने बिद्यार्थीहरुमा वर्षा राई, इस्तुम राई र देमछुन राई रहेका छन। त्यस्तै सिल्भर मेडल पाउने बिद्यार्थीहरुमा नीमा डोल्मा तामाङ,साङ्गे डोल्मा तामाङ र चारु राई रहेका छन।   बिजेता बिद्यार्थीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। अतिरिक्त क्रीय

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पव्लिक माविलाई प्रेमचन्द्रको स्मृतिमा ९ लाख ६२ हजार प्रदान

    धरान/ पव्लिक मावि धरानमा २०१३ सालमा एसएलसी दिएका पूर्व विद्यार्थी प्रेम चन्द्र गिरीको स्मृतिमा सहपाठी विद्यार्थीहरुले संकलित ९ लाख ६२ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेका छन् । स्व.प्रेम चन्द्र गिरी स्मृति कोषका संरक्षक एवं पूर्व बिद्यार्थी श्याम गोविन्द श्रेष्ठ, सुरश कुमार शर्मा र सूर्य शेखर श्रेष्ठले उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक डा. इन्द्र मोहन झालाई हस्तातरण गरेका हुन् । विद्यालयका सहायक प्र.अ. लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की , शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराती, साइन्स तथा इलेक्ट्रिकल बिभागमा इन्चार्ज मोहन श्रेष्ठ र लेखापा

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मदिराजन्य वस्तुको होर्डिङ बोर्डहरू हटाइने

    धरान/ धरानका विभिन्न सार्वजनिक स्थलहरूमा राखिएका मदिराजन्य वस्तुको होर्डिङ बोर्डहरू हटाइने भएको छ । स्वास्थ्य शिक्षा सूचना, सञ्चार केन्द्रद्वारा धरान उपमहानगरपालिका तथा सरोकारवालाहरूको सहभागितामा आइतवार भएको ’मदिरा नियन्त्रण तथा नियमन’ सम्बन्धी कार्यशालामा मदिराका प्रचार प्रसार गरिएको होर्डिङ बोर्ड हटाउने सहमति भएपछि त्यस्ता सामाग्रीहरु हटाइने भएको हो । विद्यालयका २ सय गजभित्र मदिराजन्य पदार्थ बिक्री गर्न बन्द गराउने पनि सहमति भएको छ । अनुमति नलिई मदिरा बिक्री वितरण गर्न नपाइने सहमति भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताएका छन् । गोष्ठीमा सुनसरीका प्रमुख जिल्ला अ

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालमा भयाभह बन्दै आगलागि चार दर्जन बढीको मृत्यु,सय भन्दा वढी घाईते,करौडौको क्षति

    धरान//  खडेरीको मौसम बढेसँगै देशैभरी आगलागिको घट्ना पनि बढेको छ । आगलागीको कारण ठुलोमात्रमा धनजनको क्षति भएको छ । दुई महिनामा देशभर आगलागीका घटनामा परेर ५० जनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन्। आगालागीका कारण ८५ करोड ५० लाखभन्दा बढीको क्षति भएको छ।नेपालमा हरेक वर्ष विपत्जन्य घटनाबाट ठूलो जनधनको क्षति हुने गरेको भए पनि यसको न्यूनीकरणका लागि राज्यले चाल्नुपर्ने कदम समयमा नै नचाल्दा ठूलो जनधनको क्षति व्यहोर्नुपरेको हो। गत चैत र वैशाख २० गतेसम्म आगलागीका कारण १ हजार १ सय १३ घर पूर्ण रूपमा क्षति पुगेको छ भने ५ सय ५७ घर आंशिक क्षति पुगेको गृह मन्त्रालयअन्तर्गत विपत् पूर्वत

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी गोल्डकपः पहिलो खेलबाटै बाहिरियो आयोजक

    धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा नेपाल पुलिस विराटनगरसँग सडनडेथमा पराजित हुँदै आयोजक पानबारी फुटबल क्लब गोल्डकपबाट बाहिरिएको छ ।  निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो ।   सडनडेथमा पानबारीका सुबास मगरको प्रहार पुलिसका गोल किपर बाल्मिकी राईले बचाएपछि पानबारी पराजित भएको हो । विजयी भएको टोली पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा पुलिसकालागी रमेश राजवंशी, अजय परियार, अभिषेख आलेमगर, सुमित प्रधान, दिलबहादुर तामाङ, समिर लिम्बू र सन्दिप भु

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • 901 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीका मजदुरहरु आन्दोलनको तयारीमा

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत सफाइ तथा सुरक्षा मजदुरहरु आन्दोलनमा उत्रने भएकोछ । नेपाल सुरक्षा श्रमिक टे«ड युनियन र नेपाल सफाई कर्मचारी युनियनको संयुक्त बैठकले प्रतिष्ठान विरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको हो । सफाई, सुरक्षा र इलेक्ट्रिक श्रमिकहरुले प्रतिष्ठानबाट पाउँदै आएको स्वास्थ्य बिमा सेवा गत वर्ष साउनदेखि कटौती गरेको, श्रमिकहरुले पाउनु पर्ने तलब नियमित नपाएको र कपिय पुराना कम्पनीहरुबाट पाउनु पर्ने रकम नपाएको, राज्यले निर्धारण गरेर गत साउनदेखिनै श्रमिकहरुले पाउनुपर्ने न्युनतम ज्याला अहिलेसम्म नपाएको, श्रम ऐन २०७४ ले व्यवस्था गरेका सेवा सुवि

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • 796 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी गोल्डकप : आज नेपाल पुलिस क्बल र आयोजक पानबारी फुटबल क्लबबीच प्रतिष्पर्धा

     धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा जारी पानबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आइतबार भएको खेलमा सिसिडिआइसीले २–१ गोल अन्तरले योङ बोइज एफसी तरहरालाई पराजित गर्दै सेमिफाइनलनमा प्रवेश गर्न सफल भएको हो ।  धनकुटाका लागि दोर्जे तामाङ र बुद्ध चेम्जोङले एक–एक गोल गरे भने तरहराकालागी सन्दिप लिम्बूले गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा तरहराका डिफेन्सले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा धनकुटाका दोर्जे तामाङले गोल गरे । लगत्तै तरहराका सन्दिप लिम्बूले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • 722 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा खानेपानीको चरम अभाव

    धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव भएपछि आइतबार जनप्रतिनिधी सहित धरानका मेयर हर्कराज राईको कार्यकक्ष घेराउ गरेका छन् । दैनिक जीवन यापनका लागि चाहिने अति आवस्यकीय खानेपानीबाट धरानेहरु बञ्चित हुनु परेको भन्दै धरानका सर्वसाधारण सहित जनप्रतिनिधीले धरान उपमहानगरपालिकामा पुगेर मेयर राईको कार्यकक्ष घेराउ गरेका हुन् । धरानका अधिंकाश वडामा खानेपानी आपूर्ति नभएपछि धरानको वडा नम्बर १, २, ३ , १२ लगायतका सर्वसाधारण खानेपानी आपूर्ति गरिदिन माग गर्दै मेयरको कार्यकक्षमा घेराउ गर्न बाध्य भएको वडा नम्बर १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले वताए । तीन वटा वडाका जनप्रतिनिधिहरु सहित पुगेका व

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई.आईडलका सहभागीहरुलाई अभिमुखिकरण

    धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का प्रतिष्पर्धीहरुलाई आगामी चरणहरुका बारेमा आईतवार अभिमुखिकरण गरिएको छ।    धरान-१६ स्थित यु.एन.सेमिनार हलमा गायनबाट ३५ र नृत्यबाट २१ गरि छानिएका ५६ जनालाई अभिमुखिकरण गरिएको कार्यक्रम निर्देसक राम बहादुर लिम्बुले जानकारी दिनु भयो।    प्रतियोगिताका निर्णायक सङ्गीत प्रशिक्षक/गायक बिनायक राईले आगामी बैशाख -२९ गते हुने क्वाटर फाईनलका लागि लाईभमा गाउदा के के गर्नुपर्छ भन्ने बारे प्रतिष्पर्धीहरुलाई जानकारी गराउनु भयो।यसगरी नृत्यका प्रतिष्पर्धीहरुलाई कल्

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • 1,089 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान वडा नम्बर १० बालमैत्री वडा घोषणा,मेयर कार्यक्रममा गएनन्

    धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गरिएको छ । शनिबार वडाले औपचारिक कार्यक्रम गरेर बालमैत्री वडा घोषणा गरेको वडाध्यक्ष विवेक राईले वताए । उनले धरान १० बालमैत्री वडा घोषणा हुने १६ औँ वडा भएको बताउँदै बालमैत्री वडा घोषणा गर्न ५१ वटा सूचक पुरा गरेको उल्लेख गरेका छन् । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले बालमैत्री घोषणा सभाका बिच धरान १० लाई बालमैत्री वडा घोषणा गरेकी हुन । प्रदेश सभा सदस्य कायस्थले बालमैत्री वडा घोषणा गर्दै भनिन्,‘बालबालिकाको हित र अधिकार संरक्षण बालहितको पक्षमा परिवारदेखि टोल र समुदाय सबैले मिलेर ठोस धारणा बनाउन जरुरी छ ।&rsqu

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • 732 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved