धरानकी बरिष्ठ कवि कुन्ता शर्मा सम्मानित

  • साउन १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वरिष्ठ कवि कुन्ता शर्मा सम्मानित हुनुभएको छ । इटहरी लेडी जेसीजको जेसीज सप्ताहको समापनको अवसर पारेर वरिष्ठ कवि शर्मालाई नगद सहित सम्मान गरेको छ ।

कार्यक्रममा शर्मालाई कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकणर् राई र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले सम्मान गरेका हुन ।

नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको र महिलाहरूकी उत्प्रेरणाकी स्रोत रहेको भन्दै शर्मालाई नगद १० हजार सहित सम्मान गरिएको अध्यक्ष काफ्लेले जानकारी दिइन । कार्यक्रममा कविहरू मनु मञ्जिल, देवान किराती, टीका आत्रेय, हेमन यात्री, प्रज्वल पराजुली, शुभ लक्ष्मी लम्साल, रमेश सायन, युवराज काफ्ले, शकुन्तला मञ्जरी, विवेक रेग्मी, किरण शिवा, अञ्जना पोखरेलले कविता वाचन गरेका थिए ।

कार्यक्रममा जेसीजकी अध्यक्ष इन्दिरा काफ्लेले सप्ताह कार्यक्रमभरी विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको बताइन् । सप्ताहको पहिलो दिन असार २२ गते नेपाल जेसीजका संस्थापक अध्यक्ष भेषबहादुर थापालाई सम्मान गरिएको थियो ।

साथै, अर्थ तथा परराष्ट्र नीति र यसको प्रभावबारे विमर्श कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा डा. मीनेन्द्र रिजाल र डा. विमला पौडेल वक्ता थिए । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved