Top 4

    Showing ३,१९१-३,२०० of ९,८१० items.
  • तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगितामा १७ विद्यालयले प्रतिश्पर्धा गर्ने,

    धरान/ डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यहि भाद्र २७ गते देखि सुरु हुन लागेको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा धरान र धरान वाहिरका गरि १७ विद्यालयले प्रतिश्पर्धा गर्ने भएको छ । प्रतियोगितामा आयोजक डिपो स्कुल संगै धरान मेघा हिमालयन स्कुल, काम्रेल स्कुल, सुनाखरि स्कुल, युनाइटेड गोर्खा एकेडेमि, सियोन स्कुल, होलिल्याण्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्लि पव्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पुर्वाञ्चल इङ्गीस स्कुल तरहराले सहभागित जनाएको छ । सहभागि विद्य

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ६५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘हातैमा चुरा छन छन ’ सार्वजनिक(भिडियो सहित)

    धरान/ गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराचको अभिनय छ । भिडियो:

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ६०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • “दलितलाई खै”आन्दोलनलाई ऐक्यबद्धता

    धरान/ काठमाण्डौको माइतीघर स्थित मण्डलामा दलित अधिकारकर्मी खगेन्द्र सुनारले संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै ‘दलितलाई खै’ भनेर गरेको दबावमुलक आन्दोलनलाई सुनसरीको धरानमा प्रधान कार्यालय रहेको विश्वकर्मा कल्याण सेवा समिती धरानले ऐक्यबद्धता जनाएको छ । समितीले एक विज्ञप्ती जारी गरेर सुनार लगायत अधिकारकर्मीहरुले गरेको आन्दोलनलाई समर्थन गर्दै आन्दोलन प्रति एक्यवद्धता जनाएको हो । अध्यक्ष खड्ग कोइराला र महा सचिब घमानसिंह बराईलीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“सुनार लगायतले गरेको दलितलाई खै भन्ने ब्यानर सहित दलितको पक्षमा आन्दोलन ग

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिमालय रोडमा व्यापारिक महोत्सव रोक लगाउन माग

    विराटनगर/  विराटनगर स्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन उनीहरूले महानगरसित माग गरेका हुन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ । ५० जनाभन्दा बढी स्थानीय व्यापारीको हस्ताक्षरसहित मेयर कोइरालालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा बनेको अपूर्ण संरचनाले व्यापार व्यवसायमा पारेको असर यहाँहरूलाई बारम्बार अवगत गरा

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ४८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा खसी–बोकाको ब्यापारःसाताको दुई दिन

    सुनसरी/ कृषी उपज धरानमा साताको दुई दिन खसी बोकाको व्यापार हुन थालेको छ । चाड पर्वलाई लक्षित गरेर धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा साताको दुई दिन व्यापार सुरु भएको हो । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आए

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ५७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय सरकारको सह्रानीय काम

    धरान/ स्थानीय सरकारले सह्रानीय काम गर्न थालेको छ । जनताले स्थानीय सरकार भएको अनुभुति  महसुस गर्न थालेका छन् । अपांग,अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई वडाले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण र वितरणको काम शुरुवात गरेको छ ।मुलुकमा संघीयता कायम भएसँगै स्थानीय सरकारलाई धेरै अधिकारहरु दिइएको छ । अर्थात संघीयतामा तीन तह रहेका छन् । तीन तहमध्ये पनि स्थानीय तहलाई संविधानमै धेरै अधिकारहरु दिइएको छ । स्थानीय तहले कानुन बनाउनेदेखि लिएर हरेक काम गर्न पाउँछन् । यही अधिकार प्राप्त भएरै हुनसक्छ धरान उपमहनगरपालिका ६ नंं वडा समितिले अपांग, असहाय तथा ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • ६०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अखिल क्रान्तिकारी सुनसरीमा यम कुमार

    धरान । अनेरास्ववियू (क्रान्तिकारी) सुनसरी जिल्लाको १४ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले याम कुमार पाण्डेको अध्यक्षतामा २६ सदस्यीय कमिटि चयन गरेको छ ।सम्मेलनले सर्वसम्मत र निर्वाचन प्रणालीबाट चयन गरिएको अखिल क्रान्तिकारीका पूर्व नेता सिपि वजगाईले वताएका छन् ।बन्दसत्रमा लामो र निक्कै गहन छलफल पछि सक्षम नेतृत्व चयन गरिएको वताएका पूर्व विद्यार्थी नेता बजगाईले वताए । उनका अनुसार सम्मेलनले उपाध्यक्षहरुमा कृष्ण कार्की, मंतोस मण्डल, यमुना महत, सचिवमा भुपेन्द्र देवान लिम्बु, सह–सचिवमा शैली उप्रेती, कोसाध्यक्षमा मो.एहेसन अन्सारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा कुशल कार्की, धनकेशर भु

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ४८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँढे गोरु : दुलर्भ हुँदै गएको साँढे गोरु

    धरान/ सुनसरीको इनरुवा वरगाछीमा हिँडडुल गर्दै । धरान आसपासमा विगतमा यसरी नै सडक र गल्लीमा साँढे गोरु भेटिनृे गरेको थियो । तर आजभोली पाईदैन । गोरु दुर्लभ बन्दै गएको छ । गोरुलाई हिन्दु परम्परा अनुसार पुजा आर्चना समेत गरिन्छ भने खेतबारी जोत्न समेत प्रयोग हुने गरेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ८०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको प्रदेश स्तरीय प्रशिक्षण

    इटहरी/ नेकपा एमालेले बिराटनगरमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन १ दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश स्थित केन्द्रीय सदस्य एब जिल्ला इन्चार्जहरु ,प्रदेश पदाधिकारी तथा सचिबालय सदस्यहरु र १४ जिल्लाका जिल्ला अध्यक्षहरु को सहभागिता रहेको थियो । अनुशासन आयोगका सचिब प्रा डा भरतराज पहाडीले अनुशाशन र आचारसहिता सम्बन्धि र अनुशासन आयोगका अध्यक्ष केशब बडाल ले समग्र पार्टी नीति कार्यक्रम र सञ्चालन , अनुशासन र पारदर्शीता लगायत बिषयमा प्रशिक्षण दिए

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ५०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबी मिसेज तीजको उपाधी अस्मितालाई,जितिन २५ हजार १ सय नगद पुरस्कार

    दुहबी/ सुनसरीको दुहबीमा आयोजित गरेको दुहबी जेसिज चौथो संस्करणको मिसेज तिज २०८१ को उपाधी दुहबी ८ की अस्मिता मण्डलले चुमेकी छिन् । हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर दुहबी जेसिजले बिगतमा झै यसपालि समेत ”’मिसेज तीज २०८१” आयोजना गरेको थियो । हरितालिका तिज बिषेश कार्यक्रमको फाइनल प्रतियोगिता आफ्टर डार्क पार्टी प्यालेसमा भएको थियो। २५ जना सहभागीहरुलाइ पछि पार्दै मण्डलले सो उपाधी चुम्न सफल भएकि थिइन । उपाधी सगै मण्डलले ताज, गिफ्ट हेपर र नगद २५ हजार १ सय प्राप्त गरेकी छिन् । प्रतियोगिताको फस्ट रनर अप बबिता चौधरी घोषित भएकी छिन्। उनले ताज, गिफ्ट हेम्पर र नगद

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ८५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved