तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगितामा १७ विद्यालयले प्रतिश्पर्धा गर्ने, "उद्धघाटन खेल धरान मेघा हिमालयन र लोटस स्कुल विच हुने"

  • भदौ २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यहि भाद्र २७ गते देखि सुरु हुन लागेको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा धरान र धरान वाहिरका गरि १७ विद्यालयले प्रतिश्पर्धा गर्ने भएको छ ।

प्रतियोगितामा आयोजक डिपो स्कुल संगै धरान मेघा हिमालयन स्कुल, काम्रेल स्कुल, सुनाखरि स्कुल, युनाइटेड गोर्खा एकेडेमि, सियोन स्कुल, होलिल्याण्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्लि पव्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पुर्वाञ्चल इङ्गीस स्कुल तरहराले सहभागित जनाएको छ ।

सहभागि विद्यालयको प्रतिनिधिहरुको उपस्थितिमा सोमवार आयोजक डिपो स्कुलको वैठक हलमा खेल तालिका तयार गरिएको छ ।

20240909_134451

प्रतियोगिताको उद्धघाटन खेल धरान मेघा हिमालयन स्कुल र लोटस स्कुल विच हुनेछ । भाद्र २७ गते देखि सुरु हुने प्रतियोगिताको फाइनल खेल ३१ गते हुनेछ ।

कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)ले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 डिपो स्कुललाई यहा सम्म ल्याइपुर्याउन लामो समय सम्म महत्वपुर्ण योगदान दिनु भएका दिवंगत पुर्व व्रिटिस गोर्खा मेजर श्रवणकुमार लिम्वुको सम्मानमा विगत दुई वर्ष देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो ।

20240909_134200

प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको छ ।

मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष  र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा सम्हालेका थिए।

 वहाकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन सुरु भएका थियो । उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएका थिए ।

20240909_134331

खेल तालिका तयरि कार्यक्रममा प्रतियोगिता सहसंयोजक दिपवहादुर राई, डिपो स्कुल प्रमूख राजकुमार राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, राष्ट्रिय रेफ्रि युगल लिम्वु, आयोजक कमिटि सदस्य उमेश ताम्रकार, संजय लिम्वु लगायतको उपस्थिति रहेको थियो ।

20240909_134238

सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा प्रतियोगिताको सम्पुर्ण खेल डिपो आर्दश वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।

तस्बिरहरू : बिकास चाम्लिङ राई    

 

 

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved