दुहबी मिसेज तीजको उपाधी अस्मितालाई,जितिन २५ हजार १ सय नगद पुरस्कार

  • भदौ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ सुनसरीको दुहबीमा आयोजित गरेको दुहबी जेसिज चौथो संस्करणको मिसेज तिज २०८१ को उपाधी दुहबी ८ की अस्मिता मण्डलले चुमेकी छिन् ।

हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर दुहबी जेसिजले बिगतमा झै यसपालि समेत ”’मिसेज तीज २०८१” आयोजना गरेको थियो । हरितालिका तिज बिषेश कार्यक्रमको फाइनल प्रतियोगिता आफ्टर डार्क पार्टी प्यालेसमा भएको थियो।

२५ जना सहभागीहरुलाइ पछि पार्दै मण्डलले सो उपाधी चुम्न सफल भएकि थिइन । उपाधी सगै मण्डलले ताज, गिफ्ट हेपर र नगद २५ हजार १ सय प्राप्त गरेकी छिन् । प्रतियोगिताको फस्ट रनर अप बबिता चौधरी घोषित भएकी छिन्।

उनले ताज, गिफ्ट हेम्पर र नगद २०,१०० प्राप्त गरिन्। यसैगरी दोश्रो रनर अप शान्ति रेग्मी घोषित भएकि थिइन्।उनले गिफ्ट हेम्पर, ताज र नगद १५,१०० प्राप्त गरिन्।

बिजयी तिनै जनालाइ प्रमुख अतिथि दुहबी नगरप्रमुख वेदनारायण गच्छादारले उक्त पुरस्कार राशीहरु प्रदान गरेका थिए।

बिभिन्न बिधामा उत्कृष्ट १५ जनालाइ जनही ५ हजार १ सय प्रदान गरिएको थियो।

दुहबी नगर पालिका प्रमुख प्रशासकीय अधिकृत हिमालय बराल, दुहबी नगरपालिका प्रमुख कि फस्ट लेडी संगिता गच्छादार, बुढीगंगा गाउपालिका कि उपाध्यक्ष अमृता कुमारी गच्छदार , र जेसिजका पुर्व अध्यक्ष सुभास अग्रवालले उक्त राशी प्रदान गरेका थिए ।

भदौ १३ गते देखि सुरु भएको प्रतियोगितामा कुशल नेतृत्व , सवल ब्यक्तित्व उत्पादन गर्ने उदेश्यले तालीमको आयोजना गर्दै दुहबी नगरपालिकाको १२ वटा वडा, बुढीगंगा गाउँपालिका र गढी गाउँपालिकाका २५ जना महिला हरुको सहभागिता रहेको प्रतियोगितामा दुहबी नगरपालिकाको संयोजन रहेको बर्ष २०२४ का अध्यक्ष प्रकाश साहले बताए ।

सो कार्यक्रम मिडिया पार्टीमा रहेका कोशीपत्र दैनिक सप्तकोसीका पत्रकार चन्दन रौनियार ,कोचिला खबरका पत्रकार अकबर अली स्वतन्त्रता खबरका पत्रकार अर्जुन खड्का ,प्रदेश दर्पणका पत्रकार प्रेम गरि लगायत सहयोगी हात संघसंस्थाहरु लाई समेत मायाको चिनो प्रमाणपत्र दिएका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved