“दलितलाई खै”आन्दोलनलाई ऐक्यबद्धता

  • भदौ २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ काठमाण्डौको माइतीघर स्थित मण्डलामा दलित अधिकारकर्मी खगेन्द्र सुनारले संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै ‘दलितलाई खै’ भनेर गरेको दबावमुलक आन्दोलनलाई सुनसरीको धरानमा प्रधान कार्यालय रहेको विश्वकर्मा कल्याण सेवा समिती धरानले ऐक्यबद्धता जनाएको छ ।

समितीले एक विज्ञप्ती जारी गरेर सुनार लगायत अधिकारकर्मीहरुले गरेको आन्दोलनलाई समर्थन गर्दै आन्दोलन प्रति एक्यवद्धता जनाएको हो ।

अध्यक्ष खड्ग कोइराला र महा सचिब घमानसिंह बराईलीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“सुनार लगायतले गरेको दलितलाई खै भन्ने ब्यानर सहित दलितको पक्षमा आन्दोलन गरिरहेकोमा विश्वकर्मा समाज पनि दलित भित्र पर्ने एउटा जाती भएको हुँदा हाम्रो संस्थाले पनि उहाँको पक्षमा एक्ववद्धता प्रकट गर्ने निर्ण गरेको हुँदा यो विज्ञप्ती मार्फत एक्यवद्धता प्रकट गर्दछौ।”

साथै विज्ञप्तीमा दलित हक हित र अधिकारको लागि जस्तो सुकै कदममा यो संस्थाको साथ र सहयोग रहने भएकाले सम्पुर्ण दलित बर्गहरुले उहाँको आन्दोलनलाई साथ र सहयोग रहने भएकाले सम्पुर्ण दलित बर्गहरुले उहाँको आन्दोलनलाई साथ सहयोग गरौं भन्दै दबाबमुलक न्यायिक आन्दोलनले सफलता प्राप्त गर्न र गराउन पनि शुभकामना ब्यक्त जनाइएको छ ।

सरकारले दलितहको मागलाई पुरा गराउन पनि माग गरिएको छ ।

सुनार सहित काठमाण्डौको माइतीघरमा ‘दलितलाई मन्त्री खै?’, ‘दलितलाई बजेट खै?’, ‘दलितलाई राजदूत खै?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका उनीहरूको संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने माग गर्दै आन्दोलनमा छन् ।

दलित अधिकार आन्दोलनका अभियान्ता खगेन्द्र सुनारले सरकारलाई दबाबका लागि काठमाण्डौको माइतीघर मण्डलामा शुरु गरेका हुन् ।

उनले ५ केजीको फलामको सिक्रि बाँधिएको नेल सहित अधिकार स्थापितको आन्दोलन “दलितलाई खै?” भनेर आन्दोलित छन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved