Top 4

    Showing 2,951-2,960 of 9,500 items.
  • धरानमा छुरा प्रहारबाट छोरीको मृत्यु,आमा गम्भिर घाईते

    धरान / धरानमा छुरा प्रहारबाट एक किशोरीको मृत्यु भएको छ भने उनीकी आमा गम्भिर घाईते भएकी छन् । धरान ३ का जनप्रतिनिधि मिङ्मा भोटेका अनुसार परीवारका नातेदारले छुरा प्रहार गरेपछि  आमा सृजना शाई(राई) र छोरी युजिना शाही गम्भिर घाईते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर उपचारको क्रममा छोरी युनिसाकाे मृत्यु भएको र आमा सृजनाको उपचार भईरहेको धरान ३ का जनप्रतिनिधि मिङमा भोटेले जानकारी दिए । छुरा प्रहार गर्ने नातामा ज्वाई पर्ने ब्यक्तिलाई धरान प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 2,411 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • समय सन्दर्भ , कृष्णजन्माष्टमी : धर्ममा युवा पुस्ता आकर्षित

    धरान/ पछिल्लो समय युवा पुस्ता समेत धार्मिक आस्थाप्रति आकर्षित बन्न थालेको पाइएको छ । कृष्ण अष्टमीका दिन बृद्धबृद्धामात्र हैन युवा पुस्ताको कृष्णप्रतिको भक्तिलाई समर्पित भएर भजन किर्तनसहित पूजाआजामा संलग्न भएको पाइएसँगै धार्मिक आस्थामा युवा पुस्ता आकर्षित भएको पाइएको हो । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी,श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । यस पर्वको दिन धरान ३ मा रहेको कृष्ण मन्दिर तथा धरान १६ मा रहेको इस्कोन (कृष्ण)

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हामी धराने,काठमाण्डौको तीज कार्यक्रम

    काठमाण्डौ। हामी धराने, काठमाण्डौआयोजनामा  काठमाडौमा शनिबार  हरितालिका तीज २०८१ शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ। सुनसरीको धरान घर भई अहिले काठमाडौ उपत्यकामा बस्दै आएकाहरुको लागि हामी धराने काठमाडौँले अघिल्लो बर्ष झैँ यो बर्ष पनि भदौ ८ गते शनिबार  विशेष कार्यक्रम गरी तीज पर्व मनाएका छन् । काठमाडौंको भिमसेनगोलामा रहेको आनन्द इभेन्ट्स एण्ड मिटिङमा आयोजित शुभकामना आदानप्रदान तथा तीज कार्यक्रममा उल्लेखनीय रुपमा मानिसको उपस्थिति रहेको आयोजक ईशा अधिकारीले बताइन् । ‘धरान घर भएर काठमाडौं र आसपासमा बस्दै आएका मानिससँग भेटघाट गर्ने र आपसी अन्तरक्रिया गर्ने

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१७बाट चोरी भएको मोटरसाईकलसहित ६ जना पक्राउ

     धरान/ इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको दुई वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको छ । भाद्र ३ गते धरान उप–महानगरपालिका–१७ रेल्वे चोकबाट मोटरसाईकलको चोरी भएको जानकारी पाएपछी खोजतलाशमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४४ प ५९४२ नं.को केटीएम डुके र बा १४ च ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका–१ का २० बर्षीय मो.सर्फराज इराकी, राजविराज नगरपालिका–२ का २४ बर्षीय लालु भन्‍ने मो.रहमान रहेको सुनसरीका

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 888 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संघीय लिम्वुवान महिला मञ्चमा पवित्रा

    धरान/ संघीय लिम्बुवान महिला मंच सुनसरीको अधिवेशन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनले ,पबित्रा लिम्बु हुक्पाचोङ्बाङ्ग(साम्सेमी) नेतृत्वमा नयाँ कमिटी गठन भएको छ । उपाध्यक्षहरुमा राम कुमारी लिम्बु (हाङ्सामा), प्रमिला येङ्देन(साम्यो),निर्मला सोहाङ्ग (सुकुदिन),मन माया लिम्बु (सेमाङ्ग),,सुरेखा लिम्बु (निमा),सचिवहरु सरिता लिम्बु (साम्याङ्ग),राधा लिम्बु (सुम्मुन्धुम),सह सचिव ,सुश्मा लिम्बू (सान्चा) र कोषाध्यक्षमा पबित्रा कन्दवा (फुन्मा)लाई चयन गरिएको छ । सदस्यहरु २४ जना रहेका छन् ।उक्तं अधिबे

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा समितिमा तीज : स्थानीय सरकारको अघि नाँचे छमछमी

    धरान/ हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाँचगान गरेर धुमधामसँग तीज मनाउँछन् । पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । साझा पर्व बन्दै गएकै कारण स्थानीय सरकारले समेत महिलालाई लक्षित गरी वडामा रहेका महिलालाई भेला गराई तीज पर्व मनाउन थालेको छ । नेपालका सांस्कृतिक पर्व वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ । अहिले तीज आउन बाँकी छँदै विभिन्न सामाजिक संघ संस्था, म

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 303 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विज्ञानको चमत्कार बिद्यार्थीले बनाए रोबट र यान्त्रिक सामाग्री

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका राजारानीकोे पुण्य उच्च मा.बि.मा अध्ययनरत +२ का बिद्यार्थीहरुले बिभिन्न रोवट तथा यान्त्रिक सामाग्रीहरु बनाएर प्रदर्शन गरेका छन् । कक्षा १२ को बिभिन्न संकायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सात जना बिद्यार्थीहरु र तीन जना प्रशिक्षकहरुको एक महिने प्रयासमा उक्त सामाग्रीहरु निर्माण गरिएको हो । बिद्यार्थीहरुले हातले नछोई सेन्सरबाट बिर्को उघ्रने डस्वीन र ब्लुतुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार,अफ्ट्रयाकल अभोईडिङ्ग कार बनाएका छन् । यस सामाग्रीहरु आगामी दिनमा आम मानिसको जनजीवनमा प्रयोग हुने घरायसी सामाग्री निर्माण गर्नका लागि आधारशिलाका लागि बना

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेश्रो अन्तर स्कुल डिपो बास्केटबल रनिङ कप : भदौ २७ गते देखि हुने

    धरान/  कोरोना कालमा स्वर्गबास भएका मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा विगत २ बर्ष देखि हुदै आएको बास्केटबल प्रतियोगिताको तेश्रो संस्करण यो बर्ष यहीँ भदौ २७ गतेदेखि धरानमा हुने भएको छ । आईतबार धरान १८ स्थित रहेको डिपो मावि धरानले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । “ मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङग कप” भनेर विगत तीन बर्षदेखि निरन्तर हुदै आएको छ । प्रतियोगिता भदौ २७ गतेबाट ३१ गते सम्म हुने डिपो माविका प्रध्यानाध्यापक राजकुमार राईले बतएका छन् । तेश्रो संस्करणको रुपमा आयोजना गरिएको प्रतियोगितालाई कोशी प्रदेश भरिका बिद्यालयलाई स

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घुम्न जाने भन्दै घरबाट लगेर १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    झापा/ झापामा एक जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा ७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई अलगअलग स्थानमा पुर्याएर एकैरात ७ जनाले सामूहिक बलात्कार गरेका हुन् । पीडित परिवारका अनुसार पिडकमध्येका दुई जनाले शुक्रबार अपराह्न ती बालिकालाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटेलमा पुर्‍याएर सामूहिक बलात्कार गरेका थिए । एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार १६ वर्षीया बालिका शुक्रबार राति बलात्कृत भएकी हुन् । सुरुमा हटिया लाग्ने स्थानको

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 793 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अरुण नदीले मजदुर बगायो

    संखुवासभा/  संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन् । शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए । अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किदै गरेका गुरुङ खोला तर्ने क्रममा कागुवा बगाउँदा बेपत्ता भएका हुन् । बेपत्त

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved