विराटनगर/ कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तराष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । नेपाल बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रितीरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ती भएको भन्दै उनले यसको संरक्षण गरी चिर पर्यान्तसम्म कायम गर्न सके भावीपुस्ताले पनि अनुसरण गर्दै जानेमा विश्वस्त रहेको उल्लेख गरेका छन् । आदिवासी समूदायकालागि सहज, सरल र विकसित समाजनिर्माण गर्नु हामी सबैको दायित्व भएको उनले जा
काठमाडौं/ पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको हो। पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार आइपिओ जारी गर्न सबै प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिइएको जानकारी दिइएको छ। कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ। पिपुल्सलाई आइपिओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो। धितोपत्र बोर्डले अनुमति दिएप
विराटनगर/ विराटनगरबाट एक साताअघि भागेका कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । कोशी अस्पतालबाट भागेका कैदी विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामाबाट अहमदलाई पक्राउ गरिएको जानकारी दिए । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए । उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको
इटहरी/ सुनसरीको इटहरी उमहानगरपालिकाले ३४ करोड कम राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा अनुमान गरेभन्दा ३४ करोड कम राजस्व संकलन भएको हो ।इटहरी उपमहानगरका राजस्व शाखा प्रमुख सन्तोष ढकालका अनुसार अनुमान गरेभन्दा आधामात्रै राजस्व संकलन भएको हो । यद्यपि, गत वर्षभन्दा भने बढी राजस्व संकलन भएको उनको दाबी छ ।उपमहानगरले आर्थिक वर्ष २०८०।८१ को नीति कार्यक्रम तथा बजेट पुस्तिकामा आन्तरिक स्रोतमार्फत ६८ करोड १४ लाख रुपैयाँ संकलन हुने अनुमान गरेको थियो । तर, ३४ करोड ८३ लाख मात्रै संकलन भएको ढकालले बताए । यसी हेर्दा लक्ष्यभन्दा ५० प्रतिशत कम राजस्व संकलन भएको देखिन्छ । स्रोतको पहिचान नै नगरी
धरान/ उच्च अदालत बिराटनगरको उत्प्रेषणको परमादेशको अदालती आदेशको सम्मान गर्दे आन्दोलनरत १० राजनैतिकदलहरुले खानेपानी बोर्डमा लगाएको ताला खोलेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उपमहानगरपालिकाकै मेयर बोर्डको अध्यक्ष हुने भएकोले उच्च अदालतको सम्मान गर्दै बोर्डको कार्यालयमा लगाइएको तालाबन्दी खोलेर नगरपालिका केन्द्रित आन्दोलन शुरु गरेका हुन् । दुई हप्ता लामो समयदेखि बृद्धि गरेको खानेपानी महसुल, धारा जडान, नामसारी लगायतमा अचाक्ली बढाइएको शुल्क फिर्ताको माग राख्दै धराने जनताको साथ र सहयोगमा आन्दोलत दश राजनीतिक दलहरुले उच्च अदालतले दिएको ताला खोल्
धरान/ उच्च अदालत बिराटनगरको उत्प्रेषणको परमादेशको अदालती आदेशको सम्मान गर्दे आन्दोलनरत १० राजनैतिकदलहरुले खानेपानी बोर्डमा लगाएको ताला खोलेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उपमहानगरपालिकाकै मेयर बोर्डको अध्यक्ष हुने भएकोले उच्च अदालतको सम्मान गर्दै बोर्डको कार्यालयमा लगाइएको तालाबन्दी खोलेर नगरपालिका केन्द्रित आन्दोलन शुरु गरेका हुन् । दुई हप्ता लामो समयदेखि बृद्धि गरेको खानेपानी महसुल, धारा जडान, नामसारी लगायतमा अचाक्ली बढाइएको शुल्क फिर्ताको माग राख्दै धराने जनताको साथ र सहयोगमा आन्दोलत दश राजनीतिक दलहरुले उच्च अदालतले दिएको ताला खोल्
धरान । भखरै प्रकाशित कक्षा १२ को वार्षिक परिक्षाको नतिजा अनुसार युएन नवोदय कलेज धरानका विद्यार्थी धरान प्रथम भएको दाबी गरिएको छ । व्यवस्थापन संकायबाट कक्षा–१२ को परिक्षा दिएकी मेरीना श्रेष्ठले ३ दशमल ८१ जिपिए नतिजा सहित धरान प्रथम भएको भन्दै कलेजले दावी गरेको हो । हालसम्म कसैले पनि यतिको संख्यामा नतिता सार्वजनिक नगरेकोले आफ्नो विद्यार्थी धरानकै उत्कृष्ट भएको क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले वताए । उनले भने,‘अहिलेसम्म हाम्रो विद्यार्थीको भन्दा कसैको पनि वढी अंकको नतिजा प्रकाशन भएको नदेखिएकोले हाम्रो कलेजको विद्यार्थी श्रेष्ठ नै उत्कृष्ट हो भन्ने हाम्रो दा
धरान/ उच्च अदालत बिराटनगरको उत्प्रेषण परमादेशको अदालती आदेशको सम्मान गर्दे आन्दोलनरत १० राजनैतिक दलहरुले खानेपानी बोर्डमा लगाएको बुधबार ताला ४ दिन पछि खोलेका छन् । बोर्ड अध्यक्षको कार्यकक्ष ,निर्देशक र आर्थिक प्रशासन सहित धरान ११, १५,१६ को बिल काउन्टरको ताला आन्दोलनरत दलहरुले ताला लगाएका थिए । नेकपा एमले धरानका अध्यक्ष हर्कजंग एभेङले खानेपानी महसुल बृद्धिको आन्दोलन शुल्क वृद्धिकको मुल्य फिर्ता नभए सम्म जारी रहने बताए । आन्दोलनले निष्कर्षको रुप नलिए सम्म निरन्तर नै रहने र निर्णायक तह सम्म पुर्याउने उनको भनाई छ । उनले भने,‘ स्वघोषित बोर्डका अबैधानिक अध्यक्षले फेरि जनतालाई मासिक रु
वराहक्षेत्र/ विश्वकै चारधाममध्ये नेपालकोसुनसरी स्थित बराहक्षेत्रमा रहेको तीर्थ स्थल बराहक्षेत्र मन्दिरमा बराह भगवानकाे जन्मोत्सव पुजा आराधना गरि मनाइएको छ। बुधबार श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि प्रेमको प्रतीक समेत मानिने वराह भगवानको जन्मो त्सववराह भगवान् विराजमान नुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशे यदि पूजा अर्चना गरी मनाइएको हो श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिका दिनलाई भगवान वराहको जन्मोत्सवको रुपमा मनाउने परम्परा रहेको छ। वराह जयन्तीको अबशरमा मङलवार सांझ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित मन्दिर परिसरमा महाआरती गरिएको थियो । भने आज जयन्तीको दिन मङल यात्रा
झापा/ बंगलादेशमा आन्दोलन चर्किएर सत्ता नै उलटपुलट भएपछि नेपालको पूर्वी नाकामा सुरक्षा सतर्कता बढाइएको छ । बंगलादेशबाट नेपाल प्रवेश गर्ने सबैभन्दा नजिकको नाका काँकटभिट्टासँगै भद्रपुर, गौरीगञ्जलगायत नाकामा सुरक्षा सतर्कता बढाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । भारतीयको भेषमा बंगलादेशीहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निगरानी बढाइएको हो । बंगलादेशको फूलबारी नाका हुँदै विस्थापितहरु नेपाल प्रवेश गर्ने सम्भावना बढेपछि सुरक्षा सतर्कता उच्च पारिएको गृह मन्त्रालयले जनाएको छ । बोर्डर आउट पोस्टहरूमा सम