अष्ट्रेलियाकै सबैभन्दा ठूलो नेपाल महोत्सव हुने " प्रवासमा नेपाल चिनाउने महत्वपूर्ण थलो"

  • कार्तिक २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सिड्नी/ आगामी मंसिर ८ गते सिड्नीमा अष्ट्रेलियाकै सबैभन्दा ठूलो नेपाल महोत्सव हुने भएको छ। प्रत्येक २ वर्षमा आयोजना हुने महोत्सव यसपालि सिड्नीकै मुटु डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुँदैछ।

नेपाली कला संस्कृति रितिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्‍भाव एकता र भाइचार बढाउनका लागि महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए।
करिब पचास हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी ६ महिना अगाडिबाट तिब्र पारिएको थियो।

नेपाल र नेपाली परम्परा, संस्कृति, भेषभुसा र खानालाई बाहिरी मुलुक र समाजसँग परिचित गराउने मुख्य अभियान अन्ततः फलदायी हुँदै आएको छ। यो फेस्टिवल एउटा देश चिनाउने अवसर पनि हो।

यसले नेपाली समाजलाई एकसूत्रमा बाँध्ने काम गर्नुको साथै बहुसांस्कृतिक समुदायलाई पनि नेपाली समाजसँग चिरपरिचत गराउन मद्दत गर्ने संयोजक कुँवरले बताए।

यसपालिको महोत्सवमा अष्ट्रेलियामा बढ्दो पछिल्लो पुस्ता अर्थात यहाँ जन्मेका नेपाली बाबु नानीहरूलाई नेपाल के हो भनेर चिनाउने र एकदिन भए पनि नेपाली पोशाकमा सजिएर नेपाली झण्डा बोक्दै ुम नेपाली होु भनेर चिन्ने मौका पाउँछन्, उनले भने।

अष्ट्रेलियाको उच्च राजनीतिक तहमा हाम्रो समुदायको उपस्थिति प्रदर्शन गर्ने यो एउटा गतिलो अवसरसमेत रहेको उनले बताए।अजि फेडेरेबलदेखि स्टेट पोलिटिसियनका विभिन्न तहका व्यक्तिलाई हाम्रो समुदायको क्षमता देखाउने फोरमसमेत होु, उनले भने,महोत्सवमा स्थानीय अजीहरू आएर नेपालको अवलोकन गर्ने र अझै नेपालप्रति जान्ने उत्सुकता जनाउनेछन्।

तत्कालीन समयमा एनआरएनलाई कम्युनिटीमा देखाउने र नेपाल फेस्टिभलमार्फत हाम्रो समुदायलाई यहाँको मेन स्ट्रिमसँग देखाउने हेतुले सुरू भएको महोत्सव यतिबेला ठूलो पर्वको रूप विस्तार भएको छ।

वर्षभर भिन्न झुन्ड र समूहमा विभाजित भई आ-आफ्‌नो लय पकड़ने हाम्रो परम्परालाई नेपाल फेस्टीभलले भने एउटै छाता मुनी बाँध्ने काम गरेको छ। प्रवासमा पनि परिस्थितिले बाँधिएका नेपालीलाई मुलुकको माटोको सुगन्धले तान्ने भेलाका रूपमा यो महोत्सवलाई लिनुपर्छ।

यसपालिको महोत्सवस्थल तोमलोङ पार्कमा १४ वटा खाद्य स्टल छन्। त्यसैगरि सँगैको चाइनिज गाडर्नेनमा थप ३५ वटा स्टलमा नेपाली समुदायका गतिविधि, व्यापारिक उत्पादन, शैक्षिक परामर्श, टिपिकल नेपाली खाना ९ढिडो, गुन्द्रुक, मःमः सेलरोटीलगायत अन्य नेपाली खाना, नेपाली हस्तकलासम्बन्धी सामान प्रदर्शन गरिनेछ।

यसपालि बागमती हस्तकलाले विशेष ह्याण्डीक्राफ्ट प्रदर्शनीसमेत हुनेछ।
नेपालमा हुने सबै जात्रा र पर्वलाई एकै ठाउँमा हेर्न पाइने गरी नेपाल हाउसको परिकल्पना गरिएको हो। नेपाल हाउस भित्र अस्ट्रेलियामा हुर्केको नयाँ पुस्ता मात्र होइन, नेपालमा कक्षा १२ सकेर आएका कतिपय युवाका लागि पनि नौलो हुने सामग्री प्रदर्शनीमा राखिने छु, संयोजक कुँवरले भने, नेपाल हाउसमा नेपालका महत्वपूर्ण सम्पदा पशुपति, धरहरा, लुम्बिनी, स्वयम्भूदेखि कुमारी र लाखेसम्म प्रदर्शनमा राखिनेछन्।

नेपाली परम्परागत बाजादेखि विभिन्न सांस्कृतिक भेसभूषालगायतका डमीहरूको प्रदर्शनसमेत हुनेछ।

कार्यक्रम सुरू हुनु अगाडि विशेष परेड र झाँकीमार्फत धेरै भन्दा धेरै जात जाति को मौलिक पोशाकमा बाजा गाजा सहित शान्ति पद यात्रा गरिनेछ। साथै विभिन्न भाषा, संस्कृतिका अभूतपूर्व नृत्य प्रदर्शन गरिनेछ। यसपालि नेपालबाट पशुपति शर्मा, द एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुती रहनेछ।

महोत्सवको लागत करिब २ लाख ५० हजार डलर अनुमान गरिएको छ।

शिवराज प्यानलको चुन ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved