काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे राजीव गुरुङ डिल्लीबजार कारागार चलान भएका छन् ।
मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो ।
मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।
सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब दुई वर्ष चार महिना एक दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।
उनले मन्त्री पद छाडेको दुई महिनामै कारागार पुगेका छन् । गत भदौ १७ गते उनले गण्डकी प्रदेशको वन मन्त्री अस्वीकार गरी राजीनामा दिएका थिए ।