धरान । अनेरास्ववियू (क्रान्तिकारी) सुनसरी जिल्लाको १४ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले याम कुमार पाण्डेको अध्यक्षतामा २६ सदस्यीय कमिटि चयन गरेको छ ।सम्मेलनले सर्वसम्मत र निर्वाचन प्रणालीबाट चयन गरिएको अखिल क्रान्तिकारीका पूर्व नेता सिपि वजगाईले वताएका छन् ।बन्दसत्रमा लामो र निक्कै गहन छलफल पछि सक्षम नेतृत्व चयन गरिएको वताएका पूर्व विद्यार्थी नेता बजगाईले वताए । उनका अनुसार सम्मेलनले उपाध्यक्षहरुमा कृष्ण कार्की, मंतोस मण्डल, यमुना महत, सचिवमा भुपेन्द्र देवान लिम्बु, सह–सचिवमा शैली उप्रेती, कोसाध्यक्षमा मो.एहेसन अन्सारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा कुशल कार्की, धनकेशर भु
धरान/ सुनसरीको इनरुवा वरगाछीमा हिँडडुल गर्दै । धरान आसपासमा विगतमा यसरी नै सडक र गल्लीमा साँढे गोरु भेटिनृे गरेको थियो । तर आजभोली पाईदैन । गोरु दुर्लभ बन्दै गएको छ । गोरुलाई हिन्दु परम्परा अनुसार पुजा आर्चना समेत गरिन्छ भने खेतबारी जोत्न समेत प्रयोग हुने गरेको छ ।
इटहरी/ नेकपा एमालेले बिराटनगरमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन १ दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश स्थित केन्द्रीय सदस्य एब जिल्ला इन्चार्जहरु ,प्रदेश पदाधिकारी तथा सचिबालय सदस्यहरु र १४ जिल्लाका जिल्ला अध्यक्षहरु को सहभागिता रहेको थियो । अनुशासन आयोगका सचिब प्रा डा भरतराज पहाडीले अनुशाशन र आचारसहिता सम्बन्धि र अनुशासन आयोगका अध्यक्ष केशब बडाल ले समग्र पार्टी नीति कार्यक्रम र सञ्चालन , अनुशासन र पारदर्शीता लगायत बिषयमा प्रशिक्षण दिए
दुहबी/ सुनसरीको दुहबीमा आयोजित गरेको दुहबी जेसिज चौथो संस्करणको मिसेज तिज २०८१ को उपाधी दुहबी ८ की अस्मिता मण्डलले चुमेकी छिन् । हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर दुहबी जेसिजले बिगतमा झै यसपालि समेत ”’मिसेज तीज २०८१” आयोजना गरेको थियो । हरितालिका तिज बिषेश कार्यक्रमको फाइनल प्रतियोगिता आफ्टर डार्क पार्टी प्यालेसमा भएको थियो। २५ जना सहभागीहरुलाइ पछि पार्दै मण्डलले सो उपाधी चुम्न सफल भएकि थिइन । उपाधी सगै मण्डलले ताज, गिफ्ट हेपर र नगद २५ हजार १ सय प्राप्त गरेकी छिन् । प्रतियोगिताको फस्ट रनर अप बबिता चौधरी घोषित भएकी छिन्। उनले ताज, गिफ्ट हेम्पर र नगद
धरान/ पाँचथरमा बम विस्फोटमा परी घाइते भएका फालेलुङ ५ डाँडागाँउका दुई जना बालकको उपचारको जिम्मा सरकारले लिएको छ । ७ वर्षीय दिप्सन राई र ११ वर्षीय पवन राईको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताए । कीर्तिपुर अस्पतालको बर्न शाखामा पवन र दिप्सनको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शनिवार अस्पताल पुगेर बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उक्त अवसरमा घाइते बालकको सम्पूर्ण उपचार खर्च सरकारले लिने पौडेलले प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘घाइते बालकहरूको उपचारमा लागेको खर्च सरकारले व्यहोर्छ,’ पौडेलले भने ‘खर
झापा/ बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यवसायी राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आपत विपद्मा परेका व्यवसायीहरुलाई सहयोग पु¥याउने उद्देश्य सहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी राहत कोष स्थापना गरेको थियो । सो कोषमा संघका कार्य समिति सदस्य युवराज कार्की‘पर्बत’ले आफ्नो जन्मोत्सववको अबसर पारेर आज एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन् । कार्कीले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम उपलब्ध गराएका थिए । यस अघि पनि संघमा आवद्ध व्यवसायीले आफ्नो जन्मोत्सवमा संघले स्थापना गरेको कोषमा रकम उपलब्ध गराउँदै आएका थिए
काँचको पछाडी लुकेर अरुको पिडामा रमाउनेहरु अर्काको घाउ कोट्याई कोट्याई रमाउँदै अट्टहास लगाउन खोज्नेहरु तिम्रो शिर माथि बलेको दियोको उज्यालोले तिम्रो छाँया त कोर्न सक्ला तर अध्याँरो कालो चिरेर उज्यालो ल्याउन त कहाँ सक्ला चिन्ता तिमी आफ्नो गर मेरो आँगनमा घोप्टिएको औंसीको रात झै निष्पट्ट अध्यारोले तिम्रो आँगन कसरी जोगिएला।।।।। गिरिराज अधिकारी धरान
चन्दन रौनियारदुहबी ।शनिबारदेखि सुनसरीको दुहवीमा श्री गणेश चतुर्थी महोत्सव २०८१ को रौनक सुरु भएसँगै ६१ केजीको लड्डु प्रमुख आकर्षण रहेको छ । दुहवी नगरपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय दुहवी अगाडि रहेको खाली प्लटमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा दुहबी नगरपालिकाको नगर प्रमुख वेद नारायण गच्छदार तथा वहाँ की धर्मपत्नी संगीत गच्छदारले विघ्नहर्ता भगवान गणेशको बिधिवत पूजा अर्चना तथा आरती गरी गणेश चतुर्थी महोत्सवको सुभारम्भ गरेका छन्। दुहवीमा सातौँ पटक भएको गणेश चतुर्थी महोत्सवमा विघ्नहर्ता भगवान गणेशको ८ फिटको प्रतिमा स्थापन गरि ६१ किलोको लड्डु भोग लगाइएको छ ।गणेश चतुर्थी महोत्सवमा अह
धरान/ हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाकोदिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथैनाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । धरानमा समेत महिलाहरुले ब्रत बसेर तीज पर्व मनाएका छन् हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिकप्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिकापनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ । पार्वतीलेभगवान शिवको आयु लम्ब्याउन व्रत बस्न शुरु गरेको प्रसंगसँग यो पर्व जोडिएको छ । विवाह भएकाहरुले श्री
कहिले चाडपर्व नआउँदो रैछ महिला नभएको घर। जहिले हुने रहेछ सधैं अन्धकार ।। न हाँस्ने माहोल छ,यहाँ न सधैं रुन सकिने महिला नभएको घर कहिले उज्यालो नहुने नारी घर कि गहना कति सरसफाइ राख्ने नारी बिना को घर सधैं अन्धकार हुने आयो तिज सबै को घर घर। महिला नभएको घर सधैं अन्धकार ।। धन्न बनाई दिएछ फेसबुक र टिकटकको भित्ता । सुख दुख साट्ने यही सित।।