Top 4

    Showing 2,371-2,380 of 9,499 items.
  • धरानकी सन्ध्या सुनसरी टप

    धरान । सुनसरीको धरान उपमहानगरकी छात्रा सन्ध्या लिम्वू विविएस चौथो बर्षमा सुनसरी टप हुन सफल भएकी छिन् । उनी धरान १ स्थित धरान मोडल कलेजकी छात्रा हन् ।त्रिभुवन विश्वबिद्यालयले गत बैशाख महिनामा संचालन गरेको बि।बि।एस।चौथो बर्षको बार्षीक परीक्षाको हालै प्रकाशित नतिजा अनुसार सन्ध्या सुनसरी प्रथम भएकी हुन।  सन्ध्याले चौथो बर्षमा ८० प्रतिशत अन्क प्राप्त गरी बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेको क्याम्पस प्रमुख प्रबिन राईले जानकारी दिए। क्याम्पस प्रमुख राईले भने,हामीले सुनसरी भरीका सबै कलेजमा बुझ्यौ। हाम्रो विद्यार्थीले नै चौथो बर्षमा उत्कृष्ट अन्क ल्याएको पायौं ।   कलेजमा सन्ध्याले २०७६ सा

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 3,094 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान संगीत जात्रामा शनिबार बगरकोटमा झिमझिमाउने आँखा

    धरान/ गायक एकदेव लिम्बूले गाएको “झिमझिमाउने आँखा” बोलको गीत रिलिज भएको तिनहप्तामै युटुव च्यानलमा टेन्डिङमा पर्यो । उनैले गाएको शिरफूल बोलको गीतलाई ४१ मिलिएन अर्था ४ करोड १० लाख दर्शक स्रोताले हेरेको छ ।  युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू धरान संगीत जात्रा, सांस्कृतिक महोत्सवमा धरान आउने भएकाछन्, लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै चलेका गीतहरु हुन् । उनलाई नेचर क्लव धरानले पुस १३ गते शनिबार धरान बोलाएका हुन् । पुस १७ गतेसम्म धरान १५ स्थित बगरकोटमा जारी महोत्सव

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 718 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थीहरुद्वारा "डेल्टा फाइभ" कार्यक्रमको आयोजना गर्ने

    धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुद्वारा विकासलाई प्रविधिसँग जोड्ने प्रयासलाई सार्थकता प्रदान गर्न आयोजना गरिदै आएको राष्ट्रिय प्राविधिक महोत्सब यस बर्ष पनि हुने भएको छ । कृषि क्षेत्रमा प्रविधिको विकास भन्ने मूल नारा बोकेर आयोजना लागेको  महोत्सवको उद्धेश्य विद्यार्थीहरुले निर्माण गरेकाे सामाग्रीको प्रयोगमा सरकारलाई घच्चाउने रहेको जनाइएको छ । भिडियाे; डेल्टा फाइभ नाम राखिएको सो महोत्सवमा छैठौ संस्करण क्याम्पसका सातवटै फ्याकल्टीका विद्यार्थीहरुले वृहत रुपमा आयोजना गर्न लागिएको हो । पौष १८ देखि २० गतेसम्म तीनसम्म चल्ने महोत्सवमा विद्यार्थीहरुले निर्माण गरेक

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुहिक बलत्कार प्रकरण: पक्राउ परेका विरुद्ध तीन वटा मुद्दामा अनुसन्धान

    विराटनगर/ दुबै हात र खुट्टा बाँधेर मोरङ जहदा गाउँपालिका ३ की २२ वर्षीया महिलालाई सामुहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका तीन जना विरुद्ध प्रहरीले म्याद थप गरि अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीले पक्राउ परेका तीन जना विरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो । सामुहिक बलत्कार गरेको आरोपमा प्रहरीले मोरङ कटहरी गाउँपालिका २ का बर्ष २० का महमद रमजान, सोही ठाउँका बर्ष १९ का सुनिल कुमार साह र भारत विहार राज्य अररिया जिल्ला कुसकिट्टा ग्राम पंचायत वडा नं. ९ हस्तचोक घर भई हाल कटहरी २ बसी ग्यारेजमा काम गर्ने बर्ष १८ का महमद गुल्जर पपक्राउ गरेको छ । उनीहरु विरुद्ध मोरङ अद

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विष्णुपादुकामा लाग्ने पौषे औशी मेलाको तयारी तिब्र,सडक सञ्जालको अवस्था जीर्ण

    धरान/ सनातन हिन्दु धर्ममा माता पितालाई भगवानका दर्जामा राखिने गरिएको छ । यो धर्ममा श्राद्धका नाममा बर्षेनी आफ्ना दिवंगंत पितृहरुका सम्झनामा श्राद्ध गर्ने प्रचलन छ । दिवंगत भएका पितृहरुको नाममा श्राद्ध गर्दा आत्माले शान्तिष् पाउनुका साथै पितृहरुले आर्शीवाद दिन्छन् भन्ने विश्वास रही आएको छ । पौषै औशीको दिन पूर्वको धरान २० मा रहेको विष्णुपादुकामा श्राद्ध गर्नेको अत्यन्तै भीड हुने गरेको छ । भक्तजनहरुलाई सहज बनाउन समितिले तयारी थालेको छ । विशेष गरी सनातन धर्ममा पितृहरुको दिवंगत भएको तिथि हेरेर बर्षमा एक पटक श्राद्ध गर्ने चलन भएपनि दशैका १६ श्राद्धमा पर्ने तिथिमा पनि पितृहरुको सम्झनामा श्राद

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 405 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको कृषि बजारमा नयाँ कार्य समिती चयन

    धरान/ नेपालको नमुना कृषि उपज बजार स्थलको रुपमा चिनिएको धरानको कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा काजी गिरी सर्वसम्मचत निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको बजारको अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्य समिती चयन निर्वाचित भएको हो । अधिवेशनले व्यवसायीहरुको तर्फबाट निर्वाचित हुने तीन सदस्यमा काजी गिरी, रमेशकुमार साह र हेमचन्द्र ढकाल निर्वाचित भएका थिए । यसैगरी कृषक प्रतिनिधिबाट राजेश मेहता, मच्छिन्द्र राई र महिला सदस्यमा ममता मेहता निर्वाचित भएका थिए । ब्यबस्थापन समितीको पदेन सदस्यमा धरान वडा नम्बर १३ का वडाध्यक्ष रहने विधानमा ब्यबस्था छ ।निर्वाचित सदस्यहरु मध्येबाट गिरी अध्

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 878 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

    तेह्रथुम/ लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ । गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैंयूँ), सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गा

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मासु र मदिरा नचल्ने गाउँ

    मंगलबारे/  इलाममा यस्तो गाउँ छ, जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् ।‘कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन’, स्थानीय अग्रज केहेरसिंह योङहाङले सुनाए। उनका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थ

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 1,159 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुख्खा छालाको हेरचाह यसरी गर्नुहोस

    जाडो महिनामा छालामा धेरै प्रकारका समस्याहरू देखिन्छन् । यसलाइ हामीले बेलैमा उपचार गरेनौ भने गम्भीर समस्या पनि आउन सक्छ । यसको हेरचाह र उपचारको लागि हामीले घरेलु सामग्रीको पनि प्रयोग गर्न सक्छौ । सुख्खा छालालाई राम्रो राख्न, चाउरीपन हटाउन, र दाग मेटाउन सबैभन्दा उत्कृष्ट उपाय छालाको हाइड्रेशन र पोषणमा केन्द्रित हुनु हो। यसका लागि एलोभेरा जेल, मह र कागतीको मिश्रण, र सनस्क्रिनको नियमित प्रयोग विशेष प्रभावकारी छन्। उत्कृष्ट सुझावहरू: १. रातको नियमित रूटिन: एलोभेरा जेल: रातभर अनुहारमा लगाएर छाड्नुहोस्। यसले छालालाई गहिरो हाइड्रेशन दिन्छ, चाउरीपन कम गर्छ, र दाग मेट्न मद्दत गर्दछ। २.साप्ताहिक

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 432 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवालाई कृषिमा आकर्षित गर्नु आवश्यक

    सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले तरकारी खेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गरिरहेको समाचार त्यहाँबाट आएको छ । उनी मात्र होइन, परिवारका सदस्यले पनि रोजगारी पाएका छन् । उनी तरकारी टिप्ने तथा बजारसम्म पुर्‍याएर बिक्री गर्ने काममा व्यस्त हुन्छन् । उनले वर्षको तीन यामसम्म तरकारी लाउने गरेका छन् । देशमा सुन्दर भविष्यको कुनै सम्भावना नदेख्ने धेरैका लागि उनी प्रेरणाका स्रोत हुन सक्छन् । उनले तरकारी खेतीबाट वार्षिक एक–डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यो सानो रकम होइन । उनले आफ्नै दुई कठ्ठा र लिजमा गरी चार कठ्ठा जमिनमा

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved