धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुद्वारा विकासलाई प्रविधिसँग जोड्ने प्रयासलाई सार्थकता प्रदान गर्न आयोजना गरिदै आएको राष्ट्रिय प्राविधिक महोत्सब यस बर्ष पनि हुने भएको छ ।
कृषि क्षेत्रमा प्रविधिको विकास भन्ने मूल नारा बोकेर आयोजना लागेको महोत्सवको उद्धेश्य विद्यार्थीहरुले निर्माण गरेकाे सामाग्रीको प्रयोगमा सरकारलाई घच्चाउने रहेको जनाइएको छ ।
भिडियाे;
डेल्टा फाइभ नाम राखिएको सो महोत्सवमा छैठौ संस्करण क्याम्पसका सातवटै फ्याकल्टीका विद्यार्थीहरुले वृहत रुपमा आयोजना गर्न लागिएको हो ।
पौष १८ देखि २० गतेसम्म तीनसम्म चल्ने महोत्सवमा विद्यार्थीहरुले निर्माण गरेको कृषि लगायत अन्य सामाग्रीको प्रदर्शनसँगै व्यवहारमा प्रयोगमा ल्याउन तीन तहकै सरकारलाई घच्घच्याउनु रहेको जनाइएको छ ।
डेल्टा फोर सफलतापूर्वक सम्पन्न गरेका उनीहरुले विज्ञान प्रविधिको अधिकत्तम प्रयोग गरी कृृषिमा आधुनिकीकरण गर्न सकिए पनि सरकारले यस सम्बन्धी कुनै कार्यविधि नबनाउदा समस्या भएको बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सभापति नविन श्रेष्ठले विगतमा निर्माण गरिएका केही सामाग्री ठूला कम्पनीसँग सम्झौता गरेर केही प्रयोगमा ल्याएको जानकारि दिए ।
उनले यहाँ निर्माण भएका सामाग्रीको प्रवद्र्धन गर्न तीनै तहका सरकारले आश्वासन दिए पनि यससम्बन्धी कार्यविधि नबन्दा समस्या भएको बताए ।
गत बर्षको डेल्टा फोरमा ग्रीन टेक्नोलोजी (हरित प्रविधि) को थिम सार्वजनिक गरेको थियो । त्यसबेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको तत्कालीन संयोजक कल्याण बाँस्कोटाले बताए ।
उनका अनुसार प्रविधि विषयहरूमा दिगो संरचना, नवीकरणीय ऊर्जा एकीकरण, फोहोरबाट ऊर्जा र ऊर्जा कुशल डिजाइन प्रदर्शन गरिने छ । उक्त प्रविधिहरू सहरीकरण हुँदै गएका क्षेत्रहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ ।
महोत्सवमा नेपालका विश्वविद्यालयहरू, कोशी प्रदेशका विद्यालयहरू साथै प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरूले पनि विधागत प्रतिस्पर्धामा सहभागिता जनाउने बताइएको छ ।
इन्जिनियरिङ क्याम्पस परिसरमा हुने महोत्सव ३ दिन सो महोत्वसमा ६० हजार भन्दा बढीले दर्शकले अवलोकन गर्ने डेल्टा फाइभका संयोजक विवेक न्यौपानले जानकारी दिए ।
उनले क्याम्पसका सबै फ्याकल्टीमा प्रविधि विकाससँगै उनीहरुले बनाएको विज्ञानसम्बन्धी सामाग्रीको प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।
उनले एग्रीकल्चर संकाय नेपालभरिमा यही क्याम्पसमा पढाई हुने भएकोले अहिले आयोजना गरिएको कार्यक्रमलाई पनि कृषिसँग जोडेर रगर्न लागिएको बताए
फ्याकल्टी समाजको संयुक्त मञ्च डेल्टा विद्यार्थीहरूको प्रविधि शिक्षामुखी व्यवसायीक सहकार्य भएको बताइएको छ ।
यसले कृषिसँगै अन्य क्षेत्रमा समेत विज्ञान प्रविधिसँग जोड्न राज्यलाई घच्घच्याउने र बढी भन्दा बढी सामाग्री प्रयोगमा ल्याएर व्यवहारिक रुपमा अगाडि बढ्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रमलाई तीनै तहका सरकारले सहयोग गर्न समेत उनीहरुले बारम्बार आग्रह गरेका छन् ।