Top 4

    Showing 1,761-1,770 of 9,497 items.
  • रामधुनीमा प्रेशर कुकर पड्किँदा एक महिला गम्भीर घाइते

    इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रामपुरामा खाना पकाउने क्रममा प्रेशर कुकर पड्किँदा एक महिला गम्भीर घाइते भएकी छन्। सोमबार साँझ करिब ६ः४० बजे घरमै खाना बनाउँदै गर्दा कुकर पड्किएर ४५ वर्षीया बिमला भट्टराईको अनुहार र बायाँ हातमा गम्भीर चोट लागेको हो। घाइते भट्टराईलाई घटनापछि बेलुकी ९ः४० बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरको ग्रिनक्रस अस्पतालमा रिफर गरिएको सुनसरी प्रहरीले जनाएको छ। हाल भट्टराईको अवस्था मध्यम रहेको र ग्रिनक्रस अस्पतालको आईसीयू वार्डमा भर्ना गरिएको छ। उनको

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 729 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल आज हङकङसँग भिड्दै, सुपर थ्री पुग्ने लक्ष्य

    काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग खेल्नेछ। समूह 'सी' मा रहेको नेपाल र हङकङबीचको खेल थाइल्यान्डको बैंककस्थित टेरथाई क्रिकेट ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु हुने तालिका छ। डबल राउण्ड रोबिन प्रणालीमा भइरहेको प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेल वर्षाका कारण टस हुनुअघि नै रद्द भएको थियो। त्यसपछि नेपालले बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरिसकेको छ। हङकङको दुवै खेल वर्षाले प्रभावित बनाएको छ। सोमबार बहराइनविरुद्धको खेलमा पनि हङकङले बलिङ सुरु गर्न नपाउँदै वर्षाले खेल अवरुद्ध भयो। बहराइनले ४ ओभरमा १५ रन बनाइसकेको अवस्थामा खेल रोकिएको थियो। आजक

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 556 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय पर्यटन प्रवर्द्धनका लागि चतरामा नयाँ हाइकिङ रुटको सुरुवात

    वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको वराहक्षेत्र क्षेत्रको प्रवर्द्धनका लागि चतरा हाइकिङ समूहले सोमबार नयाँ हाइकिङ रुटको औपचारिक सुरुवात गरेको छ। वराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापाले नयाँ गन्तव्यको उद्घाटन गर्दै पर्यटन प्रवर्द्धनमा स्थानीयको सक्रियता प्रेरणादायी भएको बताए। स्थानीय पत्रकारहरूको पहलमा सुरु भएको चतरा हाइकिङ समूहले विगत तीन वर्षदेखि प्रत्येक शनिबार नयाँ हाइकिङ गन्तव्यको पहिचान गर्दै पदयात्रा आयोजना गर्दै आएको छ। यसपटक खारखोलाबाट सुरु भई कटहरे, चियाबारी, सूर्यकुण्ड हुँदै लालकोट गढीसम्मको ८ किलोमिटर लामो नयाँ हाइकिङ रुट पहिचान गरिएको

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खेतीपाती सप्रियोस् भन्ने कामनासँगै सुरु भयो साकेला उभौली

    खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली आजदेखि खोटाङलगायत किरात बहुल जिल्लाहरूमा औपचारिक रूपमा सुरु भएको छ। ‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित किरात समुदायले तीन चुल्हा र भूमिको पूजा गर्दै महिना दिनसम्म साकेला चाड मनाउने परम्परा रहेको छ। साकेला उभौलीको अवसरमा किरात बस्ती भएका गाउँ–टोल ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्न थालेका छन्। युवायुवतीदेखि बालक–बृद्धसम्म परम्परागत भेषभूषामा सजिएर गोलो घेरामा साकेला सिली नाच्दै चाडको शुभकामना साटासाट गरिरहेका छन्। साकेला उभौली वैशाख पूर्णिमादेखि असारसम्म मनाइ

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहयोगकै भरमा चलिरहेको भगवती विद्यालय, सरकारी नीति कागजमै सीमित

    धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै पनि उही अवस्थामा रहेको स्पष्ट देखिन्छ। सरकारद्वारा ल्याइने नीति, नियम र अध्यादेशमा सुधारको आश्वासन दिइए पनि कार्यान्वयनमा देखिएको कमजोरीका कारण देशभरका अधिकांश सामुदायिक विद्यालयहरू समस्याग्रस्त छन्। बराहक्षेत्र नगरपालिका–१, बगुवास्थित भगवती आधारभूत विद्यालय त्यसको एक उदाहरण हो। गरिब तथा निम्न आय भएका परिवारका बालबालिकालाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यले ५२ वर्षअघि स्थापना गरिएको यो विद्यालय अझै पनि सहयोगकै भरमा सञ्चालन भइरहेको छ। विसं २०३० सालमा स्थापना भएको विद्यालयको भवन र कक्ष कोठा त छन्,

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विविध कार्यक्रमसहित बुद्ध जयन्ति भव्य रूपमा मनाइयो

    धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजयन्ति आज देशभर विविध कार्यक्रमसहित मनाइएको छ। बौद्ध धर्मावलम्बीहरूले विशेष श्रद्धा र भव्यताका साथ बुद्ध जयन्ति मनाएका हुन्। धरानमा समेत आज बिहान बौद्ध धर्मावलम्बीहरूले भानुचोकबाट सुरु गरी छाताचोक, सिंहदेवीचोक हुँदै माछाभौडी परिक्रमा गरेर पुनः भानुचोकमै टुंगिने शान्ति र्‍याली निकालेका थिए। र्यालीमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, बाजा र व्यानरसहित सहभागिता जनाइएको थियो। सिर्जनात्मक झाँकी र सांस्कृतिक प्रस्तुतिहरूले र्‍यालीलाई आकर्षक बनाएको थियो। कार्यक्रममा वृद्धवृद्धादेखि युवा पुस्तासम्मको उल्लेखनीय उपस्थिति देखिएको थियो। बुद

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकृति र पुर्खापूजा,साकेला नाचका साथ उभौली पर्व मनाउँदै

    काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौली पर्व साकेला नाचसहित उल्लासपूर्वक मनाउँदै छन्। विशेषगरी राई, लिम्बू, सुनुवार, याक्खा लगायत किरात जातिहरूले वैशाख शुक्ल पूर्णिमाको दिन यो पर्व श्रद्धा र उत्साहका साथ मनाउने परम्परा छ। उभौली पर्व किरात धर्म अनुसार पृथ्वीका शक्तिहरू, प्रकृति र पुर्खाहरूको सम्मानमा मनाइन्छ। बर्खे बाली लगाउने समय सुरु हुने संकेतका रूपमा यो पर्व मनाइने गरिन्छ। किरात संस्कृति अनुसार उभौलीमा सुम्निमा र पारुहाङको पूजा गरी बाली सप्रियोस्, रोग-व्याधि नलागोस् र प्राकृतिक प्रकोप नहोस् भन्ने कामना गरिन्छ। यस पर्वको मुख्य आकर्षण हो साकेला नाच, जसलाई 'सिली टिप्ने' नृत

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज २५६९औँ बुद्धजयन्ती: शान्ति, अहिंसा र मैत्रीको सन्देशसँगै देशभर श्रद्धापूर्वक मनाइँदै

    काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज (सोमबार) नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र उल्लासका साथ मनाउँदै छन्। राजधानी काठमाडौंदेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्म विविध कार्यक्रम आयोजना भई आजको दिन बुद्धको जीवन दर्शन र शान्तिको सन्देशलाई आत्मसात् गरिँदैछ। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्धजयन्ती यस वर्ष पनि गुम्बा, विहार, चैत्य र घर–घरमा पूजा, आराधना, ध्यान र प्रवचनका साथ विशेष उत्सवको रूपमा मनाइएको छ। भगवान् बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको मान्यताका आधारमा यो दिनलाई 'त्रिसंयोग दिवस'का रूपमा

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा न्यायिक समितिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समितिबीच अन्तरक्रिया कार्यक्रम आइतबार वराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ। वराहक्षेत्र नगरपालिकाको आयोजनामा भएको अन्तरपालिका स्तरीय कार्यक्रममा सहभागी स्थानीय तहहरूले आ–आफ्ना वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख तथा नगर न्यायिक समितिकी संयोजक नन्दकुमारी सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सुनसरीका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुखहरू विशिष्ट अतिथिका रूपमा सहभागी थिए। साथै, वराहक्षेत्र वडा नं १ का अध्यक्ष किस

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 585 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्रको सुन्दर फूल धरानका मेयर किन नकरात्मकःप्रचण्ड

    धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ नम्बर प्रदेशको नामाकरणको विषयमा असन्तुष्टि ब्यक्त गरेका छन् ।   धरानमा आइतबार आयोजित किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रहेका अध्यक्ष प्रचण्डले उक्त असन्तुष्टि ब्यक्त गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै भने ‘माओवादी केन्द्र प्रदेश नम्बर १ को नामकरण गर्दा कोचलाई समेत सम्बोधन गर्दे किरात, लिम्बुवान र कोचको संयुक्त पहिचान झल्किने गरी नाम राख्न जरुरी छ ।’ उनले पहिचानको आन्दोलन गरिरहेकाहरु माओवादी पार्ट

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved