दनुवार समुदायकी भिम मायालाई एफ.टि.एल. अनलाइन टिभीबाट नगदसहित सम्मान

  • असार १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको एसईई सिङ्गिङ आइडलको फाइनलमा पुग्न सफल भएकी दनुवार समुदायकी भिम माया दनुवारलाई एफ.टि.एल. अनलाइन टिभीले नगद पुरस्कारसहित सम्मान गरेको छ।

अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्दै आमा–बुबा गुमाएकी भिम मायाले जीवनका कठिन परिस्थितिहरूलाई पछाडि पार्दै गायनमार्फत आफ्नो पहिचान स्थापित गरेकी हुन्। उनलाई बिहीबार १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

गत असार ६ गते धरान–१५ स्थित चुमलुङ हिममा सम्पन्न फिनाले कार्यक्रममा भिम मायाले *‘बेस्ट फोक सिङ्गर’*को उपाधि समेत जितेकी थिइन्। कार्यक्रमका इभेन्ट म्यानेजर राम बहादुर लिम्बुका अनुसार, भिम मायाको मौलिकता, प्रस्तुति र गायनशैलीले निर्णायकमात्र होइन, दर्शकको मन पनि जित्न सफल भएको थियो।

मोरङ उर्लाबारीस्थित राधिका माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएकी भिम माया यस कार्यक्रममार्फत सीमान्तकृत आवाजको प्रतिनिधि मात्र होइन, प्रेरणादायी पात्रको रूपमा उदाएकी छन्।

कार्यक्रमका संयोजक तथा फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापो (जो यु.एन. नवोदय कलेजका क्याम्पस प्रमुख पनि हुन्) ले आफ्नो फेसबुकमार्फत जनाएअनुसार, “यस किसिमको प्लेटफर्मले सांस्कृतिक विविधता, सिर्जनात्मकता र आत्मविश्वास अभिवृद्धिमा सकारात्मक प्रभाव पार्छ।”

ram

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved