धरान/ साउन महिनाको पहिलो सोमबार, भगवान शिवको प्रिय दिन। धरान–१४ विजयपुरस्थित पवित्र पिण्डेश्वर मन्दिरमा आज बोलबमका भक्तजनको अभूतपूर्व भिड देखिएको छ। सप्तकोशी नदीको जल बोकेर गेरु वस्त्रधारी भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा लाइन बसेर जल चढाउन आतुर देखिएका थिए। शिवको जयकार, बोलबमका नारा र आस्थाको माहोलले सिङ्गो क्षेत्र भक्तिमय बनेको थियो। भिडियो: साउन सुरु हुनु अघि नै कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले विधिवत रुपमा जलाभिषेक गर्दै पिण्डेश्वरमा बोलबमको सुरुवात गरेका थिए। त्यसयता, विशेषगरी आजको सोमबारको दिन, भक्तजनको लहर नरोकीने गरी देखिएको हो। वृद्ध–वृद्धा, युवा, ब
धरान/ देशकै प्रमुख धार्मिक तीर्थस्थल बराहक्षेत्रमा अब व्यवस्थित शवदाह स्थल निर्माण हुन लागेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित दुर्गासाघाट क्षेत्रमा दैनिकजसो अन्तिम संस्कार गरिँदै आए पनि हालसम्म यहाँ व्यवस्थित शवदाह स्थल थिएन । दाउराको अभाव, झरीपानी, भीड व्यवस्थापनको कठिनाइजस्ता समस्या खेप्दै आएका सर्वसाधारणका लागि यो अब सहज बन्ने छ । बराहक्षेत्र क्षेत्रको धार्मिक र सामाजिक महत्वलाई ध्यानमा राख्दै मारवाडी सेवा समिति धरानको आर्थिक सहयोगमा शवदाह स्थल निर्माण गर्न लागिएको हो । शवदाह स्थलको शिलान्यास कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले गरेका
सुनसरी/ हिन्दू धर्मावलम्बीहरूका लागि श्रावण महिना अत्यन्त पवित्र र फलदायी महिनाका रूपमा चिनिन्छ। विशेषगरी सोमबारको दिन भगवान् शिवको आराधनामा समर्पित यस महिनामा भक्तजनहरू उपवास, पूजापाठ र मन्त्र–जपमा तल्लीन हुन्छन्। श्रावण महिनामा सोमबार व्रत बस्नाले धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ। विशेषगरी महिलाहरूले मनोकामना पूर्तिका लागि व्रत बस्ने चलन छ भने ब्रह्मचारी, गृहस्थ, विवाहित र अविवाहित सबैले शिवको पूजा गर्न सक्छन्। धार्मिक ग्रन्थहरू अनुसार श्रावणको सोमबार व्रतले पाप क्षय, मानसिक शान्ति, आरोग्यता र ऐश्वर्य प्राप्त हुन्छ। शिव पुराणमा उल्लेख भएअनुसार समुद्र
धरान/ धरान–८ अरुणटोलस्थित सुकुम्बासी बस्तीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीएसिस) का निमित्त उपकुलपति तथा वरिष्ठ मुटु र मृगौला रोग विशेषज्ञ प्राडा सञ्जीव शर्मा आफैँ बिरामीको झुपडीमै पुगेर स्वास्थ्य परीक्षण गरेका छन्। कलेजो रोगले ग्रसित ४० वर्षीय रोशन राईलाई आर्थिक अभावका कारण अस्पताल लैजान नसकिएको खबर पाएपछि डा. शर्मा आफैँ बस्तीमा पुगेका हुन्। मजदुर नेता भीमज्वाला राईको अनुरोधमा डा. शर्मा बिरामी राईको घरमै पुगेर सम्पूर्ण स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणपछि डा. शर्माले एक औषधि सिफारिस गर्दै ४ दिनपछि अस्पतालमा भर्ना गरेर पेटको पानी झिक्नुपर्ने जानकारी दिए। आवश्यक स्
धरान । गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को ग्रान्ड फिनालेमा साहाना राई र स्मीका सुनुवार विजेता बनेका छन्।शनिबार धरान–१५ स्थीत सदन सभा भवनमा सम्पन्न ग्रान्ड फिनालेमा ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को जुनियर ग्रुप तर्फबाट धरान मन्टेश्वरी एकेडेमी धरान–१ की छात्रा साहाना राई र सिनियर ग्रुप तर्फबाट डिपी बिलिभर्स स्कुल धरान–५ का छात्रा स्मीका सुनुवार विजेता बनेका हुन्। विजेता साहाना र स्मीकाले जनही नगद पचास हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टर धरानमा एक वर्ष सम्म निशुल्क नृत्य सिक
धरान/ सर्दुखोला आसपासका टोलबासीहरू बाढीको जोखिम कम गर्न तारजाली लगाउने कार्यमा जुटेका छन्। बर्षेनी बर्षातको समयमा खोलाले धार परिवर्तन गर्दा बस्तीमा बाढी पस्ने खतरा बढ्दै गएपछि स्थानीयवासी आफैँ सक्रिय बनेका हुन्। धरान १६ को नौलोबस्तीलगायत क्षेत्रमा खोलाको कटानबाट ठूलो क्षति हुने गरेको छ। बाढीले घरभित्रै पानी पस्ने, जमिन कटान हुने र ढुंगा बगाएर ल्याउने जस्ता समस्याले टोलबासी त्रसित छन्। जोखिम न्युनिकरणका लागि स्थानीयवासीहरू श्रमदानमार्फत तारजाली लगाउने कार्यमा जुटेका छन्। यस अभियानमा नेपाली काँग्रेसले पनि सहयोग गरेको छ। धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा काँग्रेस नेता तिलक राईका अनुसा
लगाउ अट्टाहासबजाउ तालीचिथोरेर तिमिलेमल्हम लागाउदैमाघाउ त निको होलातर खाटाले बिर्सन कहाँ दिन्छ । नहेप, नमिच साथीकुनै दिन,सुख्खा खहरेमा पनिआउछ बाढी,तिम्रा लागि त्रास मात्र छाडीलान्छ सबै अवषेश बगाएर। कोल्टे पर्योपोखियो पानिअंजुलीमा उठाउन सकिएनतर, भिज्यो माटोनिश्चय नै पलाउनेछ मुनाहुर्कन त के बेर लाग्छ र । -गिरिराज अधिकारी
इटहरी/ नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा विशेष अफरसहितको टिभिएस एक्सचेञ्ज म्यानिया अभियान सुरु गर्ने भएको छ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना हुने यो कार्यक्रम श्रावण ०४ गते आइतबारदेखि ०९ गते शुक्रबारसम्म संचालन हुने छ। पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक लिएर आउनुहुने ग्राहकले न्यूनतम रु. ३०,००० को मूल्याङ्कन पाउने छन्। त्यसमा थप रु. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता सुविधा पनि प्रदान गरिनेछ। साथै, कार्यक्रममा सहभागी ग्राहकहरूलाई आक
धरान/ प्राणी जगतको कल्याण गर्ने एवम् वैद्धिक सनातन धर्मको बचाउ गर्ने अभियान स्वरुप शिवबाबा भक्त समाज नेपाल धरान ६ पानबारीले पितृ उद्धार अश्वमेध महायज्ञ २०८२ हुने भएको छ । आगामी माघ १९ गतेदेखि फागुन १९ गतेसम्म एक महिना आयोजना हुने सो कोटीहोम सम्पूर्ण प्राणीहरुको रक्षासँगै धरान र केराबारीको सीमानामा पर्ने बुढिगंगामा सुविधा सम्पन्न दाहसंस्कार निर्माण गर्ने रहेको शिव बाबा भक्त समाज नेपाल, धरान ६ पानबारीका अध्यक्ष रमेश कटुवालले जानकारी दिए । उनले बृद्ध गंगाको काखमा आयोजना गर्न लागिएको कोटीहोम लाखौ भक्तजनहरुको आवागमन हुने भएकोले धार्मिक पर्यटन प्रद्र्धनमा समेत सहयोग पुग्ने बताए । उनले कोशी प
धरान/ नेपाली सङ्गीत क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाएका गायक बिजय वाम्बुले राईले नयाँ गीत ‘प्याराे मान्छे तिमी’ सार्वजनिक गरेका छन्। गायिका मिलन नेवारको सुमधुर स्वर रहेको यस गीतमा शब्द, सङ्गीत तथा निर्देशन स्वयम् गायक वाम्बुलेले नै गरेका हुन्। यसअघि ‘किराती हामी’, ‘मनमाया’ लगायतका गीतमार्फत लोकप्रिय बनेका वाम्बुलेले प्रेम भावनाले भरिएको यस नयाँ सिर्जनामार्फत दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्। गीतको भिडियोमा मोडल तृष्णा राई र डेबिट मोक्तानले अभिनय गरेका छन्। सङ्गीत व्यवस्थापन पावल चाम्लिङ राईले गरेका छन्