Top 4

    Showing १,१९१-१,२०० of ९,७९३ items.
  • चारआलीका चिकित्सक दिलीप यादव जबरजस्ती करणी आरोपमा पक्राउ

    झापा/झापाको मेचीनगर नगरपालिका–१३, चारआलीस्थित मनकामना अस्पताल प्रा.लि.का सञ्चालक चिकित्सक दिलीपकुमार यादव जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार ४७ वर्षीय यादवले २७ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार यादवविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ र घटनासम्बन्धी थप प्रमाण संकलन कार्य जारी छ। स्थानीयवासीका भनाइअनुसार यादवविरुद्ध यसअघि पनि सेवाग्राहीप्रति असहज र अनुचित व्यवहार गरेको गुनासो आइरहेको थ

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ७०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देश विदेशीको खेलमैदान नबनोस् : हर्क साम्पाङ

    झापा/धरानका मेयर तथा श्रम अभियन्ता हर्क साम्पाङ राईले देशलाई अब विदेशीको खेलमैदान बन्न नदिन सबै देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएका छन् । साेमबार झापाको काँकरभिट्टा बजारमा स्थानीय युवाहरुले आयोजना गरेको ‘श्रम अभियान घोषणा कार्यक्रम’ मा प्रमुख अतिथिको रूपमा बोल्दै साम्पाङले देश अहिले दुई ध्रुवमा बाँडिँदै गएको बताए — एकातिर देशभक्त र राष्ट्रवादी नागरिक र अर्कातिर विदेशीको इसारामा चल्ने दलालको समूह । “यो लडाइँ लामो हुनेछ, तर अन्त्यमा जित देशभक्तकै हुनेछ,” साम्पाङको भनाइ थियो । जेनजी आन्दोलनका सन्दर्भमा उनले भने, “भदौ २३ र २४ गते युवाहरूले सार्थक माग राखे,

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ५३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरको समन्वयमा लैंगिक हिंसा प्रभावितका लागि आर्थिक सशक्तिकरण कार्यक्रम

    विराटनगर/  लैंगिक हिंसा प्रभावितका लागि विराटनगर महानगरमा आर्थिक सशक्तीकरण परियोजना शुभारम्भ बैठक सम्पन्न भएको छ । महानगरको समन्वय तथा ओरेकको आयोजना र यूएनएफपीएको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुन लागेको हो । त्यसका लागि महानगरसहितका सरोकारवालासँग बैठक बसेर तयारी अगाडि बढाइएको छ । लैंगिक हिंसा प्रभावितलाई आयआर्जन, रोजगारीमा पहुँच, आत्मसम्मानमा वृद्धि गरी हिंसाको चक्रबाट बाहिर निकाली सम्मानजनक जीवन जिउन सहयोग गर्ने परियोजनाको उद्देश्य रहेको छ । जसले उनीहरूको निर्णय क्षमतामा वृद्धि, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँच भई पुनः हिंसाको जोखिम न्यूनीकरण हुने यूएनएफपीएका प्रतिनि

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ४९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण, आजैदेखि सवारी सञ्चालनको तयारी

    इलाम/ अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक रूपमा तिल्केनी–सिमलगो सडकमार्ग सञ्चालनको तयारी गरिएको छ। यसका लागि जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण कार्य तीव्र गतिमा भइरहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले जानकारी दिएकी छन्। उनका अनुसार आइतबारदेखि सडक डिभिजन कार्यालय इलाममार्फत जोगमाई खोलामा १० वटा ह्युम पाइप राखी डाइभर्सन निर्माण कार्य सुरु गरिएको हो। डिभिजन प्रमुख पवन भट्टराईका अनुसार आज साँझसम्म डाइभर्सन र पहुँचमार्ग निर्माण सक्ने योजना रहेको छ। गत असोज १८ गतेको भा

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ५८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानीको खाल्टोमा डुबेर तीन बालिकाको दुखद मृत्यु

    रौतहट/ रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरमा आज बिहान पानीले भरिएको खाल्टोमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मीपुर टोल निवासी १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राघनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठा रहेका छन्। उनीहरू घाँस काट्नका लागि नजिकैको गौर नगरपालिका–१ कानुपट्टीतर्फ गएका बेला पानीको खाल्टो तर्ने क्रममा डुबेका जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए। उनका अनुसार आज बिहानै एउटै टोलका सात जना बालिका घाँस काट्न गएका थिए। तीमध्ये चार जना सकुशल पार पर्न सफल भए पनि तीन जना डुबेर बे

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ६२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली सेनाको घोषणा

    धरान/ हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशी अब जीवित नरहेको कुरा इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले औपचारिक रूपमा घोषणा गरेको छ। इजरायलको स्थानीय समय अनुसार सोमबार बिहान साढे ७ बजे आइडिएफका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएका हुन्। सो सूचना इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई भिडियो कन्फरेन्समार्फत दिइएको हो। राजदूत पण्डितका अनुसार, “आइडिएफले हामी र विपिनको परिवारसँग भिडियो संवाद गर्दै ‘हिज इज नो मोर’ भन्ने औपचारिक जानकारी गरायो। परिवारकै सामु उक्त घोषणा गरिएको हो,” उनले भने। भिडियो संवादमा विपिनकी आमा पद्मा जोशी

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ८५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा खड्काले जितिन् ‘मिसेस पुर्बेली आईकन' दोश्रो संस्करणको उपाधि

    इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्रान्ड फिनाले शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साँझ ७ बजेदेखि सुरु भएको भव्य कार्यक्रममा आफ्ना अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै इटहरीकी मेघा खड्काले ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ताज पहिरिन सफल भइन् । मेघा खड्काले मुख्य उपाधिका साथै ‘मिसेस ग्लामर’को सबटाइटल पनि हात पारिन् । विजेता भएसँगै उनले १ लाख बराबरको पुरस्कार समेत प्राप्त गरेकी छन् । यस्तै रईशा चौधरीले ‘अर्गना

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ५७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँगुरीगढीमा मिनी ट्रक दुर्घटना, सहचालकको मृत्यु

    धरान/धनकुटाबाट धरानतर्फ सब्जी लिएर आउँदै गरेको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–९ पाँचगोलाइमा भएको दुर्घटनामा ट्रकका सहचालक २६ वर्षीय नारायण खड्का (उदयपुरगढी–९)को मृत्यु भएको प्रहरीले जनाएको छ । प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई करिब ३०० मिटर तल खस्दा सहचालकको घटनास्थलमै मृत्यु भएको थियो । चालक १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका छन् र उनको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ट्र

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ४९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट २६ किलो गाँजासहित दुई युवक पक्राउ

    सुनसरी/सुनसरीको गढी गाउँपालिका–४ छिटाहा स्थित नहर नजिक प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहवी र छिटाहाबाट संयुक्त रूपमा खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजे स.२ प.७१४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सो मात्रा लागू औषध फेला पारेको हो। मोटरसाइकलमा राखिएको एउटा कालो झोला र अर्को बोरामा प्याक गरिएको अवस्थामा २६ किलोग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ। सो क्रममा मोटरसाइकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १६ वर्षीय अतिस राई र पछाडिको सिटमा सवार १९ वर्षीय विशाल राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय द

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ७५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेउती पुलनजिक मिनी ट्रक र बस ठोक्किँदा चार जना घाइते

    धरान/धरान–८ स्थित सेउती पुलनजिक आज साँझ करिब ५:३० बजे मिनी ट्रक, बस र स्कुटी एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७७८६ नम्बरको मिनी ट्रक सडकछेउमा पार्किङ गरिएको को १ क ६५४४ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो। सो क्रममा विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०४७ प ३९९३ नम्बरको स्कुटी पनि सोही बसमा ठोक्किएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) भिषणबाबु राईका अनुसार, दुर्घटनामा मिनी ट्रक चालक नेत्र गौतम (मोरङ सुन्दरहरैचा–५) र सह–चालक सुजन तामाङ (संखुवासभा सभापोखरी–२) सहित स्कुट

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ७१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved