धरान/हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ले आगामी पुष ९ र १० गते “हिविस्कस क्विज मेनिया सिजन–४” आयोजना गर्ने भएको छ। विद्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी र योजनाबारे जानकारी गराएको हो। विद्यालयका सल्लाहकार पवन झाका अनुसार विद्यार्थीहरूको अध्ययनसँगै बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। विगतमा नगर र जिल्ला स्तरीय रुपमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यसपटक भने खुला स्तरीय अन्तर–विद्यालय प्रतियोगिताको आयोजना गर्न लागेको छ। “गतवर्ष सुनसरी जिल्लाभित्र सीमित राखिएको थियो, यस
सुनसरी/धरानका दुई युवा बराहक्षेत्र नगरपालिका–५ कालाबन्जार चौकमा नक्कली पेस्तोल र फलामको तलवारसहित प्रहरीको फन्दामा परेका छन् । मिति २०८२ साल कात्तिक १३ गते अपराह्न करिब ३ बजे प्रहरी चौकी भरोलबाट प्रहरी निरीक्षक डम्मर गौतमको कमाण्डमा खटिएको टोलीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको को ८ प ९५५६ नम्बरको मोटरसाइकललाई शंकास्पद ठानी रोकेर चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का २१ वर्षीय बिमल बरैलि (अंकु) र २७ वर्षीय रबिन्द्र सैल्यो रहेका छन् । उनीहरूको साथबाट नक्कली प्लास्टिकको पेस्तोल १ थान, सानो फलामको तलवार १ थान, उक्त तलवारको खोला र स्क्रि
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्रसिद्ध तिर्थ वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चतरणमा पुगेको छ । प्रत्यक बर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यस बर्ष कात्तिक १५ गते शनिवार एकादशिको दिनबाट सुरु भई कात्तिक १९ गते बुधवार पुर्णिमाको दिनसम्म गरेर ५ दिन आयोजना हुने वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उक्त मेला नगरपालिका र वडा कार्यालयको समन्वयमा वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको छ । मेलाको लागि मन्दिरमा रङ्गरोगन , कोसी नदीमा स्नान घाटको व्यवस्थ
सुनसरी । लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले एक व्यक्तिलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १२ गते दिउँसो करिब ३ बजेको समयमा इनरुवा नगरपालिका–४ बसचोकस्थित क्षेत्रमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाबाट संयुक्त टोली खटिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ पैदल गइरहेका संखुवासभा जिल्ला धर्मदेव नगरपालिका–४ बस्ने ३७ वर्षीय ओमनाथ घिमिरेलाई रोक्दै चेकजाँच गर्दा उनको साथबाट २.३६ ग्राम (दुई ग्राम तीन सय साठ्ठी मिलिग्राम) ब्राउन सुगर फेला परेको प्र
म भएर नै तिमीलाई तिमी मेरो हुने गरी प्रेम गर्छु... यिनै प्रेमिल हरफहरूबाट ‘अन्तिम सेलो’ कविता सङ्ग्रहको ढोका खोल्छु म । इन्दु नेपाल योन्जन कोमल हृदय भएका स्रष्टा हुन् । हरेक क्षण दवाबमा काम गर्नुपर्ने स्वास्थ्य संस्थाजस्तो क्षेत्रमा सक्रिय भएर पनि उनी काव्य लेखनमा समर्पित छन् । संवेदनशील हृदयका धनी कवि योन्जनको कविता सङ्ग्रह हो, ‘अन्तिम सेलो’ । अत्यन्तै कोमल शब्दहरूको पठनले गहिरो प्रेमभाव स्पर्श गर्न पाइन्छ, ‘प्रेम गर्छु’ कवितामा । त्यस्तै सङ्खुवासभा जिल्लाको ग्रामीण परिवेशलाई कवितामा उतारेर मातृस्थान पहिचानको पक्षधर बन
धरान/सुनसरीको धरान उपमहानगरपालिका–१५ भानु मार्गमा लागूऔषध कारोबारमा संलग्न एक युवक पक्राउ परेका छन् । बुधबार राति करिब ९ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको टोलीले शंका लागेका एक युवामाथि चेकजाँच गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रेहान लिम्बुको साथबाट स्पाइस ८६ पिस, डिकोलिक ७२ पिस र ट्रामाडोल १५९ पिस फेला परेका हुन् । उनी महादेव चौकबाट श्यामचोकतर्फ पैदल आइरहेका बेला पक्राउ परेका थिए । पक्राउ परेका लिम्बु र बरामद लागूऔषध इलाका प्रहरी कार्यालय धरानमा बुझाइएकाले थप अनुसन्धान भइरहेको प्रहरीले ज
धरान/ दशैं–तिहार सकिएसँगै अनुकूल मौसम र फुर्सदिलो समयको सदुपयोग गर्दै धार्मिक आस्था र पर्यटनसँग सम्बन्धित स्थलहरूमा घुमफिर गर्ने क्रम तीव्र बनेको छ । विशेषगरी पूर्वका रमणीय स्थलहरू र धार्मिक मठ–मन्दिरहरूमा भक्तजन तथा पर्यटकको चहलपहल बढ्दो क्रममा छ । धरान–१४ स्थित बुढासुब्बा मन्दिरको दर्शनका लागि देशका विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम निरन्तर बढेको छ । परिवारसहित पूर्वका धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलहरूको भ्रमणमा निस्किएका काठमाडौंका राजेन्द्र श्रेष्ठ पनि तीमध्ये एक हुन् । धरानमा एक रात बास बसेपछि शनिबार बिहानै बुढासुब्बा मन्दिर पुगेका श्रेष्ठले प
काठमाडौं/ जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण पूर्णरूपमा क्षतिग्रस्त बनेको ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालय अहिले धमाधम पुनर्निर्माण भइरहेको छ । असोज २४ गतेको आन्दोलनका क्रममा भएको घटनामा करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको मुख्यालय अहिले नयाँ स्वरूपमा रूपान्तरण हुँदैछ । पार्टी स्रोतका अनुसार भवनका भग्नावशेष हटाएर नयाँ संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । कार्यालयलाई आधुनिक सुविधासहित पुनः सञ्चालनमा ल्याउने तयारीमा एमाले नेतृत्व जुटिरहेको बताइएको छ । मुख्यालय पुनर्निर्माणपछि पार्टीका सबै केन्द्रीय विभाग र संगठनगत बैठकहरू त्यहीँबाट सञ्चालन गरिने तया
इटहरी/कोशी प्रदेशको इटहरी–२ आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापना गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने ऐतिहासिक योजना साकार भएको छ। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको सङ्कल्प, केन्द्रीय समितिको अभिभावकीय भूमिका र स्थानीय समुदायको सक्रिय सहभागितामा यो भव्य आयोजना सुरु गरिएको हो। असार शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीमद्भागवत् चतुर्मास पारायणको समापन अवसरमा आयोजना गरिएको “१०८ शिवलिङ्ग प्राण प्रतिष्ठा तथा आध्यात्मिक–धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम” कात्तिक १४ गतेदेखि २१ गतेसम्म चल्ने भएको छ। कार्यक्रमको सुरुवात कात्तिक १४ गते भव्य कलश शोभा यात्रासँग हुने छ भने कात्त
झापा/झापाको दमक नगरपालिका–२ पाङ्गिनी चोकस्थित भित्री सडकखण्डमा मङ्गलबार राति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। मंगलबार राति करिब ११:५५ बजे दमकबाट मोरङको टाडी तर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको यात्रुबस अनियन्त्रित भई सडक किनारको नालीमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बसमा करिब ३५ जना सवार थिए। दुर्घटनामा मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ। उनलाई उपचारका क्रममा खरखरेस्थित आम्दा अस्पतालमा डाक्टरले राति १२:२८ बजे मृत घोषित गरेका थिए। सोही बसमा सवार २१ जना यात्रु घाइते भएका छन्। घ