स्थानीय

    Showing 681-690 of 3,358 items.
  • आज बाला चतुर्दशी व्रत(शतबीज छर्ने)

    बालचतुर्दश्याः पुण्यं श्राद्धतर्पणपूर्वकम्।पितृभक्त्या समाराध्यं सद्गतिर्मोक्षदायिनी॥ बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुन्छ।पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ। पितृका नाममा दीप दानआजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ । शत बीज छर्ने चलनआउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौ

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • 300 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा सडक दुर्घटना न्यूनीकरणको लागि जागरण अभियान

    धरान । कोशी प्रदेशमा सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिने भएको छ । सडक दुर्घटना न्यूनीकरण गर्नका लागि उक्त अभियान सञ्चालन गर्ने भएको हो । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबैलाई साथमा लिएर आधारभूत तहसम्म अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन। पुस देखि चैतसम्म सञ्चालन हुने अभियानमा यातायात मजदुर तथा सडक प्रयोगकर्तालाई सडकमा यात्रा गर्दा अपनाउनु पर्ने सतर्कता, नियम र अनुशासनबारे सचेत गराइनेछ । कोशी प्रदेशको १४ वटै जिल्ला सञ्चालन हुने अभियानको पहिलो चरणमा सप्तकोशीदेख काकडभिट्टासम्मका सडक, दोस्रो चरणमा पहाडी जिल्लाहरू र ते

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 227 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका पूर्वमन्त्री अधिकारी विरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको माग छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आय

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 94 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पब्लिकमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सकियो

    धरान ।श्री पब्लिक हाइ स्कूल, धरानमा इलाका प्रहरी कार्यालय, धरानद्वारा आयोजित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत साइवर अपराध तथा बालविवाह रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विहीबार विद्यालयको सभाहलमा आयोजित यस कार्यक्रमको सहजिकरण प्रहरी निरिक्षक कोमल ठाकुरले गर्नु भएको थियो। कार्यक्रम नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, र विद्यालयको साझेदारीमा सञ्चालन गरिएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रकाश जवेगुले भने, “लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिवद्धता र समाजका सबै तहमा ऐक्यवद्धता निम्त्याउने उद्देश्यले नेपाल सरक

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 81 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १९ औ अम्वर ललित डिपो कपको तयारी शुरु,पुष १२गते देखि हुने

    घो्पा । सुनसरीको धरानमा निरन्तर हरेक बर्ष हुँदै आएको अम्वर ललित डिपो कप यस बर्ष भने आउने पुस १२ गते देखि सुरु हुने भएको छ ।आयोजक डिपो स्कुलले शुक्रबार पत्रकार सम्मेलनको बारेमा जानकारी दिएको हो । यो बर्ष १९ औ संस्करण हुने छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् ।पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रिया

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 456 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाजा खर्च कटाएर अपाङ्ग गृहलाई १० हजारको खाद्य सामाग्री

    धरान/ हिबिस्कस इड।लिस वोडिड। स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोृग गरेकाछन् । विद्यार्थीहरुले धरान १ स्थित छाता चोक अस्पतालको पुनस्थापना गृहमा १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सवैले मिलेर सहयोग गरेको वताइन । सवैले दैनिक खाजा खर्चबाट थोरै रकम वचाउदा पनि असहायहरुलाई सहयोग गर्न सहेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ ।राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ, सावुन लगायतका सामाग्री ग

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 360 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको हल्दिबारीमा गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा

    झापा/ हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ । गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप दुई हजार प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छभने निःशुल्क

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 210 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

    विराटनगर/ कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु भएको पाइएको । पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु रहेको बताएका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन आफ्नो पहिलो सङ्कल्प रहेको मन्त्री राईले बताए । उनले भने, ‘मन्त्रालयबाट हुने ढिलासुस्तीलाई निरुत्साहित गरी आमनागरिकले प्राप्त गर्ने सेवा विस्तार तथा निःशुल्क औषधि खरिद प्रक्रियालाई प्राथमिकता दिई काम भईरहेको छ, अब जनताले राहतको अनुभूति गर्नेछन् ।’ मन्त्रालयमा आवश्यक जनशक्तिको

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 155 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज डलरको भाउ कति छ?(हेर्नुहोस्)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 251 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरु

    धरान । मंशीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि भएको छ । मतदान हुनको लागि ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनेर निर्वाचन आयोगले भनेको छ ।विशेषगरि स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्ने गरेको छ ।मौन अवधिमा मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 180 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved