ठूला कुरा गर्दिन,जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

  • फागुन ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगबती चौधरीले पुरा गर्न नसकिने आश्वासन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

इटहरीमा सुनसरीका बुद्धिजिवीहरु सँग भन्नुभयो “म ठूलठूला तर पूरा हुन नसक्ने झुठा आश्वासन दिन्न तर जे प्रतिबद्धता जनाँउछु त्यो पुरा गरेर देखाँउछु ।

” चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै १० नमुना क्षेत्र मध्ये एउटा नमूना क्षेत्रका रुपमा विकास गर्ने आफू सँग स्पष्ट योजना रहेको सुनाउनुभयो । 

अघिल्लो चुनाबमा काँग्रेसका बिजय गच्छदारलाई ५हजार १सय ८८ मतान्तरले पराजित गरेकी चौधरीले तीन वर्षको अवधिमा करिब सवा अर्बको विकास बजेट ल्याएको बताउनुभयो ।

ती मध्ये धेरै योजना पुरा भएका,केहि संचालनमा रहेका र केहि अधुरा रहेकाले पूरा गर्ने जिम्मेवारी सुम्पन आग्रह गर्नुभयो । 

अहिले सम्म २ हजार बढिलाई रोजगार दिलाएको जानकारी गराउदै चौधरीले कम्तिमा ५ हजार युवाहरुलाई आफ्नै घरमा बसेर पैसा कमाउन सक्ने बनाउने योजना सुनाउनुभयो । उहाँले २७५ एकल,दलित,बिपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गरिसकेको बताउनुभयो ।

दुई बर्षमा अरु ४ सय बिपन्न परिबारलाई घर बनाइदिने प्रतिबद्धता जनाउनुभयो ।

अन्तरक्रियामा सहभागी बुद्धिजिवीहरुले भगबती चौधरी स्वच्छ छबीको रहेको भन्दै प्रशंसा गरेका छन । उहाँलाई पूरा गर्न नसकिने कुरा नगर्न,अरु उम्मेदवारको आलोचना नगर्न बरु आफूले गरेका कामको जानकारी घर घर पुरयाउन सुझाब दिएका छन ।

बुद्धिजिबीले हेर्दा सानो तर परिणामुखी काम गर्न सुझाएका छन । एमाले उम्मेदवार चौधरीले प्रतिबद्धता पत्र सार्बजनिक गर्नु अघि बुद्धिजिबी सँग परामर्श गर्नुभएको हो ।

कार्यक्रममा तीन दर्जन बढी एमाले मात्र नभएर अन्य दलप्रति आस्था राख्ने र स्वतन्त्र बुद्धिजीबीको सहभागिता थियो ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved