टिकाराम लिम्बुलाई धरान–५ मा फुलमालालले स्वागत

  • फागुन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–५ देविगाउँकी कुलमाया मगरले नेकपा एमालको युवा उम्मेदवार टिकाराम लिम्बुलाई सोमबार आफ्नै आँगनमा फुलमालाले स्वागत गरिन ।

मतदाताहरुसँग भोट माग्दैंं पुगेका लिम्बूलाई मगरले जितको आर्शिवात पनि दिइन । नेकाप एमालेबाट प्रदेशको सभामुख भएका प्रदिप भण्डारी, हालका प्रदेश सभा सदस्य रमेश बस्नेत, पूर्व प्रतिनिधी सभा सदस्य जयकुमार राईले धरान–५ क्षेत्रका विकासमा ठूलो योगदान दिएको पनि स्मरण गराइन ।

मुना क्लवको भवन, काठेपुलदेखि माथिको पिच सडक, कन्यापोखरीसम्म सडक सञ्जाल पु¥याउन एमालेको योगदान ५ नं. वडा निर्वाचन परिचालन संयोजक राम आम्बुहाङले स्मरण गराए ।

५ नं. वडामा नेकपा एमालेको नेतृत्वमा यहाँका जनताले सुविधा पाएकाले अवका वाँकी योजनाहरु पुरा गर्न र थप विकासका लागि एमाले भन्दा अरु दलको विकल्प नभएको स्थानीय दिपेस मगरले बताए ।
एमाले उम्मेदवार टिकाराम लिम्बु र समानुपातिक उम्मेदवार मौसम राईसहित आज ५ नं.क्षेत्रमा जनताको घर दैलोमा पुगेर उनीहरुको समस्या सुन्ने काम गरेका छन् ।

उनीहरुको समास्या र गुनासोहरु टिपोट गरेर निर्वाचन पछि समाधान गर्ने उम्मेदवार लिम्बूले प्रतिवद्धतासमेत जनाएका छन् । सडक, विद्य्त र सञ्चार, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत कुरा आफु विजयी भए पछि सुनिश्चिता गर्ने नेता टिकाराम लिम्बूले बताए ।

धरान–४ र ५ धरानको विकट क्षेत्र भएकाले आफु प्रदेशमा हुदा प्राथमिकतामा राखेर विकासका कार्यक्रमहरु ल्याएको कोशी प्रदेशका संस्थापक सभामुख भण्डारीले बताए ।

अव यि क्षेत्रलाई एमाले नेतृत्वले थप पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि पहल कदमी हुने उनले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved