स्थानीय

    Showing 671-680 of 5,041 items.
  • देवीथान संरक्षण समितिमा पुनः रेवती रमण राईको नेतृत्व

    धरान/ धरान–१८ मा अवस्थित एक मात्र साझा धार्मिक तथा सांस्कृतिक सम्पदा देवीथानको संरक्षणका लागि सक्रिय देवीथान संरक्षण समितिले आफ्नो १९औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले पुनः रेवती रमण राईलाई सर्वसम्मतरुपमा समितिको अध्यक्ष चयन गर्दै उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा ज्योति राई, सचिवमा खेमराज राई, सहसचिवमा सुमेश पोख्रेल, कोषाध्यक्षमा टंकमाया लिम्बु चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा दिवन राई, सिता (राना) राई, संगिता राई, दुर्गाप्रसाद राई, निर्मल राई, क्याप्टेन कुविरजङ्ग राई, सरिता गोतामे र किरण खराल रहेका छन्। अध्यक्ष रा

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 399 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी कप :नेपाल पुलिस र ज्वालामुखी सेमिफाइनलम

    धरान/ सुनसरी जिल्लामा जारी अन्तरविद्यालय सुनाखरी कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका क्वाटरफाइनल खेलहरूमा नेपाल पुलिस स्कुल र ज्वालामुखी स्कुलले प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले माउन्ट हर्मन स्कुललाई ६–१ को निर्णायक अन्तरले हरायो। खेलमा पुलिसका समीर राई चम्किए—पहिलो हाफको १०औँ मिनेट, दोस्रो हाफको २०औँ र २३औँ मिनेटमा गरी उनले ह्याट्रिक पूरा गरे। साथै, उज्ज्वल थापा ले पहिलो हाफको १९औँ र दोस्रो हाफको १२औँ मिनेटमा दुई गोल जोडे। विकास मगर ले दोस्रो हाफको १७औँ मिनेटमा एक गोल थपे।   दोस्

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृ*त्यु, एक गम्भीर

    धरान/  सुनसरीको धरान–८ तीनकुनेमा रोकेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा शुक्रवार बिहानका राति एक जनाले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत तीनकुनेस्थित सडकको छेउमा पार्क गरिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा राति १ः३० बजेतिर धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल जोरदार रूपमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक इटहरी–४ का २५ वर्षीय मञ्जिल लिम्बू र पछाडि सवार इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते बनेका थिए। उपचारका लागि बीपी क

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 744 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागुऔषधसहित दुई जना पक्राउ

    धरान/ सुनसरीको धरानमा शङ्कास्पद रूपमा हिँडिरहेका दुई जनालाई प्रहरीले लागु औषधसहित नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद गरेको लागुऔषध विभिन्न एम्पुल र चक्की रहेको छ भने दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान पठाइएको छ। आज दिउँसो १ बजे धरान उपमहानगर–८ स्थित ट्राफिक कार्यालय छेउबाट वडा प्रहरी कार्यालय भानु चोकबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई चेकजाँच गरिएको थियो सो क्रममा उनीहरूको साथबाट लागुऔषध फेला परेपछि प्रहरीले धरान–१६ बस्ने ४५ वर्षीय शरण श्रेष्ठ र धरान–१५ बस्ने ४० वर्षीय दीपक तामाङलाई नियन्त्रणमा लिएको थियो । प

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 1,241 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट डेढ क्विन्टल गाँजा बरामद, स्कारपियो चालक पक्राउ

    सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–७ चाँदवेलामा सशस्त्र प्रहरीले चलाएको विशेष अपरेसनबाट डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ । ठूलो परिमाणको अवैध पदार्थसहित एक युवक पक्राउ परेका छन् । बिहीबार बिहान दक्षिणतर्फ गइरहेको बा १५ च २१७३ स्कारपियो  र को २७ प ८३३१ मोटरसाइकल चेकजाँचका क्रममा प्लास्टिकका प्याकेटमा बेरिएको १ क्विन्टल ५३ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले जानकारी दिए । चाँदवेलाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जको टोलीले अपरेसन सञ्चालन गरेको थियो । नियन्त्रणको

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘निर्धक्क भएर व्यवसाय चलाउनुस्’: सुनसरी प्रशासन प्रमुख घिमिरे

    सुनसरी/ जेनजी आन्दोलनपछि सामान्य अवस्था फर्किएको सुनसरीमा उद्योगी–व्यवसायीलाई निश्चिन्त भएर उद्योग–व्यवसाय सञ्चालन गर्न जिल्ला प्रशासन प्रमुख बासुदेव घिमिरेले आह्वान गरेका छन्। आन्दोलनका कारण उत्पन्न अस्पष्ट वातावरण अब दोहोरिन नदिने विश्वास दिलाउँदै उनले व्यवसायिक गतिविधि आत्मविश्वासका साथ अघि बढाउन आग्रह गरे। बुधबार सुनसरी उद्योग वाणिज्य संघ, धरानले आयोजना गरेको ‘स्वागत तथा फेरि भेटौँला–शान्ति सुरक्षा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै घिमिरेले आन्दोलन र अपराधबीच स्पष्ट भिन्नता रहेको बताए। उनले आन्दोलनको नाममा अपराध गर्ने तीन जनालाई पक्राउ गरिसकेको जानकारी दिंदै,

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 396 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बोराबाधमा पर्यटकको ओइरो, दैनिक ५ हजार पर्यटकले भरिने कोशी किनार

    सुनसरी/ बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बनेको छ।   केही वर्षअघिसम्म सुनसान रहने यो क्षेत्र अहिले सूर्यास्तको मनमोहक झल्को, नदी किनारको खुला भू–दृश्य, क्याम्प फायर, रिसोर्ट र खानापसलको विस्तारसँगै दैनिक हजारौँको भेटघाट बढेको छ। स्थानीय व्यवसायी बिकुल श्रेष्ठका अनुसार मङ्सिर १ देखि सुरु गरिएको क्याम्प फायर सेवा विशेष रूपमा लोकप्रिय बनेको छ। उनका अनुसार अहिले १० जना कामदारसहित क्याम्प फायर सञ्चालनमा छ र स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा स्वाद लिन आउनेको

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा सेना ‘पहिलो र अन्तिम भरोसा’

    धरान/  कोशीटप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा जैविक विविधता संरक्षण र विपद् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आरक्ष र वरपरका क्षेत्रमा अप्ठ्यारो अवस्थामा सेना ‘सबैभन्दा पहिले र अन्तिम भरोसा’का रुपमा खटिइरहेको छ, जसले स्थानीय समुदाय, पर्यटक र वन्यजन्तुका लागि सुरक्षित वातावरण सुनिश्चित गरिरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले प्रकृति संरक्षण र जैविक विविधता कामय गर्ने सन्दर्भमा सेना अहोरत्र खटिइएर महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । “कोशी टप्पुमा सेनाको मुख्य जिम्मेवारी वन्यजन्तु संरक्षण गर्नु र अवैध चोरी, सिकारी

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 382 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–११ मा किशोरमाथि मध्यराति हतियार प्रहार, तीन जना फरार

    सुनसरी/  धरान उपमहानगरपालिका–११ मा मङ्गलवार मध्यराति एक किशोरमाथि धारिलो हतियार प्रहार भएको छ। राति करिब १ः३० बजे घर बाहिर निस्किएका लाक्पा राईका १५ वर्षीय छोरा आकाश राईमाथि तीन जनाको समूहले अचानक आक्रमण गरेको प्रहरीले जनाएको छ। हतियार प्रहारबाट आकाश गम्भीर घाइते भएका छन्। उनको बायाँ कुममा गहिरो चोट लागेको र तत्कालै धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ। आक्रमणमा संलग्न तीनै जनाको पहिचान खुलेको छैन। घटनापछि फरार उनीहरूको खोजी कार्य इलाका प्रहरी कार्यालय धरानले तीव्र बनाएको छ। प्रह

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 1,518 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ६० एम्पुल लागुऔषधसहित युवक पक्राउ

    सुनसरी/  सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ६० एम्पुल प्रतिबन्धित औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ १६:१२ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको टोलीले उदयपुर, चौदण्डीगढी–६ का ३० वर्षीय नाम्सु आले मगरलाई पूर्वबाट पश्चिमतर्फ पैदल हिँडिरहेका बेला शंकास्पद देखिएपछि रोकेर चेकजाँच गरेको थियो। खानतलासीका क्रममा उनले बोकेको झोलाभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र ब्रुपेनोर्फिन २० एम्पुल लगाय

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 461 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved