वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दसौं साधारण सभा तथा तेस्रो विधान अधिवेसन ( २०८२ आयोजना गरेको छ ।
बुधवार उपभोक्ता समितिले कार्यालयको सभाहलमा समितिको बार्षिक प्रगति प्रतिवेदन , संस्थाको अवस्था , आर्थिक वर्ष २०८०र८१ को लेखा समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन , अनुगमन समितिको प्रतिवेदन तथा साधारण सभामा प्रस्तावहरु पेस गरिएको थियो ।
सभामा समितिका अध्यक्ष डम्वर प्रसाद सिग्देलले बार्षिक प्रगति प्रतिवेदन , भाबि योजना र साधारण सभाको बन्द सत्रमा छलफल तथा निर्णयकालागि प्रस्तावहरु पेस गरेका थिए ।
सभामा शोक प्रस्ताव , आर्थिक वर्ष २०८१र८२ को लेखा परेक्षण प्रतिवेदन छलफल र अनुमोदन , समितिको प्रतिवेन अनुमोदन , तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको विधान २०८२ को सम्बन्धमा , वाह्य लेखा परिक्षक नियक्ति सम्बन्धमा, समायानुकुल पानी महशुल समायोजन सम्बन्ध लगायतको प्रस्तावहरु माथि छलफल गरि निर्णय गरिने तोरीवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बर प्रसाद सिग्देलले बताए ।
साधारण सभामा नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । समितिका अध्यक्ष डम्बर प्रसाद सिग्देलको सभाध्यक्षयतामा सम्पन्न उद्घाटन सत्रमा , वडा नं १ का अध्यक्ष किसन थापामगर , वडा नं २ का सदस्य झपड कटुवाल, समितिका सल्लाहकार प्रह्लाद भट्टराई, ओमकुमार शर्मा , खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सुनसरी सचिब गंगा प्रसाद दाहालले शुभकामना मन्तव्य राखेका थिए । समितिका सचिब दिपक कोईरलाले सञ्चालन गरेको कार्यक्रममा समितिका उपाध्यक्ष राजु कार्कीले स्वागत भाषण गरेका थिए ।