सुनसरी–१ मा सुजेन्द्रको जितले देशको नेतृत्व तय गर्छ : विश्वप्रकाश

  • फागुन ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरी–१ बाट काँग्रेस उम्मेदवार सुजेन्द्र तामाङ विजयी भए देशको नेतृत्व परिवर्तनको मार्ग खुल्ने बताएका छन्।

सुनसरी–१ मा तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै शर्माले क्षेत्रीय जितले राष्ट्रिय राजनीति प्रभावित गर्ने दाबी गरे। “यस क्षेत्रबाट सुजेन्द्र तामाङ विजयी भए, त्यो मतले गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने बाटो खोल्छ,” उनले भने।

राष्ट्रिय सङ्कटको घडीमा देश सिकारुलाई नभई परिपक्व र अनुभवी शक्तिलाई जिम्मा दिनुपर्ने उल्लेख गर्दै उनले काँग्रेस नै आँधी–हुरीमा पनि देशको बागडोर सम्हाल्न सक्ने दल भएको दाबी गरे। “राज्य सञ्चालन खेल होइन, जिम्मेवारी हो,” उनले जोड दिए।

शर्माले विगतमा १० वर्षे द्वन्द्व अन्त्य गरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)लाई शान्तिपूर्ण राजनीतिमा ल्याउन काँग्रेसले खेलेको भूमिकाको स्मरण गरे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ‘बन्दुकले बन्दुकको समाधान हुँदैन’ भन्ने सिद्धान्तबाट देशलाई ठूलो रक्तपातबाट जोगाइएको उनले बताए।

उनले राजनीतिक अस्थिरता नै देशको मुख्य समस्या भएको उल्लेख गर्दै ३४ वर्षमा ३० जना प्रधानमन्त्री फेरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। स्थिरताका लागि पाँच वर्ष निरन्तर सरकार चल्ने संस्कार आवश्यक रहेको उनको भनाइ थियो।

काँग्रेसले यस पटक १६५ क्षेत्रमध्ये १०६ नयाँ अनुहार उम्मेदवार बनाएको जानकारी दिँदै उनले युवाशक्ति, महिला र दलित प्रतिनिधित्वलाई प्राथमिकता दिइएको बताए।

सुनसरी–१ का उम्मेदवार तामाङलाई इमानदार, योग्य र आफ्नै माटोमा सेवा गर्न प्रतिबद्ध व्यक्तिका रूपमा चित्रण गर्दै उनले मतदातालाई “रुख” चिन्हमा मतदान गर्न आग्रह गरे। साथै समानुपातिकतर्फ निर्मला गुरुङलाई मत दिन पनि अपिल गरे।

विदेशमा रहेका युवाहरूलाई समेत आफ्नो क्षेत्रको विकासका लागि सक्रिय हुन आह्वान गर्दै शर्माले बदलिएको काँग्रेसले अब देश बदल्ने दाबी गरे।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved