‘शिक्षा–स्वास्थ्य–रोजगारी’ मा पहुँच विस्तार गर्ने टीकाराम लिम्बूको प्रतिबद्धता

  • फागुन ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ ९८ वर्षीया तुलसादेवी सापकोटाबाट टीका तथा आशिष ग्रहण गर्दै टीकाराम लिम्बूले धरान–८ मा औपचारिक रुपमा घरदैलो अभियान सुरु गरेका छन्।

नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा उम्मेदवार लिम्बू र समानुपातिक उम्मेदवार मौसम राई जनतासँग प्रत्यक्ष संवादमा उत्रिएका हुन्।

२०४८ सालदेखि निरन्तर प्रभाव जमाउँदै आएको सुनसरी–१ मा २०६४ बाहेक एमालेको जितको इतिहास रहेको छ। यसपटक भने ४१ वर्षीय कानुनका ज्ञाता लिम्बूलाई मैदानमा उतारेपछि क्षेत्रभर ‘युवा लहर’ चलेको मतदाताहरू बताउँछन्।

जेनजी पुस्ताको भावना समेट्दै पार्टीले नयाँ अनुहार अघि सारेको नेताहरूको दाबी छ।

फागुन ४ गतेदेखि सुरु भएको घरदैलो कार्यक्रममा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको निर्वाचन परिचालन कमिटीका संयोजक मञ्जु भण्डारीले जानकारी दिनुभयो।

वडा निर्वाचन परिचालन कार्यालय धरान–८ बाट २०४९ सालका निर्वाचित वडा अध्यक्ष रुद्रबहादुर लिम्बू, हालका वडा अध्यक्ष धनबहादुर राईलगायतले माल्यार्पण गर्दै अभियान शुभारम्भ गरेका थिए। टोल–टोलमा आयोजित भेटघाटमा पार्टी सदस्य र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

मतदाताहरूको जिज्ञासाको जवाफ दिँदै लिम्बूले शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “जनताको मौलिक अधिकार सुरक्षित गर्न कानुन निर्माणमा सशक्त भूमिका खेल्छु,” उहाँले भन्नुभयो।

धरान–८ मा सुकुम्बासी समस्या समाधान, खहरे खोलाको बाढी नियन्त्रण, जीर्ण सभागृहको स्तरोन्नति आफ्नो पहिलो प्राथमिकता हुने पनि उहाँको भनाइ छ। प्रतिनिधि सभा सदस्यको मुख्य काम कानुन निर्माण भए पनि जनताको सुख–दुःखमा सधैं साथ रहने प्रतिवद्धता लिम्बूले व्यक्त गर्नुभएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved