धरान । कोरोना संक्रमणको पहिलो जोखिममा काम गरिरहेका स्टाफ नर्सहरुको सुरक्षा व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठानमा उपचार गराई रहेका बिरामीहरुमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भइसक्दा पनि प्रत्यक्ष जोखिममा रहेका स्टाफ नर्सको सुरक्षामा बेवास्ता गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आफ्ना मागहरु सहित प्रतिष्ठानका कार्यरत सम्पुर्ण नर्सहरुले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानका चारै जना प्रमुख पदाधिकारीहरु सहित मेट्रोनको समेत ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । दुई दिन भि
इटहरी । जताततै कोरोनाको सन्त्रास बढिरहेका बेला इटहरीमा मंगलबार बिहान थप सात जनामा संक्रमण पुष्टी भएको छ । इटहरी उपमहानगर वडा नं. ६ का दुई महिला, एक पुरुष, वडा नं. ४ का एक पुरुष, वडा नं. २० की एक महिला र जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनामा रहेका इटहरीका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताए । यो संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ८७ पुगेको छ भने निको भएर घर फर्किएकाहरूको संख्या २६ पुगेको छ । पछिल्लो एक महिना यता कोरोना भाइरसको संक्रमणबाट इटहरी २० तरहरा पनि उच्च जोखिममा परेको देखिएको छ । मंगलबार बिहान एक महिलालाइ संक्
धरान । अस्पतालमा फ्रन्टलाइनमा बसेर बिरामीलाई सेवा दिने स्टाफ नर्सहरुनै कोरोनाको जोखिममा रहेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा रहेका दुई जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भए पछि झन उनीहरुमा कोरोना संक्रमणको जोखिममा रहेका छन् । दिनहुँ बिरामीहरुको नजिक रहेर काम गरिरहेका उनीहरु ड्युटी सकिए पछि घर जानुपर्छ उनीहरुको घर पनि असुरक्षित नै हुन्छ । उनीहरुको सुरक्षाको लागि सम्बन्धित निकाय मौन रहेको छ । न त प्रतिष्ठानले उनीहरुको सुरक्षा सँगै पिसिआर जाँच तथा क्वारेन्टाइनको व्यवस्था गरिदिएको छ न त नर्सहरुको सँस्थाले नै उनीहरुको लागि कुनै पहल गरिदिएको छ । सोमब
धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराइ रहेका धरान ८ का एक कोरोना संक्रमीतको मृत्यु भएको छ । धरान वडा नम्बर ८ बरगाछिका का ६८ बर्षीया पुरुषको आईतबार बेलुका ६/३५मा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।प्रतिष्ठानका प्रवक्ताका डा निदेश सापकोटाका अनुसार साउन २९ गते रिर्पोट पोजेटिभ आएको र ३० गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनका अनुसार मृतकलाई उच्च रक्तचाप मधुमेह ,श्वास प्रश्वासमा जस्ता दिर्घकलिन रोग समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए । यो संगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
धरान । धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका धरान १५ कृष्ण पथका ६७ वर्षिय वृद्धको आज मृत्यु भएको हो । यस अघि धरान १५ कै दशरथ पथका ७२ वर्षिया वृद्धाको मृत्यु भएको थियो । शनिबार आज मृत्यु भएका वृद्धको स्वास्थ्य अवस्था गम्भीर भएपछि गए राति प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट पनि उनको ज्यान बच्न सकेन । उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको बताइएको छ । वृद्धलाई एक सातादेखि अत्यधिक खोकी, श्वास
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा १ सय २ जना संक्रमित उपचाररत छन् भने २ सय ९६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । सय हाल सम्म प्रतिष्ठानमा २० हजार १७५ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ३ जना नयाँ भर्ति भएका छन् ।
विराटनगर । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमाबार साँझको रिर्पोट अनुसार विराटनगरमा थप २३ जनामा संक्रमण देखिएको छ । पछिल्लो परीक्षणमा स्थानीय दैनिकका पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएका साप्ताहिक पत्रिका पत्रकार होम आईसोलेसनमा छन् । पत्रकारले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधान रहन र परीक्षण गर्न आग्रह गरेका छ्न ।संक्रमण भएका पत्रकार आईसोलेसनमा छन् ।
पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा त हुँदै हो । अझ द्वन्द्वकालीन समयका पत्रकार दुईधारी तरबारका धार टेकी हिंड्ने यात्री हुन्, चिप्लिए सकिए । २०५२ सालबाट माओवादीले देशमा सशत्र विद्रोहको थालनी गर्यो। मुलुकमा जनताले दुई बन्दुकहरुको नोखमा दैनिकी चलाउनुपर्ने भयो । एकातिर राज्यका प्रहरी र सेना अर्कातिर विद्रोही माओवादीको लालसेना । माओवादीले गाउँ, बजार, जिल्ला कब्जा गरी जनसरकारको घोषणा गरिरहेका थिए । जनअदालत निर्माण गरिरहेका थिए । यतातिर स्वतन्त्र, तटस्थ र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिनुपर्ने कठिन घडी थियो । ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्ति सीमिति थिए । राज्य र विद्रोही दुवैको नज
धरान । बिगत २ वर्ष देखि डायलासिस गराइरहेका कोरोना संक्रमित सिरहाका एक युवाको मृत्यु भएको छ । बुधबार उनिमा कोरोना संक्रमण पुष्टि भएको थियो । जनकपुरमा डायलासिस गराइ रहेको उनको स्वास्थ्यमा समस्या बढदै गए पछि बिहिबार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । डायलासिसको क्रममै उनको मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा। निदेश सापकोटाले बताए । जनकपुरबाट रिफर भएर आएका २५ बर्षीय युवाको हिजो राती १० बजेर ४५ मिनेटमा निधन भएको सापकोटाले जानकारी दिए । मृतक सिरहाको गोलबजार निवासी हुन् । मृतकको शव पठाउनको लागि आवश्यक समन्वय भइरहेको पनि प्रवक्ता डा।सापकोटाले जानकारी दिए
धरान ।दुई साता अघि भारतको बिहार बाट आएका धरानका एक तरकारी ब्यापरी मा पनि कोरोना पुष्टि भएको छ । धरान ९ मा डेरा गरि बस्ने ती व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको हो । धरान २ स्थित भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्दै आएका थिए । स्वाब संकलन गर्नुअघिसम्म उनी तरकारी बिक्री गर्न जाने गरेको पाइएको छ । तरकारी बिक्री गर्ने क्रममा उनको धेरै जना सङ सम्पर्क भएको हुन सक्ने भएकोले कोरोना संक्रमण फैलिन सक्ने देखिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमित सब्जी व्यापारीको बुबाको भने रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ सब्जी व्यापारीको कन्ट्याक धेरै जना ग्राहकसँग