धरान ः धरानमा गठबन्धनकको तर्फबाट नेपाली काँग्रेसका किशोर राईले मेयरको टिकट पाएका छन् । काँग्रेसका पूर्व नगर सभापति समेत रहेका राईलाई धरानको मेयरमा उठाउने निर्णय काँग्रेसले गरेको छ ।नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारीले सो कुराको पुष्टि गरे ।
धरान । आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरुमा उम्मेद्धवारहरुको नामावादी टुंगो लगाएको छ । १ देखि २० वटा वटाहरुबाट उम्मे्द्धवार हुने नामावाली टुंगो लगाएको नेकपा एमाले धरान उपमहानगरका अध्यक्ष हर्कजंङ एभेङले वताए ।अध्यक्ष एभेङले भने,“उम्मेद्धवार छनौट सर्व सम्मत भएको छ , निर्वाद रुपमा जनताले रुचाएका उम्मेद्धवार भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने छन् ।” यस अघि नै धरान उपमहानगरको मेयर र उप मेयरका लागि नेकपा एमाले केन्द्रिय कमिटीको वैठकले उम्मेद्धवार टुङ्गो लगाएको छ । मेयरका लागि मन्जु भण्डारी सुवेदी र उप मेयरमा प
धरान । नेकपा एमाले धरान उपमहानगर वडा नं १० निर्वाचन परिचलान समितीको कार्यालय सोमबार उद्घाटन गरिएको छ । एमालेको तर्फबाट उम्मेद्धवार वनेका मेयर मन्जु भण्डारी सुवेदी र उप–मेयर पदम इस्वो सहित नेता तथा कार्यकर्ताको उपस्थितीमा कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी मेयरका उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले आसन्न स्थानीय तहको निर्वाचनमा सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर बिजय गर्न गराउन आग्रह गरिन् । भण्डारीले धरान उपमहानगर भरी नै एमालेमय भएको भन्दै यसपालीको निर्वाचनमा एमालेको जित सुनिश्चत हुने वताइन् ।उप मेयरका उम्मेद्धवार पदम इस्वोले आम धरानवासीले एमालेको उम्मेद्धवारलाई जित
धरान/ वैशाख ३०मा हुने स्थानीयतहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेद्वारमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्वो चयन भएका छन् । शनिवार एमाले केन्द्रयी सचिवालयको बैठकले मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्वोलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । भण्डारी ७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिइन् । उनै भण्डारीलाई पार्टीले पुनः मेयरमा दोहो¥याउन लागेको हो ।
धरान । धरानमा टाइफाइड खोप अभियान बैशाख ८ देखि १७ गते सम्म हुने भएको छ । स्वास्थ्य महाशाखा धरान उपमहानगरपालिकाको आयाोजनामा १५ महिना देखि १५ बर्ष उमेर सम्मका बालबालिकाहरुलाई लक्षित गरि अभियान शुरु भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै धरानका २० वटै वडामा टाइफाइड खोप संञ्चालन हुने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । नेपालमा प्रत्येक बर्ष १५ हजार विमारीले टाइफाइडबाट ज्यान गुमाउने गरेका छन । यसलाई फैलिन नदिन र यो रोगलाई नेपालमा शुन्य दरमा ल्याउन बालबालिकाहरुलाई अनिवार्य खोप लगाउनु पर्ने मेहेताले बताए । १५ बर्ष भन्दा माथिका उमेर समुहलाइ यस्ले त्यति असर नपार्ने भएकाले खोप १५ महिना द
धरान । धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान र एभरेष्ट भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । आजको खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको छ । यस अघि नै दुधे भेट्रान र लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज भएको पहिल हाम्रो इटहरी भेट्रानलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । दमक लखनपुरकालागी विकास राई र देउमान लिम्बूले २÷२ गोल गरेका थिए । इटहरीका निर्मल तामाङले गोल गरे भने अर्काे गोल दमकले आत्माघाती गरेको थियो । खेलको म्यान अफ द म्याच दमकका विकास राई घोषित भए । उनलाई नगद १५ सय सहित मेडल प्रदान गरिएको थियो । त्यस्तै आज भएको दोस्रो खेलमा
धरान । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि आंकाक्षीहरु धेरै भए पछि ठुला दलहरुलाई उम्मेदवार टुङ्ग्याउन सकस भइरहँदा गठबन्धन बाहेकका साना दलहरु भने सर्वसम्मत उम्मेदवार चयन गरेर चुनावी अभियानमा होमिन थालेका छन् । धरान उपमहानगरपालिकाको मेयर, उपमेयरका लागि साना दलहरुले उम्मेदवार सार्वजनिक गर्न थालेको हो । ठुला दलहरुबाट उम्मेदवारका आकांक्षी धेरै भए पछि उनीहरुलाई सकस परेको छ । साना दलमा पनि आकांक्षी धेरै देखिए पनि उम्मेदवार सर्वसम्मत गर्न चयन गरेका छन् । यस बिच राष्ट्रिय प्रजातन्त्र पार्टीले धरान उपमहानगरपालिकाको मेयरका लागि नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने सर्व
धरान । धरानमा अन्तर वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । धरान भेट्रान फुटबल क्लबको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही बैशाख ८ र ९ गते फुटसल प्रतियोगिता हुने भएको हो । धरान ८ स्थित हाम्रो फुटसलमा हुने प्रतियोगिताको विजेतालाई १ लाख ३१ हजार र उपविजेतालाई ६१ हजार नगद पुरस्कार दिइने प्रतियोगिता संयोजक रवि राईले जानकारी दिए । प्रत्येक टोलीमा २ जना अफिसियल सहित १२ जना रहने आयोजकले जनाएको छ । धरानमा पहिलो पटक सेभेन साइज फुटसल कोर्टमा वडा स्तरीय प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन सम्बन्धीत वडाकै खेलाडी हुनुपर्ने अनिवार्य शर्त रहेको पनि आयोजकले जनाएको छ । प्रतियोगि
धरान । धरानमा चुलिएको खानेपानी अभावका कारण नर्सरी व्यवसाय संकटमा पर्दै गएको छ । उनीहरु नर्सरी व्यवसाय छोडेर विस्थापित हुने अवस्थामा पुगेका छन् । पानी अभावकै कारण धरानमा रहेका दुई दर्जनभन्दा बढी व्यवसायीले व्यवसायबाट हात धुनुपर्ने अवस्था आएको छ । १० बर्षदेखि धरान ७ शान्तिपथमा क्यामेलिया नर्सरी सञ्चालन गर्दै आएका राजेश राईले नर्सरी व्यवसाय पानी विना चल्नै नसक्ने बताए । उनले भने, ‘यो समस्या अहिलेको मात्र हैन, बर्षेनी हुने गर्छ, सुख्खा मौसमका समयमा खानेपानी वितरण गर्ने जिम्मेवार निकायले हाम्रो कुरा नसुनिदिएका कारण बर्षेनी यस्तो समस्या आएको हो ।’ पानी अभावका कारण लगाएको फूलका विरुवा स
धरान । धरान रन समुहले दशौं धरान रन नेवा च्यारेटी १० किमी २०७८ को आय–व्यय सार्वजनिक गरेको छ । शनिबार धरान रन समुहको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरेको हो । भर्खरै सम्पन्न भएको धरान रनबाट सम्पूर्ण खर्च कटौती गरी २ लाख ३७ हजार ९ सय ७५ रुपैया फाइदा भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । फाइदा आएको रकमबाट विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सहयोग गरिने धरान रनले जनाएको छ । धरान रनका कार्यालयमा १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण समेत गरिएको छ । नेवा एजुकेशन फण्ड मार्फत उनीहरुलाई सहयोग गरिएको अध्यक्ष राईले जानकारी दिए । नानी