धरान । स्थानीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । २० वर्षपछि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि देख्न पाए सँगै जनातामा विकास आकांक्षाहरु तिब्र रहेको देखियो । जनप्रतिनिधिहरु एक कार्यकाल समय बिताएर विदा हुने समय आइसकेको छ । केही ठाउँका जनप्रतिनिधिहरुले जनताको आर्शिवाद, स्याबासी पाएर हर्षका साथ विदा हुँदैछन् त केही ठाउँमा जनप्रतिनिधिहरु निराशा सहित बिदा हुँदैछन् । धरान पूर्व नेपालको अन्य स्थानका तुलनामा एक विकसित उदयीमान शहर हो । जनसहभागिताको शहर, विकाश निर्माणले तिब्रता पाएको शहरको रुपमा परि
धरान । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं १९ निवासी पदम इस्वो (लिम्वू)लाई उपमेयरको उम्मेद्धवार वनाएको छ । पद र शक्ति भन्दा पनि पार्टीलाई योगदान गर्नु पर्छ भन्ने मान्यता बोकेका इस्वोलाई धरानमा इमान्दार र झुझारु युवा नेताको रुपमा चिन्छिन् । २०५६ सालदेखि निरन्तर ११ वर्ष सम्म धरान नगर कमिटीको सदस्यमा रहेर काम गरेका उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहँदै हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह–संयोजकको जिम्मेवारीमा छन् । ४० सालदेखि विद्यार्थी राजनीतिमा अहोरात्र लागेका इस्वोले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फ
धरान । वैशाख ३० गते मतदान हुने स्थानीय तहको निर्वाचनमा यसपाली सत्तारुढ पाँच दलिय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली कांग्रेसको नेता राई संघर्षशिल, स्पष्टवक्ता, लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन् । धरानमै हुर्किएका उनी धरानका सबै समस्याहरु सँग परिचित छन् र मेयरको हैसियतमा समाधनका क्षमता पनि राख्छन् । राजनीतिक यात्रा बारे संक्षीप्त चर्चानेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय मानार्थ उपाध्यक्ष समेत रहेका, नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईको जन्म मोरङको बोराबाधमा आमा लक्ष्मी राई र पिता पृथ्वी ब
धरान । नेकपा एमाले धरानका उम्मेदवारहरु सँग स्थानीय जनताले खानेपानी समस्या समाधान र खहरे करिडोर नियन्त्रण गरिदिन माग गरेका छन् । एमालेका मेयर र उपमेयर सहित वडाका उम्मेदवारको घरदैलोको क्रममा वडा नम्बर ९ र १० का स्थानीयले खानेपानी समस्या समाधान र खहरे नियन्त्रण गरिदिन माग गरेका हुन् । गत बुधबारदेखि सुरु भएको घरदैलो अभियानका क्रममा विहीबार घरदैलोका क्रममा मतदाताहरुले खादा अबिर सहित खानेपानी समस्याका विषयमा जिज्ञासा राखेका थिए । स्थानीय सँग भोट माग्दै एमालेकी मेयरका प्रत्यासी मञ्जु भण्डारीले खानेपानी र खहरे करिडोर नियन्त्रण दिर्घकालिन रुपमा गर्न थप पहल भइरहेको बताइन् । वडाध्यक्षका प्रत्यासी विवेक
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृगौलाका विरामीलाई लक्षित गरी थप १२ बेडको डाइलासिसको नयाँ युनिट सञ्चालनमा ल्याएको छ । विगतमा ८ वटा सञ्चालनमा रहेको युनिटमा १२ बेड थपिएसँगै २० वटा डायलासिस मेसिन पुगेको छ । मेसिन थप भए सँग छुट्टै स्थानमा स्थानान्तरण गरिएको युनिटको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उद्घाटन गरेका छन् । उद्घाटनसँगै सञ्चालनमा समेत आइसकेको छ । डायलासिस मेशिनको अभावमा पालो नपाएर राम्रो उपचार नपाएकाहरुले अब सहज ढंगले डायलासिस गर्न पाउने भएका छन् । ५ महिनादेखि लगातार प्रतिष्ठानमा डाइलासिस गर्दै आएका धरान १४ का विकास श्रेष्ठले वेड विस्तार भएसँगै सह
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणका लागि चिकित्सकहरुनै लामो समय देखि आन्दोलनमा छन् । विगत ११ महिना देखि शुद्धिकरणका लागि प्रतिष्ठानकै चिकित्सक, कर्मचारी सहित विद्यार्थीहरु आन्दोलित छन् । थप प्रतिष्ठान बाहिर पनि स्थानीय सहित अभियन्ताको नाममा एक समुह पनि खबरदारी गर्दै दैनिक धर्नामा रहेको छ । लामो समय देखि आन्दोलन चलिरहँदा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले शुद्धिकरण अभियन्ताबाटै विकाशका कामहरुमा बाधा पुगेको दाबी गर्छन् । शुद्धिकरणको माग गर्दै आन्दोलन गर्नेहरु बाटै विकाशमा बाधा पुगेको उनको भनाई छ । उपकुलपति डा. गिरीले आफ्नो कार्यकालमा भएका गरेका कामह
पुर्वको सुन्दर पर्यटकीय शहर धरानको विकासको खाका कोर्दै समग्र धरानबासीको पक्षमा युवा जोश जांगर र उत्साहकासाथ स्थानीय तहको चुनावी मैदानमा उत्रिएकी मन्जु भण्डारी सुवेदी धराने जनताकालागि अपरिचित नाम होइन । उनलाई नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरकालागि मेयरको प्रत्यासीमा उठाएको छ । धराने जनतामाझ उनको लोकप्रियता झन बढेको छ । राजनितिमा होस वा जनप्रतिनिधिकोरुपमा होस निर्णायक क्षमता प्रदर्शन गर्न खप्पिस भण्डारीसंग पाच बर्ष उपमेयरको कार्यभार सम्भालेको बेजोड अनुभव छ । ०७४ को निर्वाचनमा स्वर्गीय तारा सुव्वासंगै लोकप्रिय मत लिएर विजयी भएकी भण्डारीसंग मेयर सुव्वाको निधनपछि
धरान । धरान ८ मा नेपाली काङ्ग्रेसको पुर्व सुन्सरी जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले नेपाली काँग्रेस पाटी परित्याग गरि नेकपा एमालेमा वुधबार प्रवेश गरेका छन् । नेकपा एमालेको मेयर पदका उम्मेद्धवार मन्जु भण्डारी र उप मेयर पदम इस्वो लिम्वू सहितको मतदातासँग घरदैलो अभियानकै क्रममा पाटी प्रवेश गरेका हुन । पाटी प्रवेश गर्दै राम वहादुर तामाङले काँग्रेसमा राजनीतिक आचारण र व्यवहार नभएकाले आफुले पाटी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको वताउनु भयो । उहाले भन्नु भयो,“काँग्रेसले कुरा मात्रै गर्ने जनतालाई झुक्काउने कामदेखि केही गरेन , त्यसैले विकास र समृद्धि
धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धरानबाट उम्मेद्धवार वनेका मेयर तथा उप मेयर चुनावी अभियान अन्र्तगत मतदातासँग घरदैलो अभियानमा छन् । मेयर तर्फका उम्मेद्धवार मन्जु भण्डारी ९ सुवेदी ० र उप मेयर सहित नेता तथा कार्यकर्ताहरु मतदातासँग घर दैलो अभियानमा रहेको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले वताए । उनका अनुसार वुधबार धरान उप महानगर वडा नम्बर ८ र वडा नम्बर ३ मा घर दैलो अभियान सन्चालन भइरहेको छ । आम मतदातासँग उम्मेद्धवारहरुले सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गर्दै आगामी दिनमा हरेक वडाको विकासमा विशेष योजना सहित काम गर्ने प्रति
धरान । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा नागरिक होमिए सँगै रक्तदान कार्यक्रमहरु आयोजना हुन नसक्दा धरानमा आकस्मिक रक्तदान कार्यक्रमको अभियाननै संचालन भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीद्वारा सञ्चालित रक्त सञ्चार सेवाले आफ्नै पहलमा रक्तदान कार्यक्रम गर्न थालेको छ । सोसाइटीले तिन दिन सम्म धरानका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ । सोमबार धरान १ स्थित पुरानो अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको सोसाईटीले मंगलबार धरान १७ स्थित रेल्वे चौंक र बुधबार र विहिबार पनि रक्तदान कार्यक्रमको अभियान संचालन गरेको छ । विगतमा व