धरान ः नेकपा एमाले १३ नं. वडा कमिटिले ज्येष्ठनागरिक सम्मान कार्यक्रममा ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार परेको राष्ट्रिय ढाका टोपी दिवसका अवसरमा सो सम्मान गरिएको हो । जसमा ७ जना ज्येष्ठ नागरिक महिला र ६३ जना ज्येष्ठ नागरिक पुरुषलाई ढाका टोपी र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा धरान उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख मञ्जु भण्डारी सुवेदी रहेकी थिइन् । उनले यस्तो उदाहरणीय कार्यमा सबै जना लाग्नुपर्नेमा जोड दिइन् । सम्मान मन्तव्य राख्नेहरुमा १३ नं. धरानका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले लोप हुँदै गएको ढाका टोपी संरक्षण
अङ्ग्रेजी क्यालेन्डरअनुसार आज नयाँ वर्ष अर्थात् सन् २०२३ को पहिलो दिन । अनेकोँ तीता–मीठा अनुभव दिएर सन् २०२२ हामीबाट विदा भइसकेको छ । बितेको वर्षमा कुन–कुन क्षेत्रमा के–के उपलब्धि भए वा कस्ता चुनौती देखिए भन्ने विषयमा संसारभरि नै चर्चा–परिचर्चा भइरहेका छन् । नेपालमा पनि गएको वर्ष कुन–कुन क्षेत्रमा कस्ता–कस्ता घटना भए भन्ने विषयमा चर्चा र विश्लेषणहरू हुन थालेका छन् । नेपाली पत्रकारिता क्षेत्रबारे पनि यस्ता विश्लेषणहरू हुन थालेका छन् । नेपाली पत्रकारिताका लागि यो वर्ष निकै चुनौतीपूर्ण बनेको नेपाल पत्रकार महासङ्घले जनाएको छ । यस अर्थमा प्रेस तथा अभिव्यक्ति स्व
धरान / पूर्वको प्रमुख शैक्षिक केन्द्रका रुपमा स्थापित धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्थापनाको ६७ औं वार्षिकोत्सव मनाएको छ । क्याम्पस प्राङ्गणमा औपचारिक कार्यक्रम गर्दै महेन्द्र क्याम्पसले आफ्ना उत्कृष्ट विद्यार्थी तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्तै वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीलाई पुरस्कृत गरेको छ । क्याम्पसको उन्नति र प्रगतिका लागि विद्यार्थी सङ्गठनका नेता, अविभावक, छात्रवृत्तिदाता, जग्गादाता, विद्वान, तथा अध्यापनरत साथै सेवा निवृत्त प्राध्यापकहरुले शुभकामना मन्तव्य राखेका थिए । प्राडा टङ्कप्रसाद न्यौपाने,
धरान/ राष्ट्रिय आविष्कार केन्द्रलाई धरानस्थित युएन कलेजमा विज्ञान विषय अध्ययनरत विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका ५० विद्यार्थीले शुक्रबार ५० हजार रुपैयाँ आर्थिक सहयोग गरे । कलेजका प्राध्यापक तथा युएन नवोदय हेल्पिङ हेन्डका संयोजक रामबहादुर लिम्बूसँगै आविष्कार केन्द्र पुगेका विद्यार्थीले केन्द्रका अध्यक्ष डा.महावीर पुनलाई सहयोग रकम हस्तान्तरण गरका हुन् । रकम हस्तान्तरणपछि विद्यार्थीसग कुराकानी गर्दै केन्द्रका अध्यक्ष डा.महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको बताए । उनले वैज्ञानिक खोज अ
धरान /‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने चाहना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फूड फेस्टिवल सुरु भएको छ । ३ दिनसम्म सन्चालन हुने १० औं भेडेटार फुड फेस्टिबल स्थानीय जातीय, सांस्कृतिक खानेकुराका परिकार, स्थानीय कृषि उत्पादन प्रदर्शनमा केन्द्रित रहने छ । राष्ट्रिय कलाकार र स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुतिसहित आयोजना भएको फेस्टिवलमा भेडेटार हेली टुर, जिप लाइन तथा प्याराग्लाइडिङको पर्यटकले मनोरन्जन लिन सक्ने आयोजक होटल एसोसियसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन लिम्बुले बताइन् । उनले भनिन्–‘कोरोनापछिको
धरान /धरान ११ स्थित स्वस्तिका चोकमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको जग्गा विवादमा मुद्दाका प्रमुख पक्ष सहमत भए पनि पारिवारिक सहमति हुन नसक्दा मुद्दा अनिर्णित बनेको छ । अदालतबाट तोकिएको पेशी बारम्बार स्थगित हुँदै आएको छ । मुद्दा हेर्न नभ्याइने र झगडिया बीचको समय अनुकूल नभएका कारण पनि तेस्रो पटकसम्म पेशी स्थगित भएको छ । चौथो पेशी आइतबार रहेको छ । क्याम्पस प्रशासन र दाबी गरिएका मोही पक्षका बीचमा सहमतिको सर्वपक्षीय छलफलमा ठोस सहमति हुन प्रयास भए पनि टुङ्गो लाग्न सकेको छैन । मुद्दाका प्रमुख पक्ष यज्ञबहादुर क्षेत्री क्याम्पसको जग्गा दाबी गर्ने पक्षमा छैनन् तर उनी आफैले परिवारलाई मिलाउन सकेका छैन
धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले कक्षा ११ मा अध्ययनरत् आप्mना विद्यार्थीहरूलाई बिहीबार प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ । प्रशिक्षण लिएका विद्यार्थीहरूलाई शुक्रबार भ्रमणमा लगिने र सोही भ्रमणबारे प्रतिवेदन लेख्न लगाइने एकेडेमीका प्राचार्य मिलन राईले बताए । विद्यार्थीले लेखेका प्रतिवेदनमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथोलाई पुरस्कार पनि प्रदान गरिने एकेडेमीका निर्देशक प्रदीप राईले जनाए । उनीहरूलाई महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले सहजीकरण गरेका थिए । त्यस क्रममा विद्यार्थीहरूलाई प्रतिवेदनको अर्थ, महत्व, उद्देश्य, ढाँचाजस्ता विषयमा जानकारी दिइएको
धरान / धरानलाई कालोपत्रे सडकको सहर भनेर चिनिएको छ । धरान उपमहानगरपालिकाले धरानका हरेक वडाका मुख्य सडक, गल्ली गल्ली कालोपत्रे गरेको छ । तर केही यस्ता वडाहरु छन् भर्खरैमात्र कालोपत्रे बनेका छन् । धरानका अन्य वडा कालोपत्रे हुँदा नभएका वडाहरुमा बर्षादमा हिलो, हिउँदमा धुलो उडेर हैरान भएका थिए । कालो पत्रे भएसँगै अहिले उनीहरुले राहतको सास फेरेका छन् ।धरानको नगर गौरवको आयोजना अन्तर्गत धरानको सबै वडामा कालोपत्रे बनाउने धरान उपमहानगरपालिकाको योजना छ । यही योजना अनुसार धरान १६ नौलो बस्तीमा समेत लामो समयपछि कालोपत्रे सम्पन्न भएको छ । विगतमा कालोपत्रे सडक नहुदा धुलो र हिलोले सास्ती भोगेका सर्वसाधारणहरुल
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ६ मा रहेको बर्जु तालमा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका छन् । जाडो मौसमसँगै वनभोज खानेहरु पूर्वका विभिन्न स्थानबाट आउन थालेको आसपासका स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार बर्जुतालको प्रचारप्रसार भएसँगै पछिल्लो समय पर्यटकीय गन्तव्य स्थल बन्दै गएको हो । धार्मिक पौराणिक महत्व बोकेको बर्जताल प्रदेश १ को सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र भएकोले पनि ु तालमा हेर्न र वनभोज खानकै लागि पूर्वका विभिन्न स्थानबाट आएको स्थानीयहरु बताउँछन् । यहाँ आउनेृहरुलाई तालको रमणीय प्राकृतिक सौन्दर्यसँगै ताल घुम्नका लागि बोटको समेत ब्यवस्था गरेकाले पूर्वका विभिन्न स्थानब
सार्वजनिक जग्गामा अतिक्रमण नेपालका लागि नौलो विषय होइन । देशका विभिन्न स्थानमा सार्वजनिक जग्गामा अतिक्रमण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा पनि सार्वजनिक जग्गा अतिक्रमणमा परेको समाचार प्रकाशमा आएको छ । त्यहाँको धार्मिक तथा ऐतिहासिक महत्वको कंशमरण क्षेत्रमा सुकुम्वासीका नाममा जग्गा अतिक्रमण गरिएको समाचारमा उल्लेख छ । अन्यत्र घरजग्गा भएकाहरूले नै सुकुम्वासीका नाममा सो क्षेत्रमा बसोवास गर्दा कंशमरणको अस्तित्व सङ्कटमा परे बताइएको छ । यसरी सार्वजनिक क्षेत्रमा अतिक्रमण बढ्नु चिन्ताको विषय हो । त्यस क्षेत्रमा घर बनाएर बस्ने २५ परिवारमध्ये तीन परिवारको मात्र आफ्नो स्वामित्वमा जग्गा नभएको विषय प्रकाशम