स्थानीय

    Showing 4,131-4,140 of 5,056 items.
  • उपमहानगरको सकारात्मक निर्णय

    धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाको स्वीकृतिविना सडकमा निर्माण सामग्री राखे जरिवाना लिने निर्णय गरेको छ । यो स्वागतयोग्य निर्णय हो । निर्माण सामग्री जथाभावी राख्दा सडक अवरुद्ध भएर कतिपय स्थानमा आवागमनमै समस्या सिर्जना भएको देखिन्छ । यसले दुर्घटनाको जोखिम पनि बढेको छ । बजारभित्र तथा कालोपत्रे सडक भएका अन्य स्थानमा जथाभावी निर्माण सामग्री राख्दा दुर्घटनाको जोखिमसँगै सडक भत्किने तथा सर्वसाधारण र सवारी आवागमनमा समस्या हुने गरेका छन् । त्यसैले यो निर्णयलाई सकारात्मक रूपमा लिइनुपर्छ । वैकल्पिक स्थान हुँदाहुँदै पनि कतिपयले सडक नै छेकेर निर्माण सामग्री राख्ने गरेका छन् । आफ्नो म

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 696 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान उपमहानगरपालिकाले गर्‍यो बजेट संशोधन तथा रकमान्तर गोल्डकपका लागि तीन लाख थपियो

    धरान / धरानमा आइतबार सम्पन्न नगर सभामा आर्थिक वर्ष २०७९/ ८० को बजेट संशोधन पारित भएसँगै धरानको इतिहास बोकेको बुढासुब्बा गोल्डकप आयोजनाका लागि थप तीन लाख बजेट अनुदान थपिएको छ । आइतबार भएको उपमहानगरपालिकाको बाह्रौं नगरसभाले बुढासुब्बा गोल्डकप आयोजनाको लागि ३ लाख रुपैयाँ बजेट अनुदान थपिदिएको हो । बुढासुब्बाको लागि यो थप गरिएको बजेट सुवास राई स्मृति वडास्तरीय फुटबल लिग प्रतियोगिताको बजेट घटाएर थपिएको हो । बुढासुब्बालाई ३ लाख रुपैया थप भएसँगै कुल अनुदान रकम १२ लाख पुगेको छ । बुढासुब्बा गोल्ड फागुन २३ गतेबाट शुरु हुन लागेको बेला थप अनुदानले प्रतियोगिता गर्न सहज हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहीद दिवसमा रक्तदान

    धरान /  सहिद दिवसका अवसर पारी सोमबार रोटरी क्लब अफ धरान रोट्र्याक्ट क्लब अफ धरान र धरान सिटी कलेजको संयुक्त आयोजनामा धरानमा रक्तदान कार्यक्रम आयोजना भएको छ । भानुचोकमा आयोजित रक्तदानमा ८० पिन्ट रगत सङ्कलन भएको संयोजक सल्मा जोशीले बताउनुभयो । समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्य र रोटरी क्लब अफ धरानका अध्यक्ष राजेन्द्र गुरुङको सभापतित्वमा भएको थियो  

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 1,125 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एकजना बिरामी बराबर एकजना कुरुवा प्रतिष्ठानलाई फाइदा, कुरुवालाई समस्या

    धरान /धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा अत्यधिक चाप बढेकोले बिरामीको उपचारका असहजता भएको भन्दै एक जना बिरामीका लागि एक जना मात्र कुरुवा रहन पाउने व्यवस्था गरेको छ । प्रतिष्ठानले सूचना जारी गरेर एक जना बिरामी बराबर एक जना कुरुवाको नियम लागू गरेको हो । सूचनामा प्रतिष्ठानमा दैनिक २ सय भन्दा बढी बिरामी उपचारमा आउने आकस्मिक कक्षमा कुरुवाहरुको चापले अस्पताल आकस्मिक कक्ष अस्तव्यस्त हुँदा उपचारमा कठिनाई भएको भन्दै उपचारमा सहजता ल्याउन माघ १५ गतेदेखि लागू गरेको सूचनामा जनाएको छ । अस्पताल निर्देशक डा. जगत नारायणद्वारा हस्ताक्षरित सूचनामा प्रतिष्ठानको इमरजेन्सीमा विरा

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेन्टरको स्थापना दिवसमा स्टेशनरी सामग्री वितरण

    धरान / नेकपा माओवादी केन्द्र सम्बद्ध प्रेस सेन्टर नेपालकोे १९ औँ स्थापना दिवसका अवसरमा धरान – १६ मा रहेको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) मा अध्ययनरत ५० विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । आइतबार प्रेस सेन्टर नेपाल सुनसरीले स्थापना दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत ५० विद्यार्थीहरुलाई कपी,कलम र खाजा समेत वितरण गरिएको थियो । गत बर्ष स्थापना दिवसकै अवस पारेर प्रेस सेन्टर सुनसरीले पकलीमा रहेको वृद्धाश्रममा पुगेर त्यहाँका ज्येष्ठ नागरिकहरुलाई खिर खुवाएको थियो । धरान उपमहानगरपालिका जस्तो सुविधासम्पन्न उपमहानगरपालिकाभित्र रहेको यो आधारभूत विद्यालय भौतिक पूर्वाधार भएपनि यो

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 1,000 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अठारौँ शताब्दीको इतिहास पुनर्जीवित

    धरान /  धनकुटाको निशानदेवी भगवती मन्दिर परिसरमा निर्माण भएको अठारौँ शताब्दीको प्रवेशद्वार, ढुंगेधारा र तोपको पुनर्निर्माण गरिएको छ ।अठारौँ शताब्दीको इतिहासलाई जीवित गर्ने लक्ष्यले प्रवेशद्वार, ढुंगेधारा र २ वटा तोप पुनर्निर्माण गरिएको जनाइएको छ । २ सय ४७ वर्षअघि स्थापित निशान भगवतीको मन्दिर परिसरको प्रवेशद्वार, ढुंगेधारा र तोप सरस्वती पूजाको अवसर पारेर पूर्वी पृतनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका छन् ।विशेषगरी मन्दिरमा निर्मित ३ वटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको प्रवेशद्वारभन्दा भित्र रहेका छन् । मन्दिरमा रहेको जंगी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औ टुबोर्ग गोधुली फुटबल रनिङ कप चौथो पटक धरान १७ विजयी

    धरान / धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी १७ नं. वडाले जितेको छ । फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गरेसँगै गोधुलीको उपाधी १७ नं. वडाले चार पटक जित्यो । उपाधीसँगै १७ नं. वडाले नगद रु १ लाख ५० हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविणकुमार राई र उहाँको वुवा ध्यानबहादुर राईले नगद २५÷२५ हजार पुरस्कार थप प्रदान गर्नुभएको थियो ।विधागत पुरस्कारमा पनि १७ नं. वडाको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडकमा निर्माण सामग्री राख्न उपमहानगरपालिकाको स्वीकृति चाहिने

    धरान / भवन तथा अन्य संरचना बनाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै धरान उपमहानगर पालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाको स्वीकृति बिना सडकमा निर्माण सामग्री राखे जरिवाना लिने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बजारभित्र तथा कालोपत्रे सडक भएका अन्य स्थानमा भवन निर्माण तथा अन्य संरचना निर्माणका लागि उपमहानगरपालिकाको स्वीकृति बिना राख्न नपाउने निर्णय पारित गरेको छ । दुर्घटनाको जोखिम हुने, सडक भत्काएर जीर्ण बताउने तथा आवतजावतमा सर्वसाधारण तथा सवारी साधनलाई समस्या हुने भन्दै यस्तो निर्णय गरिएको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले जानकारी द

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 863 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिमा डान्सद्वारा एकल नृत्य प्रयोगिता

    धरान / गरिमा डान्स सेन्टर धरानले सरस्वती पूजाको अवसरमा बिहीबार एकल प्रतियोगिताको आयोजना गरेको छ ।प्रतियोगितामा सिनियर तर्फ अंशु श्रेष्ठ प्रथम, कन्चन राई दोस्रो र सन्ध्या माझी तेस्रो भएका थिए । यसैगरी जुनियर तर्फ एलिना मास्के प्रथम, आस्था राई दोस्रा र माहिरा रेग्मी तेस्रो भएका थिए । धरान–९ आचार्य लाईन रहेको आफ्नै सेन्टरको हलमा आयोजित प्रतियोगितामा विजेताहरुलाई सेन्टरका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको शिल्ड, प्रमाणपत्र तथा गिफ्टह्यापर प्रदान गरेका थिए । नृत्य निर्देशकद्वय सानुराजा थेगिम र रीमा थापा मगर निर्णायक रहेको उक्त प्रतियोगितामा १८ जनाले भाग लिएका थिए ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्वाइँ खानामा वाचिप्पा–याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्म

    धरान / ज्वाइँ साहेब, ज्वाइँ नारायण, ज्वाइँ राजा, ज्वाइँ महाराजा, ज्वाइँ महाराजा स्पेशल खाना र खाजा सेट पस्कँदै आएको धरानस्थित पुतली लाइनमा सन्चालित ’डिमाण्डु ज्वाइँ खाना’ ले किराँती र नेवारी सांस्कृतिक परिकार पस्कने भएको छ ।    धरानमा ज्वाइँ खानाका नामले परिचित खाना घरमा स्थानीय मौलिक र सांस्कृतिक परिकारलाई मेनुमा समावेश गरी सर्व गर्ने जानकारी गराएको छ । अब मेनुमा पारखीले ज्वाइँ खानामा वाचिप्पा– याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्मको स्वाद लिन सक्ने छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डिमाण्डुले राई, लिम्बू र नेवार जातिका विभिन्न परिकार पस्कने जानकारी गराएको हो ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 894 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved