स्थानीय

    Showing 4,041-4,050 of 5,054 items.
  • पिण्डेश्वरमा सहमतीय आधारमा स्ववियुको टुंगो : अनेरास्ववियुका एनिस सभापति

    धरान ः नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आङ्गिक विद्यापीठ पिण्डेश्वर विद्यापीठ, धरान १४ मा सहमतीय आधारमा स्ववियु पदाधिकारीको टुंगो लागेको छ । स्ववियू निर्वाचन समितिले आइतबार निकालेको उमेद्वारको अन्तिम नामावलीका आधारमा पदाधिकारीहरुको टुंगो लागेको बुझिएको छ । जसमा अनेरास्ववियुका एनिस रेग्मी सभापति भएका छन् । सहमतीका आधारमा अनेरास्ववियुबाट सभापति सहित ५ सदस्य रहेका छन् । सदस्यहरुमा पुरुषोत्तम दाहाल, प्रदीप नेपाल, विपिन गौतम, सुधाकर पोख्रेल र सुवास चापागाईँ रहेका छन् । त्यसै गरी अनेरास्ववियु (क्रान्तिकारी)को भागमा सचिव र एक सदस्य परेको छ । सचिवमा गुणराज निरौला रहेका छन् भने सदस्यमा मनिष भट्

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 1,205 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानवादी शक्ति आन्दोलित आजको बन्द ठप्प

      धरान / कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशका १४ जिल्लामा बन्दको आवहान गरेका छन् । बन्दको प्रभाव कोशी प्रदेशभरि परेको छ । यसैक्रममा बन्दको प्रभाव धरानमा समेत परेको छ । बन्दकर्ताहरु विहानैदेखि सडकमै उत्रिएर सवारी साधन सञ्चालनमा रोक लगाउदै आएका छन् भने उनीहरुले दुई पांग्रे मोटरसाइकल, दुधका गाडी, एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनलाई निर्वाध चल्न दिएका छन् । अहिलेसम्म बन्दमा कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन । सशस्त्र प्रहरी, जनपथ प्रहरीहरु धरानको मुख्य चौक भानुचौकमा तैनाथ रहेका छन् । विगतमा पहिचानवादीहरु एक

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारले बढाएको दूधको मूल्य भन्दा दुग्ध सहकारीले निर्धारण गरेको मूल्य बढी

     धरान / किसानले पाइरहेको मूल्यमा फागुन २० गतेबाट ९ रुपैयाँ १० पैसा बढाउने मन्त्रिपरिषद्को निर्णय गरेपछि दूध संकलक डिपोहरुले १४ रुपैयाँदेखि १९ रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेका छन् ।  व्यावसायीहरुले दूध संकलन डिपोहरुबाट गाईको दूध प्रतिलिटर ७२ रुपैयाँ र भैसीको दूध ७७ रुपैयाँले खरिद गर्दै आइहेकामा सरकारले दूधको मूल्य वृद्धि गरेपछि गाई र भैंसीको दूध मिसाएर ९१ रुपैयाँ प्रतिलिटरको रेट पठाएका छन् । हाल बजारमा बिक्री गर्दै आएको मूल्यभन्दा खरिद मूल्य बढेर आएपछि बजारमा दूध कसरी बिक्री गर्ने भन्नेमा व्यावसायीले निर्णय गर्न सकेका छैनन् ।  डेरी संचालकहरुले हाल ८० देखि ९० रुपैयाँ प

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • 984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुलिस हराइजनको फाइनलमा प्रवेश

    धरान / नेपाल पुलिस क्लब सातौ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित बास्केटबल कोर्टमा विहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक हराइजन क्लबलाई ७९ का बिरुद्ध ८७ स्कोरले पराजित गर्दै पुलिस उपाधी नजिक पुगेको हो । घरेलु टिमबिरुद्ध जित निकाल्न ब्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद २ हजार पाए । पुलिसले अब उपाधीका लागि शुक्रबार हुने टाइम्स कलेज काठमाण्डौ र बिभागीय टिम त्रिभुवन आर्मी क्लब बिचको अन्तिम सेमीफाइनल बिजेतास“ग शनिबार पतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजा

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नौमति बाजाको संरक्षणमा जुटे महिलाहरु

    धरान / धरानका महिलाहरुले नौमति बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् । आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् । यो समूहमा अहिले ११ जना महिला आवद्ध रहेका छन् । यो संख्या बढाउदै १५ जना पुर्‍याउने उद्देश्य उनीहरुको छ । खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ । नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

    धरान / ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा श्रमिक महिलादेखि लिएर व्यवसायिक, हस्तकला क्षेत्र तथा नर्स पेशामा योगदान पुर्‍याउने सात जना महिलाहरुलाई सम्मान गरिएको छ । ‘लैंगिक समानताको बलियो आधार,सिर्जनात्मक प्रविधि र महिलाको पहुचको विस्तार’ भन्ने मूल नाराका साथ महिला सञ्जाल धरानको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । श्रम क्षेत्रमा समर्पित धरानका त महिलालाई सम्मानित गरिएको हो । सम्मान समारोहमा स्वास्थ्य क्षेत्रमा समर्पित विजयन्ती लिम्बूलाई ’साथी अवार्ड’ बाट सुशोभित गरेको छ । परिवार नियोजनमा

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ११३औ अन्तर्राष्ट्रिय महिला दिवस : रोटरी क्लब अफ धरानद्वारा प्रौढ कक्षा

     धरान / रोटरी क्लब अफ धरानका महिला सदस्यहरू द्धारा ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरान १६ स्थित सुनौलो बस्ति , गैरीगाउँका श्रमिक महिलाहरुका लागि संचालित प्रौढ कक्षामा उत्प्रेरणात्मक कार्यक्रम गरेर मनाए।  कार्यक्रममा सुनौलो सक्षम महिला समुहका अध्यक्ष साहारा गुरुङ तथा प्रौढ कक्षाकि शिक्षक विजेता सिंह लाई सम्मान गरिनुका साथै रोटरीयन महिलाहरुले शिक्षा र महिला शशक्तिकरण बारे आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रम रोटरी क्लब अफ धरानका अध्यक्ष रोटेरीयन राजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।रोटरी क्लब अफ धरान ले सुनौलो बस्तीका श्रमिक महिला दिदी बहिनीहरुका लागि ३

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 853 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा होली उल्लासमय व्यस्ततालाई थाती राखेर होलीमा मस्त

    धरान / सधैँ बिरामीको सेवामा समर्पित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुले फुर्सदको समय मिलाएर आज होली पर्व मनाएका छन् ।बिरामीको काममा व्यस्त हुनुपर्ने भएपनि समय मिलाएर उनीहरु होली पर्वमा रमाएका हुन् । सघन उपचार केन्द्र (आइसियु) मा काम गर्दै आएकी आशा चौधरी सधै बिरामीको उपचारमा व्यस्त रहन्थिन् । उनलाई फुर्सद कहिल्यै हुँदैन । फुर्सद मिलाउनुपर्दा उनलाई धेरै गार्‍हाे हुन्छ तर मंगलबार भने होली पर्व उनीहरुले पालो मिलाएर खेलेकी थिइन् । बिरामीको उपचारमा व्यस्त रहनुपर्ने बाध्यता भएपनि समय मिलाएर होली जस्तो रमाइलो चाड विपीकै कर्मचारी, नर्स तथा चिकित्सकसँ

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला अधिकारका सवालमा सधैँ अगाडि पुलामी

    विजयपुर / धरानेहरुका लागि अपरिचित नाम होइन मिना पुलामी । राजनीतिक, सामाजिक कार्यमा सक्रिय पुलामी उमेर ढल्किदै जाँदा पनि आफ्नो कर्मलाई निरन्ता दिँदै आएकी छन् । उनलाई धरानलेमात्र हैन प्रदेश नं. १ मै राजनीतिककर्मी, महिला अधिकारकर्मीको रुपमा चिन्ने गरिएको छ । २०३६ सालमा राजनीतिमा लागेकी पुलामी एक पटक राष्ट्रिय सभाको सदस्यको उमेद्वार समेत बनेकी थिइन् । लामो समयसम्म महिला अधिकारको लागि लड्दै आएको महिला सञ्जालमा अध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरेकी थिइन । उनले त्यसबेला महिलाहरुलाई परेका पीरमार्का, अधिकार, घरेलु हिंसा लगायतका कुरामा सक्रिय रहेर धेरै महिलाहरुको उद्धार समेत गरेकी थिइन् ।

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ११३ औँ नारी दिवस व्यवसाय गरेर आत्मनिर्भर बनेका महिलाहरु

    विजयपुर / महिलाहरु पछिल्लो समय व्यावसायिक बन्दै गएका छन् । महिलाकै अगुवाईमा सञ्चालन भएका यस्ता व्यवसायले आफूमात्र हैन धेरैलाई रोजगारी समेत दिन सकेका छन् । पुरुषमात्र हैन महिला समेत विदेशी भूमिका काम गर्न जाने लहर चलिरहेको समयमा केही महिलाहरुले स्वदेशमै स्वरोजगार बन्दै अरुलाई समेत स्वरोजगार बनाउने काम गरेका छन् । यसको प्रत्यक्ष उदाहरण बनेकी छन् धरानकी गीता शेर्पा राई । उनले धरान २ मा कस्मेटिक पसल सञ्चालन गरेर जीविकोपार्जनमात्र हैन अरुलाई समे रोजगारी दिइरहेकी छन् । राईले २०६३ सालमा ६० हजार लगानी गरेर व्यवसाय गरेकी थिइन् । नेपालमा नै व्यवसाय गरेर एक उदाहरणीय महिला व्यवसाय बनेकी गिता शेर्पा राई

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 1,007 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved