सुनसरी । झापा मेचीनगर नगरपालिका ६ बद्री टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगरका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राई रहेका छन् । शुक्रबार दिउँसो लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधारमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनिहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मोरङ । कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनहरु बजारीकरण नगरपालिकाले गरीदिन थालेपछि कृषि प्रति आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रका कृषकले उत्पादन गरेको अन्नबालि, तरकारी, फलफुललगायतका उत्पादनहरु बजारीकरण गरीदिए पछि कृषकहरु कृषि प्रति हौसिएका हुन् । नगरपालिकाले निषेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउँ बितरण गरेको छ । २० हजार किलो धानको विउँ ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । बितरण गरीएको बिउँले करीब ५ सय बिगाहा क्षेत्रफलमा खेतिगर्न सकिने कृषि शाखाका प्राविधिक बताउँछन । राधा १२, कान्छी मन्सुली, बहुगुणि, स्वर्णसव १, रंजित लगायतका प्रजातिका धानका विउँ बितरण गरीएको छ
धरान / यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ । संघले स्थापना दिवशको अवसर पारेर सुरक्षार्मीहरुलाई स्वास्थ्यसामग्री वितरण गरेको हो । सुरक्षाकर्मीहरुलाई १२ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान माक्स, ५० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरेको छ । यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३ सय २० थान माक्स, ३२ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय
धरान/ कोरोना सक्रमण नियन्त्रण , उद्धार तथा व्यवस्थापनको लागी सुनसरीका सेना परिचाल गरिएको छ भने ंसंक्रमित विरामी बढ्दै गएपछि सुनसरीले गरेको लकडाउन कडा बनाइएको छ । कोरोना संक्रमित थपिदै जादा संक्रमितको मृत्यु दर बढ्दै गएपछि सुनसरी प्रशासनले निषेधाज्ञालाई कडाई गरेको हो । जिल्ला भर गरिएको लकडाउन कडा बनाइएका कारण सुनसरीका सबै स्थानीय तहहरु सुनसान रहेका छन् । प्रहरीले प्रशासनको निर्देशनमा कडाइ गरेको हो । जिल्लामा संक्रिय संक्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले जेष्ठ १ गतेबाट लागु हुने गरी १५ दिनका लागि जिल्लाभर गरिएको लकडाउनलाई कडा बनाउने डिसिएसीको वैठकले निर्णय गरेसगै सुनसरीमा शनिवार विहानैबा
धरान । सुनसरी धरान १५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी–३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् । गत बैशाख ११ गते बिहान सँवा ९ बजे सोही स्थानका झरना बिश्वकर्मा र उनिका छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरनाकी आमा गोबिन्द माँया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्
धरान/ धरान–१४ र १५ को संगम स्थलमा रहेको खत्री धारा दाह संस्कार स्थलमा कोरोना संक्रमणबाट मृत्यु भएकाको दाह संस्कार गरिएकोमा स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका छन । २०७८ बैसाख २३ गते धरान–३ की एक महिला कोरोना संक्रमणबाट मृत्यु भए पछि खत्री धारामा अन्तिम दाह संस्कार गरिएको थियो । कोरोना संक्रमित महिलाको शव जलाएर दाह संस्कार गरेको कुरा थाहा पाए पछि स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार आÏनो जातीय परम्परा धर्म, संस्कार अनुसार गर्न पाउनु पर्ने भएता पनि मावन वस्ती नभएको स्थानमा चार कोशे झाडीमै शव जलाउने व्यवस्था हुनु पर्न
धरानः धरानका उद्योगी रोशन सोनीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको शुक्राबार राति बिराटनगर स्थित बिराट मेडिकल कलेजमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि उनि १ साता अघि अस्पताल भर्ना भएका थिए । सुनसरी उद्योगा वाणिज्य संघका अध्यक्ष गिरिधर सापकोटाले धरानकै एक सञ्चार माध्यम सग कुरा गर्दै सोनीको शुक्रबार राति नै मृत्यु भएको पुष्टि गरेका हुन् । सोनीले धरान तिनकुने स्थित अद्योगिक क्षेत्र भित्र उनले सौर्य कत्था उद्योग सञ्चालन गर्दै आएका थिए ।
धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा विरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको छ । कोभिड अस्पतालमा विरामी कुरुवा घर नभएको कारण विरामीको आफन्तलाई समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा निर्माण गरिन लागेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए । सचिव पोखरेलका अनुसार वीपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा सधै त्रियाशिल रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने भएको हो । अस्थायी विरामी कुरुवा घर १८ फिट
धरान / भीडभाडलाई नियन्त्रण गर्न सवारी साधनमा सरकारले गरेको जोरविजोर प्रणालीका कारण सर्वसाधारण मारमा परेका छन् । जोर विजोर प्रणालीका कारण अत्यावश्यकीय कामले गन्तव्यसम्म जाने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न सुनसरी प्रशासनले जोर गते जोर नम्बर भएका र विजोर गते विजोर सवारी साधनलाई सडकमा आवातजावत गर्न दिएपछि विगतको तुलनामा सुनसरीमा सडकहरु सुनसान भएपनि अत्यावश्यक कामले घर जान हिडेका सर्वसाधारणहरु भने मारमा परेका छन् ।जोरविजोर शुरु भएकै दिन धनकुटाबाट झापा हिडेका एक सर्वसाधारण बाटैमा रोकिनुपर्दा अचम्ममा परे । धनकुटामा जोरविजोर लागू नभइसकेको अवस्थाम
धरान / धरानको बसपार्कमा यात्रुहरुको भीड बढ्न थालेको छ । कोरोना संक्रमणले लकडाउन हुने त्रासले गाउँ घर फर्किन थाले पछि धरानको बसपार्कमा भीड बढेको हो । काठमाण्डौमा १६ गते देखि निषेधात्रा गर्ने भएपछि पुर्वी पहाडी घर भएकाहरु फर्किने क्रम बढेको छ । पुर्वी पहाडी जिल्लावासीहरु धरानको बसपार्कमा आ–आफ्ना्े घर फर्कने क्रममा भीड बढेको हो । काठमाण्डौबाट तेह्रथुम घर हिडेका सुमन घिमिरेले लकडाउनको समयमा काठमाण्डौमा डेरामा बसेर दिन काट्नै गाह«ो हुने मात्र हैन छाक टार्न नै मुस्किल हुने देखिएपछि घरमै सुरक्षित हुन काठमाण्डौ छाडेको बताए । काठमाण्डौको सुनधारामा डेरा लिएर बस्दै आएका उनले भने,