पानबारी गोल्डकपः पहिलो खेलबाटै बाहिरियो आयोजक

  • वैशाख २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा नेपाल पुलिस विराटनगरसँग सडनडेथमा पराजित हुँदै आयोजक पानबारी फुटबल क्लब गोल्डकपबाट बाहिरिएको छ ।

 निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो ।  

सडनडेथमा पानबारीका सुबास मगरको प्रहार पुलिसका गोल किपर बाल्मिकी राईले बचाएपछि पानबारी पराजित भएको हो ।

विजयी भएको टोली पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाइब्रेकरमा पुलिसकालागी रमेश राजवंशी, अजय परियार, अभिषेख आलेमगर, सुमित प्रधान, दिलबहादुर तामाङ, समिर लिम्बू र सन्दिप भुजेलले गोल गरे ।

पानबारीका अजय बिष्ट, विजय भुजेल, मिन धिमाल, गोविन्द कार्की, पुर्ण चोङबाङ र तिर्थ बस्नेतले गोल गरे ।

खेलको म्यान अफ द म्याच पुलिसका गोल किपर बाल्मिकी राई घोषित भए । उनलाई नगद २ हजार १ सय पुरस्कार दिइएको थियो । 

 भोली एपिएफ पकली र आइआरएफसी काठमाडौबीच खेल हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

पानबारी फुटबल क्लबको आयोजनामा भइरहेको पानबारी गोल्डकप २९ बैशाखसम्म सञ्चालन हुने आयोजक क्लवका अध्यक्ष भुपाल(कृष्ण कुमार) राईले वताए ।

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved