धरान वडा नम्बर १० बालमैत्री वडा घोषणा,मेयर कार्यक्रममा गएनन्

  • वैशाख २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गरिएको छ ।

शनिबार वडाले औपचारिक कार्यक्रम गरेर बालमैत्री वडा घोषणा गरेको वडाध्यक्ष विवेक राईले वताए ।

उनले धरान १० बालमैत्री वडा घोषणा हुने १६ औँ वडा भएको बताउँदै बालमैत्री वडा घोषणा गर्न ५१ वटा सूचक पुरा गरेको उल्लेख गरेका छन् ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले बालमैत्री घोषणा सभाका बिच धरान १० लाई बालमैत्री वडा घोषणा गरेकी हुन ।

प्रदेश सभा सदस्य कायस्थले बालमैत्री वडा घोषणा गर्दै भनिन्,‘बालबालिकाको हित र अधिकार संरक्षण बालहितको पक्षमा परिवारदेखि टोल र समुदाय सबैले मिलेर ठोस धारणा बनाउन जरुरी छ ।’

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले ५१ वटा सूचक पूरा गरेर बालमैत्री घोषण गरेको बताउँदै वडावासीलाई बधाई र शुभकामना व्यक्त गर्दै आगामी दिनमा समेत वडाले बाल अधिकार र बाल हितको लागि नमुना रुपी काम गर्दै अघि वढ्नको लागि शुभकामना दिए ।

त्यसैगरि नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेलले बालमैत्री वडा घोषण कार्यक्रममा उपमहानगरपालिका मेयरको हर्क साम्पाङ अनुपस्थित प्रति आक्रोस व्यक्त गरेका छन ।

नगरको जिम्मेवारीमा रहेको अभिभावक नै बालबालिकाको कार्यक्रममा अनुपस्थित हुँदा अभिभावक विहीन झै कार्यक्रम भएको दुखेसो पोख्रेलले गरेका छन् ।

यसैगरि धरान १५ उपमहानगरपालिकाका अध्यक्ष नरेश ईवरामले पनि बालमैत्री वडा घोषणा कार्यपालिकाको बैठकबाट अनुमोदन भएर कार्यक्रमको मिति, स्थान तय भएपनी कार्यक्रम उपस्थित नहुनु मेयरको बालबालिका प्रति जिम्मेवारी नवनेको वताए उनले भने,२०५४ सालमा देशभरबाट नमुनाको सहर र २०७४ सालमा धरान उपमहानगरपालिका उत्कृष्ट सहरको पुरस्कार पाएको तर आज आएर नेतृत्व नै कमजोरी भएकाले कारण दिनानु दिन कमजोर वन्दै गएको छ

२० वटा वडा मध्ये सबैभन्दा पहिलो धरान १३ बालमैत्री वडा घोषणा भएको थियो ।

त्यसैको अनुसरण गर्दै धरानका १६ वटा वडा बालमैत्री घोषणा गरिएको छ ।

वडाध्यक्ष इङवारमले भने ‘धरानमा ४ वटा वडा बालमैत्री घोषण हुन बाँकी छ तर अरू स्थानीय निकायले सिङ्गो गाउँपालिका, नगरपालिकाले बालमैत्री घोषणा भैसकेको अवस्थामा धरानका वडाहरू नै घोषण नहुनु विडम्बनापूर्ण बनेको छ ।’

वडाले ५० वटा सुचकमा सय प्रतिशत र एउटा सूचक ८० प्रतिशत अङ्क ल्याएको वडाध्यक्ष राईको भनाई छ ।

वडामा ८३७ जना बालबालिका मध्ये ४४० बालक र ३९७ बालिका रहका छन् । धरानमा बालमैत्री वडा घोषण हुन १ २,३ र ९ बाकी रहेको जनाइएको छ ।

1714900813670 1714900836601 1714900839686 1714900843213 1714900805555 1714900829229 1714900852461 1714900848648 1714900822367

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved