नेपालमा भयाभह बन्दै आगलागि चार दर्जन बढीको मृत्यु,सय भन्दा वढी घाईते,करौडौको क्षति

  • बैशाख २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

धरान//  खडेरीको मौसम बढेसँगै देशैभरी आगलागिको घट्ना पनि बढेको छ ।

आगलागीको कारण ठुलोमात्रमा धनजनको क्षति भएको छ । दुई महिनामा देशभर आगलागीका घटनामा परेर ५० जनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन्।

आगालागीका कारण ८५ करोड ५० लाखभन्दा बढीको क्षति भएको छ।नेपालमा हरेक वर्ष विपत्जन्य घटनाबाट ठूलो जनधनको क्षति हुने गरेको भए पनि यसको न्यूनीकरणका लागि राज्यले चाल्नुपर्ने कदम समयमा नै नचाल्दा ठूलो जनधनको क्षति व्यहोर्नुपरेको हो।

गत चैत र वैशाख २० गतेसम्म आगलागीका कारण १ हजार १ सय १३ घर पूर्ण रूपमा क्षति पुगेको छ भने ५ सय ५७ घर आंशिक क्षति पुगेको गृह मन्त्रालयअन्तर्गत विपत् पूर्वतयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यले जानकारी दिनुभयो।

७७ जिल्लामा २ हजार २ सय १२ वटा आगलागीका घटना हुँदा राज्यले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको हो।

नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्व ११औं स्थानमा रहेको छ भने बाढीपहिरोको दृष्टिकोणले ३०औं जोखिमयुक्त राष्ट्रका रूपमा रहेको छ ।

त्यसै गरी नेपालको तेस्रो विपदीय जोखिम आगलागी तथा डढेलो हो।प्रत्येक वर्ष आगलागी तथा डढेलोबाट नेपालमा थुप्रै वन जंगल क्षति हुने गरेको छ भने ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ।प्रत्येक वर्ष नेपालमा हुने विभिन्न प्रकारका विपद् प्रतिकार्यका दौरान नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालित हुँदै आएका छन्।

त्यस्ता घटना नियन्त्रणका लागि सुरक्षा निकाय परिचालन हुने गरेको भए पनि यस्ता घटना नियन्त्रणका लागि राज्यले बनाउने नीति अपर्याप्त हुँदा हरेक वर्ष ठूलो जन ।

धनको क्षति व्यहोर्न राज्य बाध्य भएको छ। यस वर्ष मात्रै आगलागीका घटनामा राज्यले ८५ करोडभन्दा बढी क्षति व्यहोर्न परे पनि त्यसको पूर्वतयारीका लागि नगन्य मात्रामा रकम खर्च गर्ने गरिएको छ।

नेपालमा खास गरी आगलागी नियन्त्रणका लागि संरचनागत हिसाबले देशभर रहेको नेपाली सेनाले आगलागीका घटना नियन्त्रण गर्न चालेको कदमलाई राज्यले प्रशंसा गरे पनि आगलागी नियन्त्रणका लगि चाहिने उपकरण तथा विभिन्न किसिमका तालिम र जनचेतनाका लागि बजेट विनियोजन गर्दा ध्यान दिएको पाइँदैन।
नेपाली सेनाले २०८० वैशाखदेखि हालसम्म देशका १ हजार ८३ स्थानमा भएका विभिन्न प्रकृतिका आगलागी तथा डडेलोका घटनालाई अन्य सुरक्षा निकाय तथा स्थानीय बासिन्दासँगको सहयोगमा नियन्त्रणमा लिएको सैनिक मुख्यालय देखाएको छ। सो कार्यका लागि देशव्यापी रूपमा करिब २३ हजारभन्दा बढी फौज परिचालित भएको पनि मुख्यालयले जनाएको छ।
नेपाली सेनाले देशमा रहेका १२ वटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष १ र शिकार आरक्ष १ वटाको सुरक्षा गर्नुको साथै यी क्षेत्रहरूलाई आगलागीबाट जोगाउन तथा आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि कयौं किलोमिटर लम्बाइसम्मका फायर लेन निर्माण गरेको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।


त्यस्ता संरक्षित क्षेत्रलाई विभिन्न भागमा विभाजन गरी सुरक्षा लगायत आगलागी नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी सोहीअनुरूप फौजको तैनाथी गर्ने गरेको पनि उनको भनाई छ ।

विभिन्न ठाउँमा तैनाथ सुरक्षा निकायको अवस्था र उपलब्धताअनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाललाई बस्तीहरूमा हुने विपद्का घटनाअनुसार आकस्मिक परिचालन गर्न क्षेत्र विभाजन गरी जिम्मेवारी तोक्ने र जिल्लागत कार्य योजना तयार गरी सर्वसाधारणको जानकारीमा आउने गरी नीति जारी गर्नुपर्ने माग गरिएको छ।

सामुदायिक विपद् प्रतिकार्य स्वयम्सेवी टोली गठन र स्रोत व्यवस्थापन स्थानीय सरकारले गर्ने नीतिगत व्यवस्था गरी सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा परिचालन हुने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

 

बेपत्ता श्रीमान २० व ...

मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका ...

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved