बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र धाममा रहेको वराह कुण्डको पुनः निर्माण गर्न थालिएको छ । २०७२ सालको भूकम्प पछि हरेक वर्षाको समयमा कोशीको वेगले कुण्ड पश्चिम तिरको जमिन धस्सिन थाले पछि कुण्डको आधा भागमा क्षति भएको थियो । धर्तीमा डुब्न लागेको पृथ्वीलाई बँदेल रुप धारण गरि वराह भगबानले सुढोबाट जोगाएको मुर्ति रहेको वराह कुण्डका मन्दिर दर्शन आउने पर्यटकहरु तस्बिर खिच्ने, बिश्राम गर्ने गर्छन । कुण्डको जिर्णोद्वार तथा क्षति भएको आधा भाग पुनर्निर्माणको काम वराहक्षेत्र संरक्षण मञ्चले सुरु गरेको छ । संरक्षण मञ्च मार्फत नै २०६५ सालमा निर्माण भएको कुण्डको संरक्षण हुँदै आएको छ । मञ्चले नै पुनः निर्माण था
धरान । गणतन्त्रलाई संस्थागत गर्न देशको राष्ट्रिय एकतालाई अझै सुदृढ बनाएर देशलाई आर्थिक विकासको मार्गमा अगाडी बढाउन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आग्रह गरेका छन् । उनले आज गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै विकास र समृद्धिको यात्रामा अग्रसर हुन पनि सबैमा आग्रह गरेका छन् । उनले गणतन्त्र दिवस २०७८ को अबसरमा शुभकामना व्यक्त गरेका छन् । मेयर राईले हालको परिस्थितिमा कोभिड–१९ विरुद्धको अभियानमा सबै एकजुट भई उच्च मनोबलका साथ सफल बनाउन समेत नगरवासीमा आग्रह गरेका छन् । सन्देशमा उनले गत वर्षदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन पनि अपिल गरेका छन् । शुभ
धरान । संसद विघटन भएकाले प्रिबजेट छलफलै नगरी सरकारले निती तथा कार्यक्रम बिनाको बजेट सार्वजनिक गर्ने भएको छ । कोरोना महामारी बिच आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट करिब १६ खर्बको हुने भएको छ । आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदैछ । संविधान अनुसार नयाँ बजेट सार्वजनिक हुनुअघि कम्तीमा १५ दिनअगाडि ‘प्रिबजेट’बारे छलफल हुनुपर्ने थियो । सोही छलफलपछि राष्ट्रपतिले ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्ने प्रावधान थियो । तर, सरकारले ‘प्रिबजेट’ छलफलै नगरी पुनः संसद् विघ
सुनसरी । खाँदबारी ३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन । उनको खाँदबारी १ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा ल्याई उपचार भईरहेकोमा उपचारकै क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
धरान । गत जेठ १ गते देखि घोषणा भएको सुनसरीमा लकडाउन तेस्रो चरणमा जेठ २२ सम्मको लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख उमेश कुमार ढकालले जेठ २२ गते सम्मका लागि पुर्णलकडाउनको सुचना जारी गरेका छन् । जेठ २२ गते राती १२ बजे सम्म सुनसरी जिल्ला भर लागु हुने गरि निरन्तरता दिइएको जनाएका छन् । दोस्रो चरणको लकडाउन भोलि राती १२ बजे देखि सकिन्दैछ । लकडाउनका केही मापदण्ड परिमार्जित गर्दै सुचना जारी गरिएको हो । धानको बिउँ रोप्ने समय भएकाले जिल्ला संचालित साझा तथा सहकारी संस्थाहरुबाट बिउ विजन खरिदका लागि किसानहरुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि आवतजावत गर्न दिने भएको छ । त्यसै गरि
मोरङ । मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग स्विकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयमा पत्राचार गरेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरेको हो । पहिलो चरणमा १८ बर्ष देखी ४० बर्ष सम्मका ४० हजार दोस्रो चरणमा ४० हजार डोज खोप स्विकृतिका लागि माग गरीएको नगर प्रमुख सुबेदीले बताए । नगरप्रमुख सुवेदीका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर खोप ल्याइने छ । उनले भने, ‘नागरिककलाई बचाउन जसरी भएपनि खोप किन्नैपर्
धरान । विहिबार साँझ धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा पसेर आक्रमण गर्ने ९ जनाको पहिचान खुलेको छ । उनीहरुको खोजि कार्य भइरहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ । पाथीभरा लाइनमा रहेको चौकीमा पसेर आक्रमण गर्ने समुहको पहिचान भइसकेकाले खोजि कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज वलीले बताए । उनले भने, ९ जनाको पहिचान खुलिसकेको छ, उनीहरुको खोजि कार्य तिब्र बनाइएको छ ।’ उनीहरु वडा नम्बर १५ कै स्थानीय रहेको बुझिएको छ । आक्रमणबाट असई सुमन दाहाल, एक हवल्दार र एक सिपाइ घाइते भएका छन् । असई दाहालको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उ
सुनसरी । मोरङको कानेपोखरी गाउँपालिका ५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी कानेपोखरीका दिलिप चौधरीको मृत्यु भएको छ । बिहिवार साँझको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका २ केरौनका ३२ बर्षीय चौधरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
धरान । कोरोना संक्रमण भए पछि उपचारमा रहेका सप्तकोशी एफएमका स्टेशन मेनेजर चन्द्र न्यौपानेको निधन भएको छ । उनी विगत दुई साता देखि बिराटनगर स्थित विराट शिक्षण अस्पतालमा उपचाररत थिए । उनको शुक्रबार बिहान निधन भएको हो । उनलाई सिवियर निमोनिया भए पछि अस्पताल भर्ना गरिएको थियो । न्यौपाने सप्तकोशी एमएफका स्टेशन मेनेजर सहित ब्रोडकास्टिङ एशोसियशन अफ नेपालका अध्यक्ष थिए । नेपाल सरकारले गठन गरेको विज्ञापन बोर्डमा पनि सदस्यमा नियुक्ति गरेको थियो । यस्तै नेकपा एमाले सुनसरीको प्रचार प्रसार विभागका सदस्य पनि थिए ।
धरान ः धरानमा खोला उत्खनन् हुने क्रमले तिब्रता पाएको छ । आर्थिक बर्ष सकिनै लाग्दा ठेकेदार कम्पनीहरुले धरानको सेउती, सर्दु खोला लगायतका खोलामा धमाधम मापदण्ड विपरीत खोला उत्खनन गर्ने काम गरिरहेका छन् । सेउती खोलामा उत्खनन कार्य नरोकिएपछि धरान उपमहानगरपालिका वडा नंं ५का वडाध्यक्ष सन्तोष लिम्बुको समूहले सम्बन्धित निकायमा रोक्न ज्ञापनपत्रज्ञ बुझाएको भोलिपल्ट उत्खनन नरोकिएपछि वडाध्यक्षकै सक्रियतामा त्यहा अवरोध गरिएको थियो । मंगलबार ज्ञापनपत्र बुझाएको भोलिपल्ट नै बुधबार उनीहरुले ठेकेदार कम्पनीले खोला उत्खनन नरोकेपछि आक्रोस भएर वडाध्यक्षकै टोली गएर उत्खनन गर्ने काम रोकेको थियो । सेउती, सेहारा र सर्द